सामग्रीमा जानुहोस्

गोतामकोट

निर्देशाङ्कहरू: २८°४२′N ८२°२३′E / 28.70°N 82.39°E / 28.70; 82.39
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गोतामकोट
पूर्व गाविस
गोतामकोट मा पर्दछ कर्णाली प्रदेश
गोतामकोट
नेपालको नक्सामा गोतामकोटको अवस्थिति
गोतामकोट मा पर्दछ नेपाल
गोतामकोट
गोतामकोट (नेपाल)
निर्देशाङ्क: २८°४२′N ८२°२३′E / 28.70°N 82.39°E / 28.70; 82.39
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लापश्चिम रुकुम जिल्ला
क्षेत्रफल
 • जम्मा२७३.७१ किमी (१०५.६८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा७,०४०
 • घनत्व२६/किमी (६७/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

गोतामकोट नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रुकुम जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ७०४० रहेको थियो जसमध्ये ३५८१ पुरुष र ३४५९ महिला रहेका थिए भने यहाँ १३६१ घरधुरी रहेको थियो।[] यो हाल आठबिसकोट नगरपालिकामा पर्दछ।

यसको साविकका १-३ वडाहरू आठबिसकोट नगरपालिकाको वडा नम्बर ४ हो भने ४-६ वडाहरू वडा नम्बर ५ र ७-९ वडाहरू वडा नम्बर ६ हो।

नेपालको मध्यकालमा यो एक राज्यको रूपमा रहेको थियो । मध्यकालिन बाइसे राज्य अन्तर्गत पर्ने गोताम राज्यका संस्थापक राजा रूकुमे राजा दारे जैतमका काइला राजकुमार सेतु बम हुन्। यिनले वि.सं. १६०० सालमा अंश स्वरूप यो राज्य पाइ स्थापना गरेका थिए। यो राज्यको सिमाना जुम्ला राज्य, आठबिस राज्य र बाँफी राज्यसँग जोडिएको थियो । वि.सं. १८४३ मा राजा मोतीमर्दन शाहीका शासन कालमा यो राज्य नेपाल अधिराज्यमा एकिकरण भयो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग