मुसीकोट नगरपालिका
![]() | यस लेखलाई मुसिकोट नगरपालिका, पश्चिम रुकुममा गाभ्नको लागि सुझाव दिइएको छ। (वार्तालाप) फेब्रुअरी २०२३ देखि प्रस्तावित। |
मुसीकोट नगरपालिका | |
---|---|
देश | ![]() |
विकास क्षेत्र | मध्य-पश्चिमाञ्चल |
अञ्चल | राप्ती अञ्चल |
जिल्ला | रुकुम जिल्ला |
स्थापना | २०७१ जेष्ठ ४ |
सरकार | |
• मेयर | देविलाल गौतम |
• उप मेयर | प्रेम कुमारी सुनार |
जनसङ्ख्या (नेपालको राष्ट्रिय जनगणना बि.स.२०६८)[१] | |
• जम्मा | १८,४३१ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-८८ |
वेबसाइट | www.musikotmun.gov.np |
मुसीकोट नगरपालिका नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत राप्ती अञ्चलमा पर्ने रुकुम जिल्लामा अवस्थित एक नगरपालिका हो ।[३] मुसीकोट बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।[४][५] यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो । मुसीकोटलाई नगरपालिका घोषणा गर्दा मुसीकोट र साँख गाउँ विकास समितिहरू समावेश गरिएका हुन् ।[१][४] आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा मुसीकोट पनि नगरपालिका बनेको हो ।[६] महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन ।[६]
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
मुसीकोट र साँख गाविसहरूलाई मिलाएर मुसीकोट नगरपालिका बनाइएको हो ।[२][४] त्यसैले वि.सं.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर मुसीकोट नगरपालिकाको जनसङ्ख्या १८,४३१ रहेको छ । मुसीकोट नगरपालिकामा ४,३७१ घरधुरि छन ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ १.० १.१ १.२ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२।
- ↑ २.० २.१ "जिल्ला विकास समिति, रुकुम (संक्षिप्त परिचय)", जिल्ला विकास समिति, रुकुम, जिल्ला विकास समिति, रुकुम।
- ↑ "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार।
- ↑ ४.० ४.१ ४.२ "रुकुममा दुई नगरपालिका बन्ने", आर्थिक अभियान, आर्थिक अभियान, बैशाख २५, २०७१, अन्तिम पहुँच बैशाख २५।
- ↑ "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४।
- ↑ ६.० ६.१ कृष्ण ज्ञवाली, बलराम बानियाँ (२०७१ वैशाख २५), "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", कान्तिपुर पोस्ट, कान्तिपुर पोस्ट, अन्तिम पहुँच वैशाख २५।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |