सामग्रीमा जानुहोस्

मुसिकोट नगरपालिका, पश्चिम रुकुम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुसिकोट
मुसिकोट मा पर्दछ कर्णाली प्रदेश
मुसिकोट
मुसिकोट
नेपालको नक्सामा मुसिकोट नगरपालिका, पश्चिम रुकुमको अवस्थिति
मुसिकोट मा पर्दछ नेपाल
मुसिकोट
मुसिकोट
मुसिकोट (नेपाल)
निर्देशाङ्क: २८°३८′N ८२°२९′E / 28.63°N 82.49°E / 28.63; 82.49
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लापश्चिम रुकुम जिल्ला[]
स्थापना२०७१ पुस २८
सरकार
  नगरप्रमुखमहेन्द्र केसी (नेपाली काङ्ग्रेस)
  उपप्रमुखविमलकुमार पुन मगर (नेकपा (एकीकृत समाजवादी))
क्षेत्रफल
  जम्मा१३६.०६ किमी (५२.५३ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३४,२७०
  घनत्व२५०/किमी (६५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केतहरू+९७७-८८
केन्द्रसाविक खलङ्गा गाविसको कार्यालय
वेबसाइटmusikotmunrukum.gov.np

मुसिकोट नगरपालिका नेपालको कर्णाली प्रदेशको पश्चिम रुकुम जिल्लाको एक नगरपालिका हो।[][][] मुसिकोटमा पर्ने खलङ्गा बजार नगरपालिकाको केन्द्र हो। २०७१ पुस २८ मा, साविकका खलङ्गासाँख गाविसहरूलाई गाभेर नगरपालिका घोषणा गरिएको थियो भने २०७३ फागुन २७ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा चौखावाङ, भलाक्चा, छिवाङस्यालापाखा गाविस वडा नं. ३-४ वडाहरू यसमा गाभिएका थिए।

ऐतिहासिक परिचय

[सम्पादन गर्नुहोस्]

पहिला नेपालमा बाइसे राज्यचौबिसे राज्य हुँदा एकजना राजाले आफनी मुसी नाम गरेकि एक नोकर्निलाई रुकुममा पठाए। उसले राजालाई रुकुमको कोट भन्ने ठाउँ स्वर्ग झैं सुन्दर भएको भनेर बताईन। राजालाई पनि त्यो ठाउँ निकै मन परेछ र उनले आफ्नो दरबार रुकुममै सारेछन्। उनै राजाले त्यो ठाउँलाई मुसिको नामबाट मुसिकोट राखेछन्। उनको दरबारको आजपनि भग्नावशेष छ । []

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मुसिकोट को कुल जनसङ्ख्या ३४,२७० रहेको छ भने यहाँ ८,६९३ घरधुरी रहेका छन्।[]

मुसिकोट नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
खलङ्गा (१-२) र स्यालापाखा (३-४)७५१४१८.०६४१६.०६
खलङ्गा (८-९)१८७२५.६७३३०.१६
खलङ्गा (५)११५२३.०४३७८.९५
खलङ्गा (६-७)२५५४५.२१४९०.२१
खलङ्गा (३-४)३४१४३.८६८८४.४६
साँख (८-९)१३८५९.०९१५२.३७
साँख (१-३,५,७)२८६६१५.५११८४.७८
साँख (४,६) र चौखावाङ (३)१४४२१६.०५८९.८४
चौखावाङ (१–२, ४–५)१६७९८.२९२०२.५३
१०चौखावाङ (६–९)१४३१११.१८१२८.००
११भलाक्चा (१–४, ७–९)२५५८१४.९३१७१.३३
१२भलाक्चा (५-६) र छिवाङ (४, ९)१५३७७.३२२०९.९७
१३छिवाङ (१–३,५)२३७०९.४२५२.१३
१४छिवाङ (६–८)२४९६८.४५२९५.३८
जम्मा३४,२७०१३६.०६२५१.८७

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "निर्वाचन क्षेत्र निर्धारण सम्बन्धि सूचना", नेपाल राजपत्र, वि.सं. २०७४ भदौ १५, अन्तिम पहुँच वि.सं. २०७८ माघ २५
  2. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  3. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  4. "२६ नयाँ नगरपालिका थप", नागरिक दैनिक, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२
  5. "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२
  6. "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबरपत्रिका, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ अभिलेखिकरण २०१५-०९-२० वेब्याक मेसिन
  7. रुकुमको स्यालापाखामा बस्ने कर्ण ब. पुन र कृष्णी पुन