सामग्रीमा जानुहोस्

राप्ती अञ्चल

राप्ती अञ्चल
राप्ती अञ्चल राप्ती अञ्चल-को अवस्थिति
राप्ती अञ्चल
निर्देशाङ्कमा राप्ती अञ्चलको सदरमुकाम देखाइएको
राप्ती अञ्चल मध्यपश्चिमाञ्चल विकास क्षेत्र-को अवस्थिति
राप्ती अञ्चल
निर्देशाङ्कमा राप्ती अञ्चलको सदरमुकाम देखाइएको
राप्ती अञ्चल नेपाल-को अवस्थिति
राप्ती अञ्चल
निर्देशाङ्कमा राप्ती अञ्चलको सदरमुकाम देखाइएको
निर्देशाङ्क: २८°०७′४०″ उत्तर ०८२°२१′४४″ पूर्व / २८.१२७७८° उत्तर ८२.३६२२२° पूर्व / 28.12778; 82.36222
देश नेपाल
विकास क्षेत्रमध्यपश्चिमाञ्चल विकास क्षेत्र
सदरमुकामतुल्सीपुर
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

राप्ती अञ्चल नेपालको चौध अञ्चलहरू मध्ये एक थियो। दाङ, प्युठान, रोल्पा, रुकुम र सल्यान गरी पाँच जिल्लाहरू मिलेर बनेको थियो। राप्ती नदीको नामबाट यसको नामकरण गरिएको थियो। यसको सदरमुकाम तुल्सीपुर हो। यो नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा पर्दछ।

प्रशासनिक उपविभाजन

[सम्पादन]

राप्ती अञ्चल पाँच जिल्लाहरूमा विभाजित थियो। यसका दाङ, प्युठान र रोल्पा जिल्लन लुम्बिनी प्रदेशमा पर्दछ। रुकुम जिल्ला विभाजित भई बनेको पश्चिम रुकुम जिल्ला र सल्यान जिल्ला कर्णाली प्रदेशमा पर्दछ भने अर्को पूर्वी रुकुम जिल्ला लुम्बिनी प्रदेशमा पर्दछ।

जिल्ला प्रकार सदरमुकाम हालको भाग
दाङ तराई घोराही लुम्बिनी प्रदेश
प्युठान पहाड प्युठान खलङ्गा
रोल्पा पहाड लिवाङ
रुकुम पहाड मुसिकोट साविकको रुकुम जिल्ला पूर्वी रुकुम जिल्ला (लुम्बिनी प्रदेश)
र पश्चिम रुकुम जिल्ला (कर्णाली प्रदेश) मा विभाजित भएको।
सल्यान पहाड खलङ्गा कर्णाली प्रदेश

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]