पहाडी प्रदेश (नेपाल)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


हिमाली प्रदेशभन्दा दक्षिण र तर्राई प्रदेशको उत्तरमा पहाडी प्रदेश पर्छ । यो प्रदेशले नेपालको सबभन्दा बढी अर्थात् ६८ प्रतिशत भू-भाग ओगटेको छ । २०६८ सालको जनगणनाअनुसार यहाँ नेपालको ४३.०१ प्रतिशत जनसङ्ख्या बसोबास गर्छन् । यो समुद्र सतहबाट ६०० देखि ३००० मीटरसम्मको उचाइमा पर्छ । यश प्रदेशमा नेपालका २८ जिल्लाहरु पर्दछन् । यसै प्रदेशमा नेपालको केन्द्रीय राजधानी काठमाडौं , अग्ला होचा पहाड, टार, बेसी, उपत्यका रहेका छन् । पहाडी प्रदेश ७५ देखी १२५ किमि सम्मको चौडाईमा फैलिएको छ । यो नेपालको आकार जस्तै पूर्व-पश्चिमसम्म फैलिएको छ । यहाँका अधिकांश पहाडहरु ९०० मिटर देखी ३४०० मिटर सम्मको (सैलुङ) उचाइमा रहेका छ्न् । पहाडै पहाड ठडिएका यस क्षेत्रमा पहाडलाई चुरे श्रेणी, महाभारत लेक र मध्यवर्ती भुमी गरि तिन श्रेणीमा विभाजन गरिएको छ । यस क्षेत्रमा मिश्रित जातिहरुको बसोबास रहेकोे पाईन्छ । खासगरी यस क्षेत्रमा बाहुन, क्षेत्री, नेवार, मगर, तामाङ, राई, लिम्बू आदिको बसोबास रहेको पाईन्छ । मिश्रित जातिहरुको बसोबासका कारणले गर्दा यहाँका मानिसहरूले मान्ने धर्म, संस्कृति आदिमा पनि विविधता रहेको पाईन्छ ।