सामग्रीमा जानुहोस्

प्युठान जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्यूठान जिल्ला
स्वर्गद्वारी
लुम्बिनी प्रदेशमा प्युठानको (गाढा पहेँलो) स्थानको अवस्थिति
लुम्बिनी प्रदेशमा प्युठानको (गाढा पहेँलो) स्थान
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
सदरमुकामप्यूठान
क्षेत्रफल
 • जम्मा१३०९ किमी (५०५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२३१८४८
 • घनत्व१८०/किमी (४६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
भाषाहरूनेपाली भाषा

प्यूठान जिल्ला नेपालको लुम्बिनी प्रदेशमा अवस्थित एक पहाडी जिल्ला हो। यस जिल्लाको पूर्वमा अर्घाखाँचीगुल्मी, पश्चिममा रोल्पादाङ, उत्तरमा बाग्लुङरोल्पा र दक्षिणमा अर्घाखाँचीदाङ जिल्ला रहेका छन्।

समुन्द्र सतहबाट ३०५ मिटर देखि ३६५९ मिटर सम्मको उचाइमा पहाड, पर्वत, टार, वेशी आदि रहेको यो जिल्लामा खासगरी शीत र शमशितोष्ण हावापानी पाइन्छ। यो जिल्ला १३२८९० हेक्टर क्षेत्रफलमा फैलिएको छ। यहाँ सामान्यतया न्युनतम १४.८ देखि अधिकतम २४.१ डिग्री सम्मको ताप र सरदर १३०० मी.मी. वार्षिक वर्षा भएको पाइन्छ। प्यूठान जिल्लामा ७ गाउँपालिका र २ नगरपालिका कायम गरेको छ।[][][] प्युठान जिल्लामा प्रदेश सभाका लागि २ निर्वाचन क्षेत्र र प्रतिनिधि सभाका लागि १ निर्वाचन क्षेत्र रहेको छ।

प्यूठान शव्दको उत्पति बारे मतैक्यता पाईदैन। कर्कपेट्रीकले प्रार्थाना (पूरथाना)बाट अपभ्रंश हुँदै प्यूठान भएको , हयामिल्टनले पुजुठानबाट प्यूठान, ओल्डफिल्डले प्राथानाबाट प्युठान नाम रहन गएको र योगि नरहरिनाथले प्लुथानबाट प्यूठान रहन गएको उल्लेख गरेका छन। अर्थात - प्रतिष्ठाना-प्यूठाना-पिउठाना हुंदै प्यूठान नाम रहन रहन गएको हो। निरज सुवेदीले समय-समयमा लेखेको पत्रहरूमा, पिउठानी, पिउठाना भनी उल्लेख गरेको पाइन्छ। सुरक्षा संवन्धि शव्द- पिउठ बस्ने ठाना भएकोले पिउठानाबाट अपभ्रंश भई पिउठान् नाम रहन गएको थियो भन्ने तर्क पनि पाइन्छ।

प्यूठान जिल्लाको भूमिमा सर्वप्रथम मगर जातिबाट वसोबास गरिएको कुरा यहाँको स्थानहरूको नामाकरणबाट बुझिन्छ। भिंगृ, सारी, कोचीवाङ. तोरवाङ, मर्कावाङ, खवाङ, स्याउलीवाङ बोकेनी डेबिन डाँडा खरिन डाँडाआदी प्राचीन कालमा लिच्छवीहरूको अधिनमा रहेको यो जिल्ला पछि खसिया मल्लहरूको अधिनमा १४औँ शताब्दी सम्म रहयो। पाल्पाली राजा मुकुन्द सेनका समकालीन प्यूठानी राजा रुद्र सिंह पछि मोती चन्द्र प्रथम यहाँका राजा भए। यिनकी छोरी यशोदाको विवाह मुकुन्द सेन प्रथम का नाति कर्ण सेन सँग भएको बताइन्छ। मोति चन्द्र पश्चात रुद्र चन्द्र, गजेन्द्र चन्द्र, गजकेशरी चन्द्र भएको बुझिन्छ। विक्रम संवत् १७६० तिर पृथ्वीपति शाह राजा भएको कुरा उनको ताम्रपत्रमा उल्लेखित छ भने १८३२मा राजा माणिक चन्द्रको ताम्रपत्र देखा पर्दछ। वि.सं. १८३५मा मोती चन्द्र द्वितिय प्यूठानका राजा थिएँ। खुग्री, भिंगृ, इष्मा र मुसिकोट प्यूठान का अनुयायी भएको कुरा अयामिल्टनले उल्लेख गरेको पाइन्छ।

प्रशासनिक विभाजन

[सम्पादन गर्नुहोस्]

जिल्लामा २ नगरपालिका र ७ गाउँपालिकाहरू गरि ९ वटा स्थानीय तहहरू रहेका छन्।[]

प्युठान जिल्लाका स्थानीय तहहरू
क्रम स्थानीय तहहरू समावेश गाविसहरू वडा सङ्ख्या केन्द्र जनसङ्ख्या (वि.सं २०७८) क्षेत्रफल (वर्ग किमी) जनघनत्व (वर्ग किमी)
प्युठान नगरपालिका प्युठान खलङ्गा, (८), खैरा (३,६,७, र ८), मरन्ठाना, दाखाक्वाडी, विजुवार, विजयनगर, धर्मावती, माझकोटजुम्रीकाँडा १० विजुवार ४२,१३० १२८.९६ ३३०
स्वर्गद्वारी नगरपालिका कोचिवाङ, स्वर्गद्वारी, भिङ्ग्री, सारी, वेलबास, वर्जिवाङगोठीवाङ भिङ्ग्री ३२,०३७ २२४.०७ १४०
ऐरावती गाउँपालिका दाङबाङ, बरौला, पकला, विजुली, धुवाङ (१-६ र ९) र रस्पुरकोट (१-५) बरौला २०,४२८ १५६.७५ १३०
गौमुखी गाउँपालिका अर्खा, रजवारा, पूजा, खुङ, लिवाङ (१-६) र नारीकोट पूजा २५,९८० १३९.०४ १९०
झिमरुक गाउँपालिका ओखरकोट, बादिकोट, बाङ्गेमरोट, तोरवाङ, तुसारालिवाङ (७-९) भ्यागुते २६,१३० १०६.९३ २४०
नौवहिनी गाउँपालिका स्याउलीवाङ, खवाङ, लिघा, लुङ, डाम्रीफोप्ली लुङ ३२,६८२ २१३.४१ १५०
मल्लरानी गाउँपालिका प्युठान खलङ्गा१-७,९), खैरा(१,२,४,५ र ९), चुँजा, रस्पुरकोट (६-९) र धरमपानी प्युठान खलङ्गा १५,६४६ ८०.०९ २००
माण्डवी गाउँपालिका तिराम (१-४), मर्कावाङ, नयाँगाउँ, रम्दीउदयपुरकोट जस्पुर १५,८६३ ११३.०८ १४०
सरुमारानी गाउँपालिका बाङ्गेसाल, हंसपुर, धुवाङ (७ र ८) ढुङ्गेगढीतिराम (५-९) ढुङ्गेगढी १९,७८३ १५७.९७ १३०
प्युठान जिल्लाका पूर्व गाविसहरूको नक्सा

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "अब ७६६ स्थानीय तह", कान्तिपुर दैनिक, जेठ १२, २०७४, अन्तिम पहुँच जेठ १२, २०७४  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-०३ मिति
  2. "यी हुन् थपिएका गाउँपालिका र नगरपालिका (सूचीसहित)", OnlineKhabar, २०७४ जेठ ११, अन्तिम पहुँच २०७४ जेठ १० 
  3. "नेपालका नगरपालिकाहरूको आधिकारिक वेबसाइट", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७४ जेठ १४ 
  4. "स्थानिय तह" (नेपालीमा), सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच २० असोज २०८२