सामग्रीमा जानुहोस्

जाजरकोट जिल्ला

निर्देशाङ्कहरू: २८°४२′००″N ८२°१४′००″E / 28.7°N 82.2333°E / 28.7; 82.2333
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जाजरकोट जिल्ला
जाजरकोट दरबार
जाजरकोट दरबार
कर्णाली प्रदेशमा जाजरकोट जिल्लाको अवस्थिति (गाढा पहेँलो)को अवस्थिति
कर्णाली प्रदेशमा जाजरकोट जिल्लाको अवस्थिति (गाढा पहेँलो)
निर्देशाङ्क: २८°४२′००″N ८२°१४′००″E / 28.7°N 82.2333°E / 28.7; 82.2333
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
स्थापनावि.सं २०१८
सदरमुकामखलङ्गा (भेरी नगरपालिका)
स्थानीय तहहरू
सरकार
 • प्रकारजिल्ला समन्वय समिति
 • अङ्गजिसस, जाजरकोट
 • संसदीय निर्वाचन क्षेत्र१ सिट
 • प्रदेश सभा निर्वाचन क्षेत्रहरू२ सिट
क्षेत्रफल
 • जम्मा२,२३० किमी (८६० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१८९,३६०
 • घनत्व८५/किमी (२२०/वर्ग माइल)
 • घरधुरी
३७,४६६
जनसाङ्ख्यिकी
 • जातीय समूहहरूक्षेत्री, कामी, ठकुरी, मगर
 • महिला ♀५०.३%
मानव विकास सूचकाङ्क
 • साक्षरता दर७६.२%
समय क्षेत्रयुटिसी+०५:४५ (नेपाली समय)
टेलिफोन कोड०८९
आधिकारिक भाषा(हरू)नेपाली
वेबसाइटजिप्रका, जाजरकोट जिसस, जाजरकोट

जाजरकोट जिल्ला नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने एक जिल्ला हो। यो जिल्लाको सदरमुकाम खलङ्गा हो। यस जिल्लाको क्षेत्रफल २,२३० वर्ग किलोमिटर (८६० वर्ग माइल) रहेको छ भने राष्ट्रिय जनगणना २०७८ अनुसार यहाँको जनसङ्ख्या १,८९,३६० रहेको छ।

ऐतिहासिक दृष्टिकोणबाट महत्त्वपूर्ण मानिने बाईसे राज्यहरू मध्येको एक राज्य जाजरकोट पनि हो। यहाँ समशितोष्ण किसमको हावापानी पाइने गर्दछ।[]

झारकोट शब्दको अपभ्रंश भै जाजरकोट नाम दिइएको जनश्रुती रहेको पाइन्छ। पहिले यो ठाउँमा चारैतिर बाक्लो झारजङ्गल भएको र बिचमा कोट जस्तो परेको डाँडा भएकोले यसलाई झारकोट भन्दा भन्दै जाजरकोट भएको भन्ने भनाइ छ।

पौराणिक कालमा कर्णाली भेगमा (हाल जुम्ला जिल्लाको सिंजा क्षेत्रमा) खस जातीका मल्ल राजाहरूले एउटा विशाल राज्यको स्थापना गरेको पाइन्छ। अहिलेको जाजरकोट जिल्लाको क्षेत्रपनि त्यसताका सोहि राज्यमा थियो। धेरै राजाहरूले राज्य गरिसकेपछि ई.स. १८३३ ताका जुम्ला राज्य टुक्रिएर स साना बाईसे चौबिसे राज्यको उदय भएको थियो। सोहि समयमा शाके सम्वत १३००–१४५५ को आसपासमा भेरी नदीको पश्चिमी किनारा स्थित जगतीपुरलाई जगतीसिंह भन्ने राजाले राजधानी बनाई जाजरकोटमा राज्य सञ्चालन गरेका थिए। ईतिहास अनुसार त्यतिबेलाको जाजरकोट एउटा साम्राज्यको रूपमा विकसित भएको साथै त्यसको सिमाना जुम्लाबाट दक्षिण गङ्गा नदीसम्म, पश्चिममा दैलेख र पूर्वमा गण्डकी नदीसम्म फैलिएको थियो। पृथ्वी नारायण शाहले नेपाल एकीकरण गरेको बेलामा समेत जाजरकोटलाई हमला नगरी छुटै राज्यको रूपमा मान्यता दिएको र राज्य रजौटा ऐन २०१७ अनुसार पनि जाजरकोटी राजाको अस्तित्व कायम रहेको अभिलेखबाट देखिन्छ।

जनसाङ्ख्यिकी

[सम्पादन गर्नुहोस्]
ऐतिहासिक जनसङ्ख्या
जनगणना वर्ष (वि.सं)जन.±% प्र.व. ±%
२०३८९९,३१२—    
२०४८११३,९५८+१.३९%
२०५८१३४,८६८+१.७%
२०६८१७१,३०४+२.४२%
२०७८१८९,३६५+१.०१%
स्रोत: सिटी पपुलेसन[]

राष्ट्रिय जनगणना २०७८ अनुसार, जाजरकोट जिल्लाको जनसङ्ख्या १,८९,३६० थियो। जनसङ्ख्याको ११.४१% ५ वर्ष मुनिका छन्। यहाँको साक्षरता दर ७५.५०% रहेको छ भने र लिङ्ग अनुपात प्रति १००० पुरुषमा १०१३ महिला छन्। नगरपालिकाहरूमा १०४,६९१ (५५.२९%) बसोबास गर्दछन्।[]

जाजरकोट जिल्लाका जातजातिहरू (वि.सं २०७८)[]
  1. क्षेत्री (३९.२९%)
  2. कामी (२२.६२%)
  3. ठकुरी (१६.२५%)
  4. मगर (८.९४%)
  5. बाहुन (४.५%)
  6. दमाई (३.९३%)
  7. सार्की (२.०७%)
  8. दसनमी (१.०८%)
  9. अन्य (१.३२%)

खस जातिले जनसङ्ख्याको बहुमत ओगटेका छन्, जुन जनसङ्ख्याको ९०% हो। क्षेत्रीहरूले जनसङ्ख्याको ३९% ओगटेका छन्, जबकि खस दलितहरूले जनसङ्ख्याको २९% ओगटेका छन्। मगरहरूले जनसङ्ख्याको ९% ओगटेका छन्।[]

राष्ट्रिय जनगणना २०७८ अनुसार, ९८.३५% जनसङ्ख्याले नेपालीलाई आफ्नो पहिलो भाषाको रूपमा बोल्दछन्।[]

जाजरकोट जिल्लाको धर्मगत तथ्याङ्क (वि.सं २०७८)[]
धर्म प्रतिशत
हिन्दु
९८.६५%
बुद्ध
०.९३%
अन्य वा उल्लेख नभएका
०.४२%

प्रशासनिक विभाजन

[सम्पादन गर्नुहोस्]

जाजरकोट जिल्लामा ७ स्थानीय तहहरू छन्, जसमध्ये ३ नगरपालिका र ४ गाउँपालिका छन्।[]

जाजरकोट जिल्लाका स्थानीय तहहरू
क्रम स्थानीय तह समावेश गाविसहरू वडा सङ्ख्या केन्द्र जनसङ्ख्या (वि.सं २०७८) क्षेत्रफल (वर्ग
किमी)
जनघनत्व (वर्ग
किमी)
भेरी नगरपालिका खलङ्गा, पुन्मा, जगतीपुरभुर १३ खलङ्गा ३७,८९२ २१९.७७ १७०
छेडागाड नगरपालिका साल्मा, दसेरा, सुवानाउली, झाप्रा, कार्कीगाउँपजारु (३-९) १३ कार्कीगाउँ ३७,८७७ २८४.०२ १३०
नलगाड नगरपालिका डाँडागाउँ, लहँ, खगेनकोट, रग्दाभगवती टोल १३ खगेनकोट २८,९२२ ३८७.४४ ७५
शिवालय गाउँपालिका सिमा, थालारैकरजुँगाथापाचौर सिमा १४,७७६ १३४.२६ ११०
बारेकोट गाउँपालिका रामिडाँडा, रोकायागाउँ, नायकबाडासक्ला नायकबाडा २२,००५ ५७७.०५ ३८
जुनीचाँदे गाउँपालिका मजकोट, गर्खाकोट, दहकोर्ताङ ११ मजकोट २३,७७१ २७३.९७ ८७
कुसे गाउँपालिका टालेगाउँ, अर्छानी, ढिमे, पैंकपजारु (१,२) ढिमे २३,०५८ २७३.९७ ८४
जाजरकोट जिल्लाका साविकका गाविसहरू

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "जिल्ला प्रशासन कार्यालय, जाजरकोट" 
  2. "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "जिल्ला समन्वय समितिको कार्यालय", जाजरकोट, अन्तिम पहुँच २०२३-०४-२०  वेब्याक मेसिन अभिलेखिकरण २०२४-१०-०६ मिति
  4. "NEPAL: Administrative Division", www.citypopulation.de (अङ्ग्रेजीमा)। 
  5. "Provincial/District/Local reports: Karnali Province", राष्ट्रिय जनगणना २०७८, राष्ट्रिय तथ्याङ्क कार्यालय 
  6. ६.० ६.१ "Table 1: Caste/Ethnicity and sex", राष्ट्रिय जनगणना २०७८, राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २०२४-०३-१६ 
  7. "Table 5: Mother tongue and sex", राष्ट्रिय जनगणना २०७८, राष्ट्रिय तथ्याङ्क कार्यालय 
  8. "Table 5: Religion and sex", राष्ट्रिय जनगणना २०७८, राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २०२४-०३-१६ 
  9. "स्थानिय तह" (नेपालीमा), सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच २३ असोज २०८२ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

२८°४२′००″N ८२°१४′००″E / 28.7°N 82.2333°E / 28.7; 82.2333