बारेकोट गाउँपालिका
बारेकोट गाउँपालिका जाजरकोट जिल्लाको उत्तर पूर्वमा अवस्थित सुन्दर गाउँपालिका हो । यो गाउँपालिका साबिकका ४ वटा नायकवाडा, सक्ला, रोकायगाउँ र रामीडाँडा गाविसहरु मिलेर बनेको छ । यस गाउँपालिकाको केन्द्र रोकायगाउँको लिम्सामा रहेको छ । यस गाउँपालिकाको क्षेत्रफल ५ सय ७७ वर्ग किलोमिटर रहेको छ । २०६८ सालको जनगणना अनुसार यहाँको जनसंख्या १८,०८३ रहेको छ ।
प्राकृतिक स्रोत साधन[सम्पादन गर्नुहोस्]
हिमाली जिल्ला जुम्ला र डोल्पासँग जोडिएको यस स्थानीय तहमा रेडपान्डा (हाब्रे), चीर कालीज, सुन गिद्ध, कस्तुरी, मृग लगायतका लोपोन्मुख वन्यजन्तु तथा पशुपन्छी समेत पाइन्छन् । त्यसैगरी विभिन्न प्रकारका जटामसी, चिराइतो, पाँचऔैले, यार्चागुम्बा, गुच्छी च्याउ लगायतका बहुमुल्य जडीबुटीहरु पर्याप्त मात्रामा पाइने गरेका छन् ।
जाजरकोटका अन्य स्थानीय तहहरु[सम्पादन गर्नुहोस्]
छेडागाड नगरपालिका, नलगाड नगरपालिका, भेरी नगरपालिका, कुशे गाउँपालिका, जुनीचाँदे गाउँपालिका, बारेकोट गाउँपालिका र शिवालय गाउँपालिका
सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]
- barekotmun.gov.np
- बारेकोट गाउँपालिकाको प्रोफाइल