खलङ्गा, जाजरकोट
स्वरूप
खलङ्गा | |
---|---|
साविक गाउँ विकास समिति | |
![]() खलङ्गाको दृश्य | |
निर्देशाङ्क: २८°४३′४८″उ ८२°१३′१२″पू / 28.73000°N 82.22000°E | |
देश | ![]() |
प्रदेश | कर्णाली प्रदेश |
जिल्ला | जाजरकोट |
क्षेत्रफल | |
• जम्मा | ९०.३७ किमी२ (३४.८९ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १२,१८६ |
• घनत्व | १३०/किमी२ (३५०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
खलङ्गा नेपालको कर्णाली प्रदेशको जाजरकोट जिल्लाको सदरमुकाम हो। खलङ्गा जाजरकोटको पूर्व गाउँ विकास समिति र वर्तमान भेरी नगरपालिकाको केन्द्र हो।[१][२][३] स्थानीय विकास मन्त्रालयले वि.सं. २०७२ असोज १ गते २६ वटा नयाँ नगरपालिका गठन गर्दा यस गाविसलाई समेटेर भेरीमालिका नगरपालिका (हाल भेरी नगरपालिका) घोषणा गरिएको हो।[४] यसको खलङ्गा बजारलाई भेरी नगरपालिकाको केन्द्र बनाइएको छ। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १२,१८६ रहेको थियो जसमध्ये ६,०६९ पुरुष र ६,११७ महिला रहेका थिए भने यहाँ २५२३ घरधुरी रहेको थियो।[५] यो हाल भेरी नगरपालिकामा पर्दछ।
यसको साविकका ८-९ वडाहरू भेरी नगरपालिकाको वडा नम्बर १ हो भने ५-७ वडाहरू वडा नम्बर २, २ नम्बर वडा वडा नम्बर ३ र १,३-४ वडाहरू वडा नम्बर ४ हो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "२६ नयाँ नगरपालिका थप", नागरिक दैनिक, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२।
- ↑ "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२।
- ↑ "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबरपत्रिका, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-२० मिति
- ↑ "अन्नपूर्ण पोस्ट्", web.archive.org, २०१५-०९-१९, अन्तिम पहुँच २०२०-०९-०२।
- ↑ "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)। राष्ट्रिय योजना आयोग सचिवालय। नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।