नेपालका नगरपालिकाहरू
नगरपालिका नेपालको एक प्रशासनिक क्षेत्र हो। नेपालको संविधान २०७२ मा भएको सङ्घीय व्यवस्था अनुसार हाल नगरपालिकाहरू प्रदेशभित्र राखिएको छ। नेपालको सहरी जनसङ्ख्या निर्दिष्ट नगरपालिका क्षेत्रमा बसोबास गर्ने निवासीहरूलाई सन्दर्भित गर्दछ।[१] वि.सं. २०१८ तदनुसार सन् १९६१ देखि नेपालमा सहरी क्षेत्रहरूको घोषणामा जनसङ्ख्याको आकारलाई प्रमुख मापदण्डको रूपमा लिने गरिएको छ। तसर्थ नगरपालिकाले ग्रामीण क्षेत्रलाई पनि समावेश गर्न सक्दछ।[२] नगरपालिकाले जिल्लाको उप-एकाइको रूपमा कार्य गर्दछ। नेपालमा हाल रहेका २९३ नगरपालिकाहरूको वि.सं. २०६८ को जनगणना अनुसार समग्रमा हेर्दा १,६६,५६,०५७ जनसङ्ख्या रहेको छ।
नेपालका नगरपालिकाहरूलाई महानगरपालिका (५,००,०००+ जनसङ्ख्या), उपमहानगरपालिका (२,००,०००+ जनसङ्ख्या) र नगरपालिका (१०,०००+ जनसङ्ख्या) गरि तीन श्रेणीमा विभाजित गरिएको छ। नेपालमा हाल ६ महानगरपालिका, ११ उप-महानगरपालिका र २७६ नगरपालिकाहरू रहेका छन।[३][२]
इतिहास
[सम्पादन गर्नुहोस्]नेपालको पहिलो सहरी केन्द्रको रूपमा काठमाडौँ उपत्यका रहेको छ। काठमाडौँ उपत्यकामा सहरको अस्तित्व सम्बन्धी ऐतिहासिक प्रमाण लिच्छवी कालदेखि नै भेटिन्छ। त्यसै समयमा काठमाडौँ उपत्यकामा सहरी विशेषतासहित तीन प्रमुख सहरहरू विकास भएको थियो। राणा शासनकालको अवधिमा पहाडका सहरहरू प्रशासनिक उद्देश्यका लागि र आक्रमणकारीहरूको विरूद्ध चौकीको रूपमा विकास गरिएका थिए। पूर्व नेपालको धनकुटा, मध्य नेपालको पाल्पा र पश्चिम नेपालको डोटी जस्ता सहरहरू सुरुमा सैन्य अखाडाको रूपमा विकसित भएका थिए।[१] तराईमा सहरी क्षेत्रको विकास नेपाल र ब्रिटिस भारतबीचको व्यापारको कारण भएको थियो। अङ्ग्रेजहरूले व्यापारको उद्देश्यका लागि नेपालको सिमानामा रेल्वे लाइनहरू खडा गरेका थिए जसले गर्दा बिस्तारै तराईमा सहरी केन्द्रहरू बढ्दै गएको थियो। यद्यपि सहरी क्षेत्रहरू राणा शासनकालको समयमा विकसित भएको थियो वा यस अघि नै विकसित भएको आधिकारिक रूपमा लेखाजोखा गरिएको थिएन। काठमाडौँलाई सन् १९३० देखि नै नगरपालिकाको दर्जा दिइएको भएता पनि सन् १९५३ मा आएर मात्र यसलाई राजपत्रमा राखिएको थियो।
नगरपालिकाहरू
[सम्पादन गर्नुहोस्]हेर्नुहोला
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- 1 2 "EVOLUTION OF MUNICIPALITIES IN NEPAL: CHALLENGES AND PLANNING", Gopi Krishna Pandey, अन्तिम पहुँच ७ डिसेम्बर २०२०।
- 1 2 "NEPAL URBAN RESILIENCE PROJECT (NURP)", अन्तिम पहुँच ७ डिसेम्बर २०२०। अभिलेखिकरण ४ डिसेम्बर २०२० वेब्याक मेसिन
- ↑ "नेपालका' नगरपालिकाहरू", नेपाल सरकार, सङ्घीय मामला तथा स्थानीय विकास मन्त्रालय। अभिलेखिकरण २०१८-०१-२९ वेब्याक मेसिन
- ↑ "जिल्ला समन्वय समितिहरूको आधिकारिक वेबसाइट", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७४ जेठ १४।