शिवसताक्षी नगरपालिका
शिवसताक्षी नगरपालिका | |
---|---|
देश | ![]() |
प्रदेश | प्रदेश नम्बर १ |
जिल्ला | झापा |
सरकार | |
• मेयर | मेघहाङ्ग थोप्रा (रोशन) |
• उप मेयर | नरमाया कार्की |
क्षेत्रफल | |
• जम्मा | ९०.२ किमी२ (३४.८ वर्ग माइल) |
जनसङ्ख्या (नेपालको राष्ट्रिय जनगणना बि.स.२०६८)[१] | |
• जम्मा | ३९,६८९ |
• घनत्व | ४४०/किमी२ (१,१००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
पोस्टल कोड | ५७२०४ |
क्षेत्रीय सङ्केत(हरू) | +९७७-२३ |
वेबसाइट | www.shivasatakshimun.gov.np |
शिवसताक्षी नगरपालिका नेपाल सरकारले मिति २०७३।११।२७ गतेको राजपत्रमा सूचना प्रकाशित गरी साविकको शिवसताक्षि नगरपालिका, पाँचगाछि गाविस, तथा धरमपुर गाविस सम्मिलित गरी यस शिवसताक्षि नगरपालिका गठन गरेको हो । जम्मा ११ एघार वटा वडामा विभाजन गरीएको यस नगरपालिकाको कुल क्षेत्रफल १४५।४८ वर्ग कि।मी। रहेको छ भने २०७५ काे घरधुरी सर्वेक्षण अनुशार यस नगरपालिकाकाे जनसंख्या ७४३६६ रहेको छ । साविक धरमपुर गाविस हाल वडा नं। १, २, ३ तथा साविक पाँचगाछि गाविस हाल वडा नं। ४, ५ को रुपमा रहेको छ भने वडा नं। ६ र ७ ले साविक शिवगंज गाविस तथा वडा नं। ८, ९, १० र ११ ले साविक सतासीधाम गाविसलाई समेटेको छ। यस नगरपालिकाको पूर्वमा कन्काइ नगरपालिका उत्तरमा इलाम जिल्ला पश्चिममा कमल गाउँपालिका र दक्षिणमा झापा गाउँपालिका र गौरीगंज गाउँपालिका रहेका छन । सताक्षिधाम धार्मिक क्षेत्र, दोमुखा पर्यटकिय क्षेत्र, चिल्लागढ ऐतिहासिक साँस्कृतिक क्षेत्र लगायत विभिन्न मठ मन्दिर, गुम्बा तथा खोलानाला, नहर, कुलो, पोखरी, सिमसार क्षेत्र तथा हरिया वनहरुले यस नगरपालिकालाई शान्त, आकर्षक र रमणिय बनाएका छन ।अन्य नगरपालिकाहरुको तुलनामा विकासका पूर्वाधारहरु कम भएता पनि अत्याधिक सम्भावना बोकेको क्षेत्रको रुपमा यस नगरलाई लिईन्छ । नगरपालिकाको केन्द्र वडा नं। ७ स्थित ब्याङ्गडाँडामा रहेको छ । नगरपालिकाको प्रमुखमा मेघहाङ्ग थोप्रा (रोशन) तथा उप प्रमुखमा नरमाया कार्की निर्वाचित हुनुभएको छ । जन प्रतिनिधिहरु निर्वाचित भै आए पश्चात नगर कार्यपालिकाले नगर कार्यपालिका कार्य विभाजन नियमावली, कार्य सम्पादन नियमावली लगायतका विभिन्न नियमावली र कार्यविधिहरु स्विकृत गरी त्यसैका आधारमा नगर कार्यपालिकाका दैनिक प्रशासनिक तथा विकासात्मक कार्यहरु संचालित छन ।
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
यो नगरपालिका सतासीधाम, शिवगञ्ज, धरमपुर र पाचगाछि मिलेर बनेको हो। २०७५ काे घरधुरी सर्वेक्षण अनुशार यस नगरपालिकाकाे जनसंख्या ७४,,,३६६ रहेको छ।
धार्मिक एवं पर्यटकीय स्थलहरू[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedनेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)
- ↑ अधिकारी, चेतन (२०७१ मंसिर २०), "अधिकांश झापाली बने सहरवासी", कान्तिपुर, कान्तिपुर, अन्तिम पहुँच मंसिर १९।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |