सामग्रीमा जानुहोस्

शिवसताक्षी नगरपालिका

शिवसताक्षी नगरपालिका
शिवसताक्षी नगरपालिका को शिवसताक्षी नगरपालिका मा अवस्थिति
शिवसताक्षी नगरपालिका
शिवसताक्षी नगरपालिका को झापा जिल्ला मा अवस्थिति
शिवसताक्षी नगरपालिका
शिवसताक्षी नगरपालिका को कोशी प्रदेश मा अवस्थिति
शिवसताक्षी नगरपालिका
शिवसताक्षी नगरपालिका को नेपाल मा अवस्थिति
शिवसताक्षी नगरपालिका
निर्देशाङ्क: २६°३६′५५″उ ८७°५०′०७″पू / 26.61528°N 87.83528°E / 26.61528; 87.83528
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाझापा
स्थापित२०७१ मङ्सिर १६
सरकार
  प्रमुखमेगाहाङ थोप्रा (नेकपा (एमाले))
  उपप्रमुखनरमाया कार्की (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा१४५.८७ किमी (५६.३२ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा७४,०७७
  घनत्व५१०/किमी (१३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२३
वेबसाइटआधिकारिक वेबसाइट

शिवसताक्षी नगरपालिका झापाका ८ वटा नगरपालिकाहरू मध्ये एक हो।[][] यो नगरपालिका कोशी प्रदेशको झापा जिल्लामा अवस्थित छ। २०७१ मङ्सिर १६ मा, शिवगञ्ज, पाँचगाछी, सतासीधामधरमपुर गाविस सम्मिलित गरी शिवसताक्षी नगरपालिका घोषणा गरिएको थियो। जम्मा ११ एघार वटा वडामा विभाजन गरीएको यस नगरपालिकाको कुल क्षेत्रफल १४५।४८ वर्ग कि।मी। रहेको छ। यस नगरपालिकाको पूर्वमा कन्काइ नगरपालिका उत्तरमा इलाम जिल्ला पश्चिममा कमल गाउँपालिका र दक्षिणमा झापा गाउँपालिका र गौरीगंज गाउँपालिका रहेका छन्। सताक्षिधाम धार्मिक क्षेत्र, दोमुखा पर्यटकिय क्षेत्र, चिल्लागढ ऐतिहासिक साँस्कृतिक क्षेत्र लगायत विभिन्न मठ मन्दिर, गुम्बा तथा खोलानाला, नहर, कुलो, पोखरी, सिमसार क्षेत्र तथा हरिया वनहरुले यस नगरपालिकालाई शान्त, आकर्षक र रमणिय बनाएका छन ।अन्य नगरपालिकाहरुको तुलनामा विकासका पूर्वाधारहरु कम भएता पनि अत्याधिक सम्भावना बोकेको क्षेत्रको रुपमा यस नगरलाई लिईन्छ । नगरपालिकाको केन्द्र वडा नं. ७ स्थित ब्याङ्गडाँडामा रहेको छ । नगरपालिकाको प्रमुखमा मेघहाङ्ग थोप्रा (रोशन) तथा उप-प्रमुखमा नरमाया कार्की निर्वाचित हुनुभएको छ । जन प्रतिनिधिहरु निर्वाचित भै आए पश्चात नगर कार्यपालिकाले नगर कार्यपालिका कार्य विभाजन नियमावली, कार्य सम्पादन नियमावली लगायतका विभिन्न नियमावली र कार्यविधिहरु स्विकृत गरी त्यसैका आधारमा नगर कार्यपालिकाका दैनिक प्रशासनिक तथा विकासात्मक कार्यहरु संचालित छन ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार शिवसताक्षी नगरपालिकाको कुल जनसङ्ख्या ७४,०७७ रहेको छ भने यहाँ १८,२५३ घरधुरी रहेका छन्।[]

शिवसताक्षी नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
धरमपुर (८-९)६,२०३९.९५६२३.४२
धरमपुर (५-७)५,९९७१३.०२४६०.६०
धरमपुर (१, २, ३, ४)४,५३५१०.८४१९.९१
पाँचगाछी (१, ३-४, ६-७)६,२२१११.९५५२०.५९
पाँचगाछी (२,५,८-९)४,६३३९.५५४८५.१३
शिवगञ्ज (१-३)६,०८८१४.३४२५.७३
शिवगञ्ज (४-९)८,०३४२०.२८३९६.१५
सतासीधाम (१-५)९,४०९८.१११६१.६०
सतासीधाम (७)६,६४२१०.७८६१६.१४
१०सतासीधाम (८)७,३४०१४.४२५०९.०२
११सतासीधाम (६,९)८,९७५२२.३३४०१.९३
जम्मा७४,०७७१४५.४८५०९.१८

धार्मिक एवं पर्यटकीय स्थलहरू

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "शिवसताक्षी नगरपालिका"
  5. अधिकारी, चेतन (२०७१ मंसिर २०), "अधिकांश झापाली बने सहरवासी", कान्तिपुर, कान्तिपुर, अन्तिम पहुँच मंसिर १९[स्थायी मृत कडी]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]