कनकाई माई (मन्दिर)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(कन्काई माईबाट अनुप्रेषित)

कन्काई माई झापा जिल्लाको प्रसिद्ध मन्दिर हो। यो मन्दिर सदरमुकाम चन्द्रगढीदेखि २८ किलोमिटर उत्तर-पश्चिम दिशामा छ। पूर्वाञ्चलका भक्तजनहरूले यो मन्दिरमा माघे संक्रान्ति तथा बडादशैंका दिन माई नदीमा नुहाएर दर्शन गर्छन। झापा जिल्लाको करीब बीचभागबाट बग्ने जिल्लाको सबै भन्दा ठूलो र पवित्र नदी कनकाईलाई नै कनकाई माई पनि भनिन्छ। यसलाई प्रसिद्ध धार्मिक नदीको रूपमा लिइन्छ। कनकाई नदीमा पूजा गर्ने भाकल गर् यो भने मात्र पनि आफ्नो मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास छ। यो अत्यन्त पवित्र नदी भएकै कारणले गर्दा प्रति दिन यहाँ प्रातः कालमा जलशेचन गर्ने श्रद्धालु भक्तजनहरूको समेत भिड लाग्ने गर्दछ। यसैको आधारमा यो नदीमा विभिन्न समुदायका मानिसहरू गइ पूजा गर्ने गर्छन्। सुरुङ्गा स्थित कन्काई नदी किनारमा माघे संक्रान्तिको दिन ठूलो मेला लाग्छ। पूर्व-पश्चिम राजमार्गको कन्काई पुल आसपासमा नदीका दुवै किनारमा विभिन्न सम्प्रदायका मठ मन्दिर तथा धर्मशालाहरू रहेका छन्। [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "कन्काई माई", birattourism.org.np  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-१६ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

शक्तिपीठ