शास्वत धाम
शास्वत धाम सिजी मन्दिर | |
---|---|
![]() शास्वत धामको एक तस्वीर | |
प्राथमिक विवरण | |
स्थान: | देवचुली नगरपालिका,दुम्कौलि, नवलपुर जिल्ला |
सम्बन्धन | हिन्दुत्व |
जिल्ला | नवलपुर |
देश | नेपाल |
वेबसाइट | http://cgshashwatdham.org/ |
वास्तुकला प्रकार | प्यागोडा |
शास्वत धाम वा सिजी मन्दिर नवलपुर जिल्लाको देवचुली नगरपालिकामा पर्ने दुम्कौलिमा अवस्थित रहेको छ।[१] यो मन्दिर नवलपरासी जिल्लाकै एक प्रमुख मन्दिर हो। यस मन्दिर देवचुली नगरपालिकामा रहेको चौधरी उघोग ग्रामसँगै रहेको छ। पछिल्लो केही वर्षदेखि शास्वत धाम नवलपुर आउने हरेकको गन्तव्यको स्थल बन्ने गरेको छ। सिजी मन्दिर भनेर चिनीए पनि बास्तवमा सो मन्दिर श्री काञ्ची शङ्करा सदाशिव लिङ्गम्को नामले स्थापना गरिएको हो। यसको निर्माता चौधरी ग्रुप हो। [२]
यस मन्दिरमा विशेषत बेलुकाको समयमा हेर्दा आनन्द र मन्दिरको सुन्दरता देख्न सकिन्छ। विभिन्न रङ्गका बत्तिले मन्दिरलाई थप आकर्षक बनाउने गर्दछ। यस मन्दिरमा एक स्थान हेर्दा फरक रङ्ग अर्को स्थानबाट हेदा अर्कै रङ्ग देखिने गर्दछ।[३]
मन्दिरका बारेमा[सम्पादन गर्नुहोस्]
पूर्वपश्चिम राजमार्ग देखि उत्तर तर्फ रहेको यस मन्दिरमा विशेष गरेर पुरातात्वीक धार्मिक कुराहरू डिजिटल लाइब्रेरि रहेको छ। मन्दिरका वरिपरी ताल र बिचमा मन्दिर भएकाले पनि मन्दिरलाई थप आकर्षित बनाएको छ। यो मन्दिर निकट भविष्यमानै विश्वभरका सनातन धर्म मान्नेहरूका लागि प्रख्यात तिर्थस्थलमा परिणत हुने देखिन्छ । मन्दिर वरीपरी मनमोहक वाटर फाउन्टेन रहेको यस मन्दिरलाई थप आकर्शीत बनाएको छ।
नेपालको मध्य भागमा रहेको मन्दिर पूर्वदेखि पश्चिमसम्मका सम्पूर्ण दर्शनार्थीहरूका लागि आकर्षणको केन्द्रका रूपमा स्थापित भएको छ। मन्दिर परिसरमा डिजिटल धार्मिक लाइब्रेरी र धार्मिक सूचना केन्द्रको व्यवस्था रहेको छ। यहीबाट देशभरका मठ मन्दिर, शक्ती पिठ र धर्महरूको जानकारी लिन सकिने व्यवस्था रहेको छ।
गुरूकुल विद्याश्रम[सम्पादन गर्नुहोस्]
यो मन्दिर करिब चार विगाहा क्षेत्रफलमा फैलिएको छ र यो मन्दिर केवल अवलोकन गर्नका लागि मात्र नभइ गुरुकुलको लागि समेत मध्यनजर गरी यो मन्दिरमा विद्याश्रम समेत स्थापना गरिएको छ। यहाँ कक्षा ६ मा भर्ना लिएर संस्कृतका साथसाथै नेपाल सरकारद्वारा निर्धारित पाठयक्रमको पनि अध्ययन गर्ने व्यवस्था मिलाइएको छ। गुरुकुलमा आवासिय शिक्षाको व्यवस्था मिलाइएको छ। विद्यार्थीको खाने, बस्ने र लगाउने सम्पूर्ण खर्च चौधरी समूहले नै बेहोर्ने छ।
चित्र दिर्घा[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "शाश्वत धाम- नयां धार्मिक केन्द्र बन्दै" (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ अगस्ट २०२१।
- ↑ "चौधरी फाउण्डेसनद्धारा निर्मित शाश्वत धाम राष्ट्रपतिद्धारा उद्घाटन, धार्मिक पर्यटनको लागि नयाँ गन्तव्य" (नेपाली) भाषा)। विकास न्युज। सङ्ग्रह मिति २५ अगस्ट २०२१।
- ↑ "शास्वतधामः नवलपरासीको मुख्य आकर्षण"। रातोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ अगस्ट २०२१।