तालबाराही मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तालबाराही मन्दिर
बराहि मन्दिर
तालबाराही मन्दिर
तालबाराही मन्दिर
तालबाराही मन्दिर is located in गण्डकी प्रदेश
तालबाराही मन्दिर
नेपालमा स्थान
प्राथमिक विवरण
निर्देशाङ्क२७°५२′१०.९६″उ॰ ८३°५७′४.६८″पू॰ / २७.८६९७१११°N ८३.९५१३०००°E / 27.8697111; 83.9513000निर्देशाङ्कहरू: २७°५२′१०.९६″उ॰ ८३°५७′४.६८″पू॰ / २७.८६९७१११°N ८३.९५१३०००°E / 27.8697111; 83.9513000
सम्बन्धनहिन्दुत्व
देवतावाराही
चाडपर्वदशैँ
जिल्लागण्डकी प्रदेश
देशनेपाल

तालबाराही मन्दिर कास्की जिल्लाको पोखरा स्थित प्रसिद्ध मन्दिर हो । फेवातालको बिचमा रहेको यो मन्दिरमा हमेशा दर्शकको भीडभाड रहन्छ । हिन्दु धर्माबलम्बी को मन्दिर भएता पनि सबै धर्मका व्यक्तिहरु यहाँ प्रवेश पाउँदछन् ।

तालबाराही मन्दिरको सुन्दरताले आन्तरिक तथा बाह्य पर्यटनमा निकै टेवा पुर्‍याएको छ । पर्यटकीय सुन्दर नगरी पोखरामा स्थित यो मन्दिर कास्की का घुम्नै पर्ने ठाउँहरूको सूचीमा अग्र पंक्तिमा आउँछ जसका कारण मन्दिरमा पर्यटकहरूको घुइँचो लागिरहन्छ । माछापुच्छ्रे हिमालको छायाँ फेवातालमा परेको दृश्य मन्दिरबाट मनोरम देखिन्छ । कोजाग्रत पूर्णिमा लगायत अन्य धार्मिक पर्वहरूमा यहाँ मेला लाग्दछ । पहिले पानि ले नढाकिएको अवस्थामा यो मन्दिर रहेको थियो ।

तालबाराही को कथा[सम्पादन गर्नुहोस्]

फेवा तालको बिचमा तालबाराही मन्दिर

कास्कीका राजा कुलमण्डन शाहले सर्वप्रथम खरको झुप्रो बनाई मन्दिर स्थापना गरेका थिए । यस मन्दिरको अस्तित्व वि.सं. १६६९ देखि कायम रहिआएको छ । कतै कतै वि.सं. १४४७ देखि अस्तित्वमा रहेको भन्ने अभिलेख पनि पाइन्छ । प्राचीनकालमा माटाको ढिस्कामा एउटा शिला थियो त्यहीं मन्दिर स्थापना गरी बाराहीका रूपमा पूजिन थालिएको थियो ।

तालबाराही देवी सन्यासीको भेषमा रातको समय मन्दिर रहेको वरपरको गाउँ पुग्दा अरु कसैले बास दिएनछन् । एउटी बुढी महिलाले मात्रै उनलाई वास दिइछन् साथै रातमा आँफूसँग भएको रोटी खान दिइछन् ।

जब भोलिपल्ट देवी जान लाग्नुभयो तब देवीले बूढी आमालाई अब यहाँ जलमग्न हुन्छ अन्तै गएर बस्नु भन्नु भएछ र भोली पल्टै ठूलो बाढी आएर जलमग्न भइ बीच भागको ढिस्को मात्रै बचेछ । वि.सं. २०१७ मा राजा महेन्द्रले अहिलेको स्वरूपमा मन्दिर निर्माण गरेका हुन् ।

मन्दिर पुग्ने बाटो[सम्पादन गर्नुहोस्]

पोखराका विभिन्न ठाउँबाट लेकसाइड जाने गाडीहरु पाइन्छ । लेकसाइड को तालबाराही चोकबाट ५० मिटर भित्र गएपछि साना ठूला डुंगाहरु पाइन्छ र तिनै डुंगामा सयर गर्दै मन्दिर परिक्रमा गर्न ।

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]