माछापुच्छ्रे हिमाल
| माछापुच्छ्रे | |
|---|---|
| कतासुँ क्लिको | |
| सर्वोच्च विन्दु | |
| उचाइ | ६,९९३ मी (२२,९४३ फिट) |
| प्रमुखता | १,२३३ मी (४,०४५ फिट) |
| भूगोल | |
| स्थान | नेपालको मध्यभागको उत्तरमा |
| क्षेत्र | NP |
| हिमशृङ्खला | अन्नपूर्ण हिम शृङ्खला |
| आरोहण | |
| पहिलो आरोहण | आरोहण अनुमति छैन |
माछापुछ्रे एउटा हिमालको नाम हो जुन अन्नपूर्ण हिमालको उत्तर मध्य नेपालमा अवस्थित छ। माछापुच्छ्रे हिमाल नेपालको गण्डकी प्रदेशको कास्की जिल्लामा अवस्थित छ।[१] यो हिमाललाई मानिसहरूले भगवान शिवको पवित्र स्थान मानेर श्रद्धा गर्छन्, त्यसैले यो हिमालमाथि आरोहण गर्ने अनुमति छैन । अहिले सम्म कसैले नचढेको हुनाले यस हिमाललाई 'कुमारी हिमाल'को उपनामले पनि चिनिन्छ।
स्थिति
[सम्पादन गर्नुहोस्]माछापुछ्रे हिमाल एउटा लामो प्रेणदायक श्रेणीको पुछारमा, अन्नपूर्णको मुख्य भागमा दक्षिण तर्फबाट बाहिर लम्किदै गएको छ। यस हिमालको पूर्वी सीमालाई अन्नपूर्ण संरक्षण क्षेत्रको रूप प्रदान गर्छ। यो संरक्षण क्षेत्र पर्यटकहरूको एउटा मनपर्ने ट्रेकिङ्ग गन्तव्य हो र अन्नपूर्णको दक्षिण तर्फबाट आधार शिविर र अन्य प्राकृतिक छटा एकदमै मनमोहक छ। यो मनमोहक शिखर पोखराबाट लगभग २५ किलोमिटरको दूरीमा छ।
नामकरण
[सम्पादन गर्नुहोस्]माछाको पुच्छर जस्तो हुनाले नै यो हिमालको नाम माछापुच्छ्रे रहेको हो। यसलाई अङ्ग्रेजीमा अनुवाद गरेर फिस टेल पनि भनिन्छ। यसलाई तमु भाषामा कतासुँ क्लिको भनिन्छ।
चित्र दीर्घा
[सम्पादन गर्नुहोस्]-
सुनौलो माछापुच्छ्रे हिमाल
-
माछापुच्छ्रे हिमाल
-
किम्रोङबाट माछापुच्छ्रे हिमाल
-
चोम्रोङको बाटोमा माछापुच्छ्रे हिमाल
-
चोम्रोङ लेकबाट
-
अन्नपूर्ण पर्यावरण विहारबाट
-
माथिल्लो टाकुरा
-
प्रस्ट माछा आकारको दृश्य, माछापुच्छ्रे हिमाल
-
माछापुच्छ्रे हिमालको दृश्य
-
माछापुच्छ्रे बेसक्याम्पबाट देखिएको माछापुच्छ्रे हिमालको दृश्य।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Mountain, Monarch, "माछापुच्छे", माछापुच्छे।