सिस्ने हिमाल
Jump to navigation
Jump to search
सिस्ने हिमाल लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला पूर्वी रुकुमको उत्तरी सिमानामा अवस्थित रमणिय एबम् सुन्दर हिमालको नाम हो। यस हिमाललाई स्थानिय भाषामा मुर्कट्टा हिमाल पनि भनिन्छ। यो हिमाल कान्जिरोवा हिम श्रीङ्खला अन्तर्गत पर्दछ। यसको उचाईं ५,८४९ मि. छ। यस हिमालमा आजसम्म कोही पनि नचढेको हुनाले यो हिमाललाई कन्या हिमाल पनि भनिन्छ। यो हिमालको वरिपरि विभिन्न सना-ठूला हिम तालहरू रहेका छन्। रुकुमकोटको पूर्वी-उत्तरका मैदान डाँडा वा खोर्सले लगायतका डाँडाबाट सिस्ने हिमालको मनमोहक दृश्य अवलोकन सकिन्छ।