चङ्खेली हिमाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चङ्खेली अथवा चंखेली हिमाल मुगु जिल्लाको र हुम्ला जिल्लामा पर्ने चंखेली गाउँपालिकाको सिमानामा अवस्थित हिमाल हो । यो हिमाल मुगुको साविकको रूगा गाविसको बाम भागमा रहेको छ । हाल चलनमा नरहेको नेपाली १ रुपैयाँको नोटमा चङ्खेली हिमालको फोटो अंकित गरिएको छ । चंखेली हिमालको उचाईं समुद्री सतहबाट २९ सय मिटर रहेको छ । हुम्ला र मुगु जिल्ला जिल्लाको दोसाँधमा रहेको उक्त चंखेली हिमाल कर्णाली अञ्चलकै सबै भन्दा ठुलो हिमालका रूपमा लिइन्छ । २०३५ सालमा तत्कालिन राजा विरेन्द्रले चंखेली हिमालमा २ दिनसम्म शिकार गरेर रमाएका थिए । [१]

प्राकृतिक सौन्दर्यता[सम्पादन गर्नुहोस्]

रारा तालसँगै हिमालको सुन्दर दृश्यका लागि चंखेली हिमालको टुप्पो महत्त्वपूर्ण रहेको छ । यहाँबाट रारा तालसँगै विभिन्न हिमालहरू हेर्न सकिन्छ । चंखेली हिमालको टुप्पोमा पुगियो भने रारा ताल मात्र हैन नेपालकै दुईवटा ठुला धार्मिक धाममा पर्ने मुगुको छायाँनाथ धामसहित साइपाल हिमाल र काञ्जिरोवा हिमालको दृश्यावलोकन गर्न सकिन्छ, अन्य सुन्दरता त कत्ति हो कत्ति । ।[२]

यात्रा[सम्पादन गर्नुहोस्]

मुगु जिल्लाको सदरमुकाम गमगढीबाट झण्डै एक दिनको पैदल यात्रा पछि चंखेली हिमालको फेदमा पुगिन्छ, चंखेली हिमालको फेदबाट हुम्ला र मुगुका विभिन्न क्षेत्रहरूको दृश्यावलोकन गर्न सकिन्छ । त्यहाँ लेकाली शैलीमा बनेका दुईवटा होटल छन्, एक रात त्यहाँ फेदमा वास बसेपछि बिहान चंखेली हिमालको यात्रा सुरु हुन्छ । चङ्खेली हिमाल समुद्री सतहबाट झण्डै ४ हजार २ सय मिटरको उचाईंमा अवस्थित छ । चंखेली हिमालको झण्डै आधा भाग हिंडुन्जेल धेरै फाँटहरूको माथी पुगेको अनुभव हुन्छ । मनोरम दृश्यावलोकन गर्न पाइने यस हिमालको टुप्पोमा पुगेपछि रारा ताल, पवित्र धार्मिक स्थल छायाँनाथ, सैपाल हिमाल, काञ्जिरोवा हिमाल आँखाकै अगाडि देख्न पाइन्छ । मुगु जिल्लाको सदरमुकाम गमगढी, मुगुको रारा विमान स्थल, मुगुको सोरु भेगका झण्डै १० वटा बस्ति तथा खत्याड भेग माथिका लेकसहित हिमाली टाकुरासँगै करान र गम भेगमा पर्ने विभिन्न लेकहरू सहित रोवा गाविस माथिका विभिन्न हिमाली चुचुराहरूको अवलोकन गर्न सकिन्छ । चङ्खेली हिमाल चढ्न धेरै हिउँ परेको बेला बाहेक अन्य समयमा खासै समस्या हुँदैन । तर प्रचार प्रसार तथा प्रवर्द्धन हुन नसकेका कारण पर्दामा आउने गरी मुगुको सदरमुकामबाट फोटो खिच्न शिवाय अरु केही हुन सकेको छैन । चंखेली हिमाल मुगु जिल्लाको रुगा गाविस वडा नंवर ६, ७ र ८ मा पर्दछ । त्यस क्षेत्रका वासिन्दाहरूले गोरेटो बाटो निर्माण गरी पदयात्रा सञ्चालका लागि पहल गर्नु पर्नेमा जोड दिएका छन् । हिमालको प्रचारप्रसार तथा यसको व्यवस्थापनमा ध्यान दिएमा रारा तालमा घुम्न जाने आन्तरिक पर्यटकहरू चंखेली हिमालमा आकर्षित हुने निश्चित छ । [२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]