छायाँनाथ मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
छायाँनाथ मन्दिर
प्राथमिक विवरण
स्थान:डोल्फू
सम्बन्धनहिन्दुत्व
जिल्लामुगु
देशनेपाल
वास्तुकला प्रकारमाडु शैली

छायाँनाथ मन्दिर मुगु जिल्लामा पर्ने एक नेपालकै चर्चित मन्दिर हो । यो मन्दिर मुगु जिल्लाको डोल्फु गाविस अन्तर गत पर्ने चैन गाउँमा अवस्थित छ । समुद्री सतह देखि ४५ सय मिटरको उचाईंमा अवस्थित यस मन्दिरमा प्रत्यक वर्ष जनै पुर्णिमाको समयमा ५ दिनसम्म मेला लाग्ने गर्दछ । जनै पुर्णिमाको बेला जुम्लाको ठाकुरज्यूको गाथ पुजारीका साथमा बाजागाजा र सुरक्षाकर्मीहरू सहित छायाँनाथ मन्दिरमा लगेर लिएपछि छायाँनाथ तिर्थयात्रा सुरु हुन्छ । ठाकुरज्यूको गाथ जनैपुर्णिमासम्म छायाँनाथ मन्दिरमा रहने र दर्शनका लागि पश्चिम नेपालके सेती, महाकाली, राप्तीकर्णाली अञ्चलका १५ जिल्लाबाट महिला पुरुष धामी झाँक्री सहित तिर्थालुहरूको लर्को लाग्ने गर्दछ । त्यहाँका स्थानिय वासी तथा मन्दिरका पुजारी यस मन्दिरलाई बद्रीनाथकेदारनाथ जस्तै एक पवित्र धाम अथवा शक्तिपीठ हो भन्ने मान्दछन् । यस मन्दिर भन्दा माथी शिव, पार्वती, विष्णुका मुर्तीहरू अङ्कित गुफाहरू रहेका छन् । [१]सत्य युगमा भगवान शिवले सतिदेवीको मृत शरिर पिठमा बोकेर हिंडेका बेला सतिको मृत शरिर गलेर जहाँ जहाँ सतिका अङ्गहरू पतन भए त्यहाँ त्यहाँ शक्तिपीठहरू बन्दै गएको कथा स्वस्थानी व्रत कथामा उल्लेख गरिएको छ । यसरी सतिको मृत देह गलेर पतन हुने क्रममा छाँया क्षेत्र नामक स्थानमा बाँँकीका सबै अङ्गहरू पतन भए भन्ने कुरा पनि सोही स्वस्थानी व्रतकथामा उल्लेख गरिएको छ । स्वस्थानी व्रतकथामा उल्लेख गरिएको छायाँ क्षेत्र यही छायाँनाथ मन्दिर रहेको स्थान हो भन्ने भनाई रहेको छ ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]