न्यातपोल मन्दिर
न्यातपोल | |
---|---|
न्यातपोल मन्दिर | |
प्राथमिक विवरण | |
स्थान: | भक्तपुर, टौमडी |
सम्बन्धन | हिन्दुत्व |
जिल्ला | भक्तपुर जिल्ला |
देश | नेपाल |
वास्तुकला विवरण | |
वास्तुकला प्रकार | प्यागोडा |
निर्माता | भुपतिन्द्र मल्ल |
न्यातपोल मन्दिर भक्तपुरको टौमडीमा रहेको मन्दिर हो । यसको निर्माण १८औँ शताव्दीमा मल्लकालीन राजा भुपतिन्द्र मल्लले गराएका हुन्। यस मन्दिरमा पाँच तल्लाहरू रहेका छन् । यस मन्दिर सिद्धीलक्ष्मीको मन्दिर हो । जुन देवीमा तान्त्रिक शक्तिको स्वरूपमा पनि लिइन्छ । विक्रम संम्बत् १७०१ देखि १७०२ ताका निर्माण गरिएको हो । यो मन्दिर जम्मा सात महिनामा निर्माण गरिएको मानिन्छ । यस मन्दिरको निर्माणका लागि छालिङ, जितपुर, वागेश्वरी, सक्व, झौख्य, चाँगु, गोकर्ण, पन्ती आदि ठाउँका बासिन्दाहरूले पनि सहयोग गरेको उल्लेख गरिएको छ । उपत्यकाका राज्यहरूसँग राम्रो सम्बन्ध नरहेको अवस्थामा राजा भुपतिन्द्र मल्लले आफ्नो शक्ति प्रदर्शनको लागि छिटो भन्दा छिटो यस मन्दिरको निर्माण गरी भक्तपुरका सबै जनता तथा छिमेकी राज्यका राजाहरूलाई समेत भोजमा निमन्त्रणा गरिएको थियो । यस भोजमा लगभग २३ हजार जना मानिसहरूको उपस्थिति थियो जुन भक्तपुरका बासिन्दा भन्दा ४ दोब्बर हुन्थ्यो ।
विसं २०७२ को महाभूकम्पमा पनि यस मन्दिरमा खासै क्षति भएको पाइएन ।
चित्र दीर्घा[सम्पादन गर्ने]
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा न्यातापोल मन्दिर भक्तपुर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |