उग्रतारा मन्दिर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
श्री उग्रतारा भगवती मन्दिर
उग्रतारा भगवती मन्दिर
श्री उग्रतारा भगवती मन्दिर is located in Nepal
श्री उग्रतारा भगवती मन्दिर
श्री उग्रतारा भगवती मन्दिर
नेपालको नक्शामा उग्रतारा मन्दिर
निर्देशांक: २९°१७′उत्तर ८०°२९′पूर्व / २९.२९° उत्तर ८०.४८° पूर्व / 29.29; 80.48निर्देशाङ्क: २९°१७′उत्तर ८०°२९′पूर्व / २९.२९° उत्तर ८०.४८° पूर्व / 29.29; 80.48
नाम
वास्तविक नाम: उग्रतारा माता
अवस्थिति
देश: नेपाल
राज्य/अञ्चल: महाकाली
जिल्ला: डडेल्धुरा
स्थान: अमरगढी, डडेल्धुरा
कला र संस्कृति
मुख्य देवता: भगवती
प्रमुख चाडपर्व: कार्तिक शुक्ल पुर्णिामाको दिन महापुजा तथा ठूलो जात्रा
वास्तुशैली: प्यागोडा

उग्रतारा मन्दिर शुदुर पश्चिमकै ठूलो शक्तिपिठ मानिन्छ । यो मन्दिर डडेलधुरा देखि चार किलोमीटर पश्चिमपट्टी रहेको छ । यो मन्दिरलाइ नेपालको सूदूर पश्चिमका नौ भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ । उग्रतारा मन्दिरको उत्पति सम्बन्धमा प्रमाणिक आधारमा कुनै शिलालेख नभेटियता पनि यसको उतपतिको किम्बदन्ति भने यस प्रकार छ।

अबस्थित[सम्पादन गर्ने]

डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा पर्ने प्रसिद्ध मन्दिर, बागबजारबाट करिब ५कि.मि. टाढा डडेलधुरा , बैतडीराजमार्गको पश्चिम पटीको अग्लो बिशाल तथा रमणिय फाटमा रहेको छ । याहा कतै बाट ओर्लेर मन्दिरमा पर्वेश गर्ने मार्ग नभई प्रकृत प्रदत फाँटमा अवश्थित उग्रतारा देविको दर्शन गर्न जाने भक्तजनहरुले उक्लेर जानु पर्दछ। उग्रतारा मन्दिरको उत्पति सम्बन्धमा प्रमाणिक आधारमा कुनै शिलालेख नभेटियता पनि यसको उतपतिको किम्बदन्ति भने यस प्रकार छ। उग्रतारा भगवती मन्दिर

ऐतिहासिक पृष्टभुमि[सम्पादन गर्ने]

धेरै वर्ष उग्रतारा भगवती रहेको स्थान नजिक लटाउली गाउँमा साँकि जातिको बसोबास रहेको थियो। जुनकुरा त्याहाको हाल रहेको भु-बनोटको आकृतिबाट पनि प्रष्ट हुन्छ। हाल रहेको उग्रताराको मन्दिर वरपर तिनै लटाउलीका साँकी जातिहरुले कृषि कार्य गर्दथे। एक दिन तिनै साँकी जातिको एकजना किसान हलो जोतिरहेको अवस्थामा हलोको फालि सिलामा गढेर सिलाबाट निरन्तर रगतको धारा बगि रहेको अबस्थामा ति साँकीले रगत रोक्नको लागि अनेक प्रयत्न गर्दा रोकिएन । रगत धेरै आउदा रगतको खोला बग्न शुरु भयो। हाल पनि यो खोला यहि मन्दिरका तलन्वाखोलाको नामले चिनिन्छ र यसरी बग्दै रहेको रगत रोक्न तिनै किसानले खानु भनि ल्याएको "मास" को खिचडी सोही सिलाको फालि लागेको घाउमा लगाउँदा रगत बग्न रोकियो। त्यसपछि त्यस सिलाललाई सुरक्षित गरी मन्दिर निर्माण गरियो। ति किसान नै त्याहाँको पुजारी भए र तिनको सन्तानहरुले पुजारीहुदा उग्रतारा क्षेत्रको भित्रै नचनटुक्रि भन्ने ठाउँबाट सिधै ओरालो उल्टो शरिर सुति करिब पाँच किलो मिटर तल शैलेश्वर महादेव मन्दिर भित्रको सानो झ्यालबाट भित्र छिरी सकेर अन्य परम्परागत क्रिया गरि वास्तविक गृहस्थ जीवन त्यागि भगवतिको पुजामा रहनु पर्ने पर्चलन छ। यसरी पजारी अवतार नभएको अबश्थामा मन्दिरको बाहिरी शिला भन्दा अलि टढा मात्र ब्राम्हणहरुले पुजा गराउने चलन छ । यिनै पुजारिको बारे अर्को किम्बदन्ती पनि छ एक समय उग्रतारा माताको पुजारिको वृद्ध अवश्थासम्मपनि सन्तान नभएको ले सन्तान पाउ भन्ने आग्रह गर्दा उग्रतारा माताले पछि दु:ख पाइन्छ भन्दा उसले सन्तानको ढपी गरिरहदा उनको छोरो भयो। छोरो ठुलो भएपछि पुजारिको सबै घर व्यवहार छोराले सम्हाल्थे तर एक बर्षको उग्रताराको मेला हुने अघिल्लो दिन सो गागँमा थुप्रै पाहुनाहरु आए जो आज पनि यथावत ;छ । र आएका पाहुनाहरुको सत्कार गर्न त्यो गाँउको मानिसहरु आफ्नो कर्तव्य सम्झन्छन। सोही हुनाले आधारातमा पाहुनाकै सत्कारमा ति बृद्धाको छोरा बुहारीको समय वितेकोर त्यस अबधिमा आफ्नो कुनै वास्ता नगरेकोले बृद्धा पुर्न आक्रोसको साथ रातिनै उग्रतारा मन्दिरमा गई पुकार गरी हजुरको दरबारबाट प्राप्त छोरा नष्ट होस भन्दा भोलिपल्टा मेलाको दिनको ठिक १२ बजे तिनको छोरोको मृत्यु भएको किम्बदन्ति सुन्न पाइन्छ।[१] यसै प्रकार उग्रताराको महिमा बारे अर्को किम्बदन्ती पनि छ। कार्तिक पुर्णिमा लाग्ने प्रसिद्ध मेला देइजातमा प्राचिनकालमा गर्खा, गर्खा बाट लडाकुहरुले आ-आफ्नो विरतासाथ लडाई हुदा रगतको खोला बग्ने जसलाई यहा त्यहा न्वाखोलाकोरुपमा नामकरण गरिएको छ। यहा कार्तिक शुक्ल पर्णिमाको दिन जिल्ला भरि बाट मात्र नभई बिभिन्न जिल्लाबाट मेला भर्न आउदछन। यस उग्रतारा मेलापछि चिस्यान सुरु भई हिउद लाग्ने हुदा डडेलधुरा बासिको कृषि कार्यबाट फुर्सदका दिनहरु आउछन।खनमडा, छचोडा,दमडा, र जिलोडामा भन्डार रहेको उग्रतारा मन्दिरमा यिनै ठाँउबाट देउरो पनि आउछ। यस मन्दिरमा देउरो आउनु अघि चतुर्दशिको राति रत्यौली मनाउने ,मन्दिर पग्न अगाढी लटाउली, लगायतखनमडाट, जिलोडा र दमडामासाँस्कृतिक झलकका साथ खेल र जात्रा गरि देउरो उग्रतारामा लगीन गौरवमय परम्परा आफैमा रोमान्चक छ । [२]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सुदूर पश्चिमकी प्रख्यात नौ भगवतीका मन्दिरहरू
क्र.सं. मन्दिर नाम स्थान
बडिमालिका बाजुरा
बरदादेबी अछाम
शैलेश्वरी डोटी
उग्रतारा डडेलधुरा
त्रिपुरा सुन्दरी बैतडी
मेलौली बैतडी
निगालासैनी बैतडी
सुरमा बझाङ
गोदावरी कैलाली

सन्दर्भ[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]