डडेल्धुरा जिल्ला
डडेल्धुरा जिल्ला | |
|---|---|
डडेल्धुरा जिल्ला | |
| देश | |
| प्रदेश | सुदूरपश्चिम प्रदेश |
| सरकार | |
| • प्रकार | जिल्ला समन्वय समिति |
| • अङ्ग | जिल्ला समन्वय समिति, डडेल्धुरा |
| क्षेत्रफल | |
| • जम्मा | १,५३८ किमी२ (५९४ वर्ग माइल) |
| जनसङ्ख्या | |
| • जम्मा | १३९४२० |
| • घनत्व | ९१/किमी२ (२३०/वर्ग माइल) |
| समय क्षेत्र | युटिसी+०५:४५ (नेपालको प्रमाणिक समय) |
| भाषाहरू | नेपाली |
डडेल्धुरा जिल्ला नेपालको सुदूरपश्चिम प्रदेशमा अवस्थित एउटा पहाडी जिल्ला हो। यस जिल्लाको सिमाना पूर्वमा डोटी,उत्तरमा बैतडी र दक्षिणमा कञ्चनपुरसँग जोडिएको छ भने यस जिल्लाको पश्चिममा भारतको उत्तराखण्ड पर्छ। नेपाललाई ७५ जिल्लाहरूमा विभाजन गर्नु पूर्व डोटी जिल्लाबाट डडेलधुरा जिल्लाको प्रशासनिक नियन्त्रण हुने गर्दथ्यो।
नामाकरण
[सम्पादन गर्नुहोस्]डडेल्धुरा जिल्लाको नाम बनोटको आकृतीबाट रहेको भन्ने एक थरी मतवालम्बीहरूको धारणा रहेको छ, उनीहरूको अनुसार स्थानीय जनबोलीमा ढाडलाई डडाल्नु र अग्लो स्थानलाई धुरा भनिने हुँदा डडाल्नु जस्तो धुराबाट कालान्तरमा अपभ्रंश भई जनजीव्रोमा डडेलधुरा भनिन थालिएको हो।
यस जिल्लाको नाम डडेलधुरा कसरी रहन गयो भन्ने सम्बन्धमा विभिन्न किंवदन्तीहरू छन्। यस जिल्लामा दलिन जस्तो डाँडा, घना जङ्गल र जाडो भएको कारणले डडेलधुरा रहन गएको भन्ने भनाइ पनि छ।
जिल्लामा रहेका अस्पताल
[सम्पादन गर्नुहोस्]- उपक्षेत्रिय अस्पताल डडेल्धुरा
पक्षेत्रिय अस्पताल डडेल्धुराको सेवा शुभारम्भ २०७० असार १ गते भएको हो।टिम अस्पताल डडेल्धुरामा २०६४सालदेखी सेवा सुचारु गर्दै आएको एचडिसिएस संस्थाले गुणस्तरीय सेवा दिन नसकेको भन्दै राजनीतिकदल नागरिकसमाज,सञ्चारकर्मी र स्थानीयले पटक पटक आन्दोलन गरेपछि एचडिसिएस संस्थाले वैशाख १२ गतेदेखी पूर्णरूपमा सेवा बन्द गरेको थियो। टिम अस्पताल र जिल्ला अस्पताल डडेलधुरालाईमर्ज गरी १०० शैयाको उपक्षेत्रिय अस्पताल डडेल्धुरामा सञ्चालन गर्ने २०७० बैशाख २२ गते नेपाल सरकारले निर्णय गरे बमोजिम सेवा सुभारम्भ भएको हो।
- जिल्ला अस्पताल डडेल्धुरा
- प्रतेक गाउँ विकास समिति लक्षित गरी उपस्वास्थ्य चैकीहरू।
प्रशासनिक विभाजन
[सम्पादन गर्नुहोस्]| क्रम | स्थानीय तह | समावेश गाविसहरू | वडा सङ्ख्या | केन्द्र | जनसङ्ख्या (वि.सं २०७८) | क्षेत्रफल (वर्ग किमी) | जनघनत्व (वर्ग किमी) |
|---|---|---|---|---|---|---|---|
| १ | अमरगढी नगरपालिका | ११ | अमरगढी | २४,१४९ | १३९.३३ | १७० | |
| २ | परशुराम नगरपालिका | शीर्ष र जोगबुडा | १२ | जोगबुडा | ३५,५९० | ४१४.०७ | ८६ |
| ३ | आलिताल गाउँपालिका | गाङ्खेत र आलिताल | ८ | भिमदत्तपुर | १८,११२ | २९२.८७ | ६२ |
| ४ | भागेश्वर गाउँपालिका | रुपाल, भागेश्वर र बगरकोट | ५ | बगरकोट | १३,१३२ | २३३.३८ | ५६ |
| ५ | नवदुर्गा गाउँपालिका | कोटेली, मणिलेक, नवदुर्गा र बेलापुर | ५ | मणिलेक | १८,६७२ | १४१.८९ | १३० |
| ६ | अजयमेरु गाउँपालिका | समैजी, अजयमेरु, भद्रपुर, चिपुर र देवल दिव्यपुर | ६ | भद्रपुर | १५,१६१ | १४८.०९ | १०० |
| ७ | गन्यापधुरा गाउँपालिका | असिग्राम, गणेशपुर, मष्टामाण्डौ | ५ | गणेशपुर | १३,७२२ | १३५.६५ | १०० |

सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "राष्ट्रिय जनगणना २०७८", केन्द्रीय तथाङ्क विभाग, माघ २०७८, अन्तिम पहुँच १७ चैत २०७९। वेब्याक मेसिन अभिलेखिकरण २०२२-०२-०६ मिति