सामग्रीमा जानुहोस्

अजयमेरुकोट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अजयमेरुकोट १३औँ शताब्दीमा मल्ल वंशद्वारा स्थापित डोटी राज्य]को राजधानीमध्ये एक थियो। अजयमेरुकोट दरबारको भग्नावशेष दरबारको भग्नावशेष डडेल्धुराको अजयमेरु गाउँपालिकामा अवस्थित छ। वि.स.१४१९ सम्म अजयमेरुकोट कत्युरी राजवंशका पाल राजाको डोटी क्षेत्रीय दरवार मानिन्थ्यो भने वि.स.१४४१ पछिको अभिलेख अनुसार रैका राजवंश कालमा यसलाई नागी (नाग) मल्लको कोट भन्न थालिएको थियो। वि.स.१४१९ देखि १४४१ को सम्मको २२ वर्षे अवधिमा यस कोट वरपर कुनै प्रमाणहरू नभेटिएको कारण यस बीचको अवधिमा कत्यूरी पाल र रैकाका बीचमा युद्ध भएको अवधि मानिन्छ। यस कोटलाई हाँटकोट भनेर पनि चिनिन्छ।[]

कत्युरी वंशजका राजा अज्यपालद्वारा निर्मण गराएको अजयमेरुकोट
अजयमेरु बैठक स्थल

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "अजयमेरुकोट जहाँ प्राचीन कलाको उत्कृष्ट नमूना देख्न पाइन्छ" (नेपालीमा), सेतोपाटी, अन्तिम पहुँच १० माघ २०७७