अजयमेरुकोट

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अजयमेरुकोट
—  अजयमेरुकोट डडेल्धुर / अजयमेरु  —
अजयमेरुकोट Nepal-এ অবস্থিত
अजयमेरुकोट
अजयमेरुकोट
नेपालको नक्सामा अजयमेरु
निर्देशाङ्क: २९°२३′उत्तर ८०°३६′पूर्व / २९.३८° उत्तर ८०.६०° पूर्व / 29.38; 80.60निर्देशाङ्क: २९°२३′उत्तर ८०°३६′पूर्व / २९.३८° उत्तर ८०.६०° पूर्व / 29.38; 80.60
देश  नेपाल
अञ्चल महाकाली अञ्चल
जिल्ला डडेलधुरा जिल्ला
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)

अजयमेरु नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र, महाकाली अञ्चलको डडेलधुरा जिल्लामा अवस्थित अजयमेहरु कोटको नामले नामाकरण भएको एक गाउँ विकास समिति हो । बाइसे राज्य कालिन डोटी राज्यको राजधानी यसै गाविसमा रहेको थियो । डडेल्धुरा जिल्ला अमयमेरु गाविस वार्ड नम्बर ८ हाँटकोट भन्ने स्थानमा बहुचर्चित अजयमेहरु कोट छ । यो कोट अजयमेरु गाउँ विकास समितिको ७, ८ र ९ वार्ड नं.का ३ वटा डाँडाको फेदले छोएको डाँडाको टाकुरामा छ । तीनवटै वार्डले छोएको भएपनि वाडनं ८ को धेरै भूभाग यस कोटभएको स्थलमा पर्दछ । यस कोटलाई स्थानीयहरु हाँटकोट भनेर चिन्दछन् । यो स्थान डडेल्धुरा जिल्लाको सदरमुकामबाट पश्चिम २ घण्टाको बाटो पैदल हिंडेपछि बस्ती र खेतको बीचमा प्राचीन स्थलको रुपमा छ । जसलाई अजयमेहरकोट भन्ने गरिन्छ । यसलाई रणथम्मकोट तथा हाँंटकोटको नामले पनि चिनिन्छ । कत्युरी राजवंश का राजा अजयपालदेवले ११औ शताव्दीको सुरुवात तिर यो दरवार स्थापना गरेका थिए । यहाँ प्राचीन दरवारको भग्नावाशेष, नाउला देवल, वीरखम्ब कलात्मक सिलिङ्ग राजाको वैठक स्थल सहितका ऐतिहांसिक वस्तुहरु छरिएर रहेकाछन् । अजयमेहरमा रहेका ३ नाउलामध्ये दुई नाउँला भग्न अवस्थामा छन्भने एक नाउला पानीखान प्रयोग भईरहेको छ । रानी नुहाउन जाने सिडी कोटदेखि तल खोलासम्म छ । यस स्थानका नाउला र निरोली, रिसेडीकोट वरपर रहेका नाउलाहरुको वनौट उस्तै उस्तै देखिन्छ । राजा निरयपालदेवका ताम्रपत्र र वि.स.१४१९ सम्मका लेखहरु रहेको यो अजयमेहरु कोट रैका राजवंश का नागीमल्लले वि.स.१४४१ मा कब्जा गरेपछि भने रैका राजा नागीमल्लको कोटको रुपमा चिनिन गयो । त्यसैले यसकोटलाई केही मान्छेहरु राजा नागी मल्लको कोट पनि भन्ने गर्दछन् । वास्तवमा यो कोट कत्यूरी पालराजाहरुले निर्माण गराएको कोट हो । अजयपालको नामबाट अजयमेरुकोट नामाकरण भएको डोटी खोलाको अभिलेखले पनि प्रमाणित गर्दछ ।

कत्युरी वंशज का राजा अज्यपाल द्वारा निर्मण गराएको अजयमेरुकोट डडेल्धुरा

अजमेरुकोट क्षेत्रको भौगोलिक अवस्था[सम्पादन गर्ने]

अजैमरुकोट भएको स्थानको डाँडालाई सर्पले वेरे जस्तै गरी गाड (नदी) ले घेरेको छ । तल गाड देखिमाथि कोट भएको स्थानमा पुग्न १५/२० मिनेटको उकालो उक्लनु पर्दछ । यस कोट भएको डाँडामाथि दरवार र राजाका भाइभारदारहरुको बस्ने स्थानहरु भग्नावशेषको रुपमा छन । दरवारको संरचना सबै भत्केको अवस्थामा छ । यहाँ राजाका घोडा बाँध्ने स्थान छ । यसलाई स्थानीयहरु “घोलिडाँस” (घोडाको तबेला) भन्ने गर्दछन । यस दरवार स्थलको पूर्व दक्षिणबाट तल गाढ (नदी) भएको स्थानसम्म रानीले पानी भर्न र नुहाउन जाने जमीन भित्रबाट कोरेर ढुङ्गाले चिनेर माथिबाट बन्द भएको कोटदेखि गाडसम्म जाँदा अँध्यारो नहोस भन्ने उदेश्यले बनाएका २५ वटा भ्mयालहरु भएको प्राचीन सिडि छ । यी सबै कत्यूरी “जाड” राजाले बनाएको हो भन्ने मान्यता छ । यो कोट बनाउदा खलङ्गा गाविस वर्तमान अमरगढी नगरपालीका अन्तरगत सुनेडा भन्ने स्थानबाट तलीगाँ भन्ने ठाउँमा जाने बाटोको दक्षिण तर्फ रहेको “हिराखानी” भन्ने स्थानबाट ढुङ्गा ल्याएर बनाएको भनिन्छ । कोट स्थलको एक किनारमा नागीमल्लद्वारा धामी नचाउँने र तल गाड फाल्ने ढुँङ्गाको खलो छ । कोटस्थलदेखि तल गाडका किनारमा दरवारका मान्छेहरुको वैठकबस्ने वैठकस्थल छ । यसलाई स्थानीयहरु “ओखडेकी” माँडौ भन्ने गर्दछन । गाडको केहीमाथि चेतरामनाथको घर नजिक दुईवटा देवल छन । चेतरामनाथको घर तल वैलवाट भन्ने खेतको नाम करपुटार खेत हो । यसको सिरानमा पानी खाने ३ वटा प्राचीन नाउलाहरु छन । यी ३ नाउला मध्ये एक नाउलामा खेतमा रोपाई भैरहेको अवस्थामा बल्लहरु जुवा र मै सहित आएर पानीखाँदा त्यही डुबे भन्ने किवदन्ती रहेको नाउलो छ । यस करपुटार खेतको गाड तर्फ खेतको किनारमा भैरौ देवताको थान छ । यो भैरौ देवता जाड राजाका पालाको हो । यहाँ श्रीवेताल, र समैजी देवता पनि छन । अजैमरुकोट भएको माटो वेताल देवताको हो । अजैमरुकोटको दक्षिण तर्फ गाडदेखि पारी खजानाकोट छ ।[१]

अजयमेहरु कोटमा दुई राजवंशको राजधानी[सम्पादन गर्ने]

  • कत्युरी राजवंश

वि.स.१४१९ सम्म अजयमेरु कोट कत्युरी राजवंश का पाल राजाको डोटी क्षेत्रको कोट (दरवार) मानिन्थ्यो ।

  • रैका राजवंश

वि.स.१४४१ को अभिलेख रैका राजवंश का नागमल्लको भेटिएका कारण वि.स.१४४१ पछि नागी(नाग)मल्लको कोट अजयमेरु भनियो ।

  • अन्जानकाल खण्ड

वि.स.१४१९ देखि १४४१ को अवधि (२२वर्ष सम्म)यस कोट वरपर कुनै प्रमाणहरु नभेटिएको कारण यस बीचको अवधिमा कत्यूरी पाल र रैकाका बीचमा युद्ध भएको अवधि मानिन्छ ।

अजमेरुकोट क्षेत्रमा बर्तमानमा बसोबास[सम्पादन गर्ने]

अजैमहरुकोट क्षेत्रवरपर वर्तमानमा नाथ, गौली, विष्ट, सेटी, भुल(सार्की), भाँण, टमट्टा, सुनार, ओड, कठायत, भट्ट र धिक्त जातिका मान्छेहरु बस्छन् ।

अजयमेरु बैठक स्थल डडेल्धुरा

नागीमल्लले धामी कमाउने स्थान[सम्पादन गर्ने]

दरवार रहेको स्थानदेखि केही वर डाँडामा एक चाक्लो ढुङ्गा छ । त्यसमा निगालाको मोट्टो राख्ने त्यसमाथि धेरै संख्यामा कालिगेडा (रिठाका भित्र रहेका कालाकाला दानाहरु) राख्ने गरिन्थ्यो । यी कालीगेडामाथि काँसाको थाल राखेर त्यो माथि धामी बसेर नाच्नु पर्ने हुन्थ्यो । यसरी नाँच्दा त्यो बसेको स्थान गाडीको चक्का हिँडे जस्तै यताउता सर्ने र बसेको मान्छे धामी काँप्दा पहरोमा खसेर मर्ने गर्दर्थे । यस प्रकार धेरै देवताका धामीहरु मरेका थिए । यही क्रममा वेताल देवताको पालो आए छ । श्री बेताल देवताको धामी वोहरा थरका व्यक्ति थिए । ती बुढा थिए, तिनलाई वेतालको धामी आयो । वेताल देवताको शक्तिले त्यहाँका सबै ढुङ्गा, मोट्टो, कालिगेडा र थाली लाई जाँम गरिदियो र यसै समयबाट नागी मल्लले धामी लाई पैरोमा लोटाएर मार्ने काम रोकियो भन्ने छ । यो अजैमहरु क्षेत्र वेतालको क्षेत्र हो । यस स्थानमा समैजी पछि आएका हुन । समैजी देवता पैलेक गाविसको सिलिङ्ग (मुद्रराण) भन्ने ठाँउको कोलासमैजीबाट एउटा शिला बगेर आएको किवदन्ती छ । यहाँको वेतालको जाँत भाद्रमहिना पूर्णिमाका दिन सरादपक्ष लाग्नु भन्दा पहिले हुन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. अजैमेहरु गाविस ७ जिजोडा डडेल्धुराका इतिहास व्याख्याता वर्ष ४६का लालबहादुर सुनारका अनुसार