बोहरा
बोहरा नेपाल बसोवास गर्ने खस समुदायको एक झर्रा क्षत्री हो। बोहरा एक कुशल योद्धा हुन्। यही बिशेषताले लामो समय काजी पदमा रहेर नै युद्ध लडे। बोहरा थरका मानिसहरू नेपालको सुदुर तथा मध्य गोरखा, लमजुङ्ग, कर्णाली र केही उत्तराखण्डमा बढी बसोवास गर्छन् । यस बाहेक नेपालको अरु जिल्ला र युद्धकालमा भारतमा युद्ध गरि त्यहि बसोवास गरेको पुष्टि भएको पाइन्छ। बोहरा क्षत्रीहरू कत्युरी राज्यकालमा कटक (सेना) थिए । बोहरा काजी हुन्। कत्युरी राज्य माथी चन्द र चन्द्र माथी मल्ल को बिजय पछि पनि राज्य मा बोहराको उपस्थिति देखिन्छ। पिरी बोहरा तत्कालिन (1565AD) डोटी राज्यका सेनापति थिए । बोहरा काजी कुमाउँ राज्यले डोटी राज्य माथि युद्धको घोषणा गरेपछि तत्कालिन डोटेली राजा हरि शाही प्रथमले डोटी राज्यको नेतृत्व गर्दै दलबल सहित पिरी बोहरालाई कुमाउँको युद्धमा लड्न पठाएका थिए । पिरी बोहराले कुमाउँको युद्धमा निकै रण कौशल देखाएका थिए । तर अन्तिम चरणमा लड्दालड्दै वीरगति प्राप्त गरेका थिए । त्यो युद्धमा डोटी राज्यले एक वीर पैकला गुमाउनु पर्दा डोटीका तत्कालिन राजाले युद्धमा भए गरेको सम्पूर्ण घटनाको सार संक्षप प्रस्तुत हुने गरी चैतको रचना गर्न लाएका थिए ।
आज पनि सुदूर पश्चिमका जनता चाड पर्वमा विशेष गरेर गौरा पर्वको अवसरमा आफ्नो राष्ट्रिय समाज र स्वजातिय अस्तित्वकोलागि आफ्नो जीवन उत्शर्ग गर्ने वीर शहिद प्रतिको श्रदा प्रकट गर्ने उद्देस्यले यस्ता वीर गाथाहरूलाई प्रस्तुतीको रूपमा गाउने गर्दछन् । बोहरा सुर वीर र योद्धा हुननले पृथ्वीनारायण शाह लाई पनी एकीकरणमा ठुलो सहयोग पुराएको ईतीहास छ। बडामहाराजाधिराज पृथ्वीनारायण शाहको गोरखा दरबारका काजीको पद पनि बोहरा हो। बाेहरा बैतडी,गोरखा,लमजुङ,कर्णाली,महकाली,गडसेरा,काेटेली,डडेलधुरा,कैैलाली,को हुन्। बहादुर, योद्धा र कुशल नेतृत्वले गर्दा वि. सं. १५०० भन्दा अगाडिको समय देखी युद्ध गरेको गाथा छ। पृथ्वीनारायण शाहलाई नेपालको एतिहासिक युद्ध र एकीकरणमा बोहरा काजीको पदमा महत्वपूर्ण योगदान दिएको पाईन्छ।
अझै पनि गोरखा दरबारमा नित्य कार्यमा संलग्न भेटिन्छ। गुरू गोरखनाथलाई ईष्ट देव साक्षी, गोरखकाली लाई पुग्दैन आएको पाइन्छ। आज पनि गोरखामा धेरै बोहरा क्षत्री बसोवास गर्दै आएको पाइन्छ भने केही बोहराहरू पृथ्वीनारायण शाह संग युद्ध सकाएर एकीकरण पश्चात काठमाडौं उपत्यकाभित्र नै बसोवास गरे। नेपालको काजीहरू मध्य एक विर योद्धाको रुपमा बोहरा काजीलाई पनि चिनिन्छ।
कोटेली बोहरा
[सम्पादन गर्नुहोस्]डडेलधुरा जिल्लाको कोटेली गाविस वडा नंवर २ निन्तोला गाउँका बोहराहरू पिरी बोहराका सन्तती हुन् । पिरी बोहरालाई डोटी राज्यका एक वीर पुरुषको रूपमा चिनिन्छ । पिरी बोहराको जिवनीमा आधारित चैत गीत त्यो क्षेत्रमा आज गौरा का साथै स्थानिय मेला तथा चाडपर्वहरूमा गाउने गरेको पाइन्छ । </>
पिरी बोहराको जीवन परिचय
[सम्पादन गर्नुहोस्]नेपाल तत्कालिन बाईसे चौबिसे राज्य अवस्थामा विभाजित थियो । सो मध्य डोटी राज्य पनि एक थियो । यहा नागी मल्ल देखि दिप शाहीसम्मका राजाहरूले राज्य गरे । राजा भुपती शाही पश्चात राजा हरि शाहि प्रथमको राज्यकाल थियो । राजा हरिशाही प्रथम सहित विभिन्न राजाहरू आफ्नो राज्यलाई फराकिलो अथवा ठुलो बनाउन युद्ध गरेर हार जीतबाट बनाउने गर्दथे । डोटी राज्यको राजधानी डडेलधुरा जिल्लाको अजयमेरु गाविस वडा नंवर ७ मा पर्ने अजयमेरुकोटमा थियो । तत्कालिन कुमाउँ राज्यका राजा विजय चन्द थिए । डोटीका राजा हरिशाहीले कुमाउँ राज्य कब्ज्याउने होडबाजीमा युद्ध गर्ने प्रस्ताव आयो । राजा हरिशाहीले आफ्नो सेना बलियो बनाउन रण गर्ने आफ्नो सेनाको सेनापति प्रगलाको चयन गर्ने आफ्ना युवराज तपिराम शाही सङ्ग्राम शाहीलाई सक्रिय गराए । गाउँ गर्खामा पैकलाको चयन गर्ने कार्यको थालनी भयो । डोटी कुमाउँ ढुकुरीको खेट पिरी मल्ल कुँवर चलिगया रैका जयुकी भन्दै पिरी मल्ल कुंवर शाहीका लुगा धुने नाउलो बोहरो जन्मी गयो गढ पिरी बोहरो । विष्णू बोहराका नाती कृष्ण कुजर बोहरा तथा माता रानी जायका वीर सपुत पिरी बोहराको जन्म विक्रम संवत १६०७ सालमा तत्कालिन गर्खा निन्तोला गाउँ हालको डडेल्धुरा जिल्ला कोटेली गाविस वडा नंवर २ निन्तोलामा भएको थियो । वंशावलीका अनुसार यिनका पुर्खाहरूसँग अजयमेरुकोटमा रणको कला कौशलता र ढाल तरवार चलाउनको निपूर्णता देखाउने यिनको खेल रहि आएको थियो । सिइ हाल्यो झगुली उडेली हाल्यो फेर, रिसको बोहरा कसैकी नहेर सिइ हाल्यो झगुली राखी हाल्यो कठौ तिन्तोले बोहरा बचनको छटो सिइहाल्यो झगुली राखी हाल्यो पाती सोही पिरो बोहराको वंश लगाइ नघाती भाइ जईतारो मेरो बोल लेन मेरो हतियार बाहिर सारिदेउ । दुवै राज्यका सेनाको पिथौरागढमा भेट भेट हुन्छ दुबै सेनाको भिडन्त भएको थियो जसको विवरण बताएको छ । सिइहल्यो झगुली उडेली हाल्यो बाउला, पिरी बोहरा जाइ लाग्यो खाउला, बोहराको कटर पिलैको घुन छ परी झुकाइ बोहरा मारी दिनु हुन्छ । रण मुख सण मुख बोहरा लडान थियो कुमैयाको जुल्फी समाई खेल खेलिन्थ्यो चन्द्र सूर्य दिपिनी घाम तल हेर पिरी बोहरा मुगलकी राम। यसै सन्दर्भमा डोटी राज्यमा मुगलहरूले पटक पटक युद्ध गरी सताइ राखेका थिए । यस युद्ध पूर्व र पश्चात पनि मुगलहरूसँग युद्ध गर्नु पर्ने थियो । पिरी बोहराले कैयों पटक युद्ध गरेका उदाहरणहरू चैत चित्रणको गायनबाट झल्केका छन् । अब यहाँ पिथौरागढको युद्ध चरणमा आइ पुगेको छ र पिरी बोहराले युद्धमा वीरता देखाएको वीर कथाको वर्णन गरिएको छ । पिथौरा माथी फूली गइ भडग्याल पिरो बोहरा पडी गइ सयकी अङ्ग्याल, सनु ताली खुकुरी चन्दनैको भिड शयकी अपाल पिरी लय लय हिंड पिथौरा माथी बाजोलो भानो जो बोहरा भलो छियो बैसहोयो नानो धन्नो पायल पिरी बोहरा धन्न तेरिया हरी ठाकुरकी निम्ती आफ्नो जीउ दिय । विक्रमको १७ औँ शताब्दीको प्रारम्भमा भएको पिथौरागढ युद्धमा पिरी बोहराले धेरै वीरता कला कौशलताका साथ आफ्नो पूर्ण जिउ ज्यानबाट युद्ध गर्दै विक्रम संवत १६३७ शाके संवत १५०२ मा वीरगति प्राप्त भयो । पिरी बोहराले आफ्नो हातबाट ककलको पातमा लेखेको पत्र रणमा परेको विवरण सिपिही पिरी बोहराको मृत्यु पश्चात ठाकुर हरी शाहीले संदेश निन्तोला पुराए तथा सुदुर पश्चिमको महान चाड गौरापर्वमा चैत गायनको प्रचलन चलाएका थिए । कोही जोलिया चेलाको सुनी बात रण परया पिरी बोहरा वेली प्रभाव सातका सतिया भाईला मिलिजुली रहया मेरो हुनु लाडु चिउडा बाँडीचुडी खाया मेरा माया बा खी अपुता जन कया मेरी रानी खी रणी जन कया मेरा जति चेलाचेली खी हे मुले जन कया मेरी रानी खी आउनै छ कया जौ गडा ज्वाँतो धान गडा साउँ तेरो पिरी बोहरा चम जुग जुग नाउँ । मातृभूमिको निमित्त जिउ ज्यान दिने यस वीर पुरुष पिरी बोहराको चैत गाथा सुदूर पश्चिमका विभिन्न जिल्लामा हुने गौरा पर्वमा पनि गाइने गरिन्छ । डडेल्धुरा जिल्ला कोटेली गाविसको निन्तोला गाउँका बोहराको कुल देवता कालिदुर्गाको स्थापना, रण विजय गरी ल्याएका प्राचिन देवल माथी राखिएको ढुङ्गाको मुर्ती पिरी बोहराकी रानीको नुहाउने नाउलो यस वीर पुरुषका चिन्ह हुन् । पिरी बोहरा आज पनि अमर छन् ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]नगार्जी बोहरा
[सम्पादन गर्नुहोस्]ईतिहासका अनुसार शक्ती सिंह र जक्ती सिंह दुइ दाजु भाई चितुवन गढ बाट बिभिन्न भेग हुँदै बुङ्गल हुँदै बझाँगा मा राज्य गर्ने उद्देस्य बोकेर बझाङ तर्फ हिडेका थिए । तर बझाङ जादै गर्दा दुबै दाजु भाई बिच बझाङ को राजा को हुने राजपाठ कस्ले सम्हाल्ने भन्ने बारे बहस हुन पुग्दा, बझाङ मा दुबै दाजु भाई मध्य जो पहिले पुगेर इसरा (कुनै पनि तरिकले सुचित गर्नु)दिनेछ उसैले राज्य स्थापना गर्ने र राज पाठ चलौने निष्कर्ष मा पुगे । दुबै दाजु भाई ले आफु सित रहेका सेवक हरु लाई आपसमा बाढेर फरक फरक बाटो हुँदै बझाङ तर्फ चढाइ गर्न थाले । उकालो चढ्ने क्रम मा शक्ती सिंह ले बुङ्गल का वासिन्धा दुईजना दाजु-भाई "जेठा दाजु गुरु बोहरा र भाई ढेक्रे बोहरा" लाई बझाङ मा राज्य स्थापान गर्न सहयता का लागी गुहार गरे । दाजु गुरु बोहरा र भाई ढेक्रे बोहरा ले तत्कालाई सय थान कोराको (एक किसिम्को कपडाको प्रकार) सय थान कपडा लट्ठी मा बेरी घ्यू मा डुबाएर राको (उज्यलो को लागि बनाइएको एक किसिमको चिराक) बनाएर राजा शक्ती सिंह सहित गुरु बोहरा र भाई ढेक्रे बोहरा राता रात बुझाँग मा पुगेका थिए ।
सर्त अनुसार जो पहिले बझाङ पुगेर इसरा अथवा सँकेत दिने छ, उसैले बझाङ मा राज गेर्ने सर्त भएका कारण राजा शक्ती सिंह ले गुरु बोहरा र ढेक्रे बोहरा लाई नगरा तथा दमहा (घाटी मा झुन्डाएर लट्ठी ले पिटेर बझाइने एक किसिम को बझा) बजाएर सुचित गर्न आग्रह गरे छन र बजाए सँगै बझाङ मा राजा शक्ती सिंह ले आफ्नु राजपाठ सुरु गरेको संकेत राजा जक्ती सिंह लाई दिए छन । उता जक्ती सिंह ले यो कुरा थाहा पाए पछी जक्ती सिंह आफ्नु बाटो मोडेर थलारा भन्ने ठाउँ मा आफ्नु राज्य स्थापना गर्छन ।
तर, राजा शक्ती सिंहले राज्य स्थापित गर्न सहयता गर्ने दाजु - भाई गुरु बोहरा र ढेक्रे बोहरा लाई तपाईं हरु ले नगारा पिटेको हुँदा आज देखी तपाईं हरु जात खस्काएर बोहोरा बाट नगार्जी भयौ भनेर नगार्जी भनेर सम्बोधन गर्नु भए छ । जात खस्काएको कुरा सुनेर दाजु गुरु बोहोरा ले यो कुरा सुइकार्न नसकी ("मैले हजुर को राज्य स्थापित गर्न साहयता गरे तर बद्लामा मलाई जात खस्कायो ") - भनि आफ्नु कम्मर मा बाँधेको खुकुरी निकाली अत्महत्या गरेको र दजु गुरु बोहरा मरे पछी भाई ढेक्रे बोहरा ले पनि सोही खुकुरी निकाली अत्म्हत्या गर्न खोज्दा राजा शक्ती सिंहv हात बाट खुकुरी खोसी अत्महत्या गर्न बाट रोखेको र आज बाट माथिल्लो कोटको राज म तल्ल कोटको ( बझाङकोट मुनि) कार्य भार ढेक्रे बोहोरा (नगार्जी) ले बनाई खानु भनेर समेत बचन दिएर तक्मा समेत देइएको र त्यो दिन देखी तल्लो कोटमा लिनु पर्नी सम्पूर्ण कार्य कार्वाही हरु , न्याय निसाब हरु सङ्गै कर तथा भात्ता उठाउने काम ढेक्रे बोहोरा तथा ढेक्रे बोहोरा सन्तान अथवा बंश नगार्जी हरुले गर्दै आएको तर समय बित्दै जादा नगार्जी उच्चारण परिवर्तन भएर नगार्जी वंश का केहि परिवार नगार्जी बाट नगर्ची भएको जस्को अस्तित्व राजा पृथ्वी सिंह को पाला सम्म पनि राजा को सल्हाकार रहेको भन्ने भनाइ छ ।
बझाङकोट (नगार्जी बोहरा)
[सम्पादन गर्नुहोस्]बझाङको सदरमुकाम चैनपुरदेखि लगभग १५ किमी दक्षिण–पश्चिममा अवस्थित छ, प्राचीन ‘बझाङकोट’ । हाल छबिस–पाथिभेरे गाउँपालिकाको ब्याँसी–तामाखानीमा पर्ने बझाङकोट पुग्न जयपृथ्वी राजमार्गको मोरिबगर–भाँडेबगरबाट तीन–चार किमी ठाडै उकालो चढ्नुपर्छ । ब्यासी–तामाखानी नजिक तीन सय मिटरको फरकमा उभिएका दुई टाकुराहरूमध्ये पश्चिमी टाकुरामा अवस्थित छ– बझाङकोट । यसको उत्तर, दक्षिण र पश्चिममा भीर छ । पश्चिम दिशाबाट सोझै तल तारुगाड (खोला) देखिने कहालीलाग्दो पहरो छ । कोटमुनि केही घर नगार्जी हरूका छन् । बझाङी राजाहरूको राजकाज र शुभकार्यमा बढाइँ गर्ने नगार्जी हरू आफूलाई ढेक्रे बोहराका दरसन्तान मान्छन् र अफुलाई ढेक्रे बोहरा को वंशज भएको हुँदा आफु हरु (नगार्जी बोहरा) भएको इतिहस द्वार पिष्टी गर्छन । । नगार्जीहरूले ‘बझाङकोट’ मुनि ‘कालासैन’ को मन्दिर स्थापना गरेर पूजापाठ गर्ने गरेका छन् । यतिबेला बझाङकोटमा नगार्जी / नगार्जी बोहराहरूको बस्ती थोरै रहेको र कमाइको सिलसिला मा केहि तराई तर्फ झरेका र केहि भारत तर्फ हिडेका भनाई छ ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]बझाङ कोट मुनी बस्ने केहि स्थानिय बासिन्दा नगार्जीका अनुसार
[सम्पादन गर्नुहोस्]बझाँगी राजाको राजपाठ को अन्त्य भए सँगै नगार्जी बोहरा वंशका केहि परिवार लाई, तत्कालिन समयका त्यहाँ का केहि भलादमी र अफुलाई गाउको पंच मुखियाहरुले केहि सोझा साझा परिवार लाई नगार्जी बोहरा बाट बोहरा हटाइ नगार्जी मात्र बनाइएको र समय बित्दै जादा केहि परिवार लाई, नगार्जी उच्चारण परिवर्तन गर्दै जादा, नगार्चि, नगारि, हुँदै दमहा भन्ने बझा बझाएको हुँदा दमाइ भनेर थर दिइयो, र नागरिक्ता प्रमाण पत्र बनाउने चलन सुरु हुँदा पनी नगार्जी भन्ने थर राख्नन नदिएको र दमाई भनि नागरिक्त मा थर लेखाइएको, तेहीका केहि स्थानिय ले भनेको अधार मा जस्ताको तेस्तै सम्पादन गरिएको छ ।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]काजी एक नेपाली प्रशासनिक एवम् सैनिक मर्यादाको पद वा उपाधि हो। काजी पदको सुरूवाती पदभार मुगल साम्राज्यको देवान र बेलायती परम्पराको प्रधानमन्त्री सरह थियो । कालान्तरमा ४ काजीको नियुक्ति हुन थाल्यो । फ्रान्सिस बुचानन ह्यामिल्टन तथा डिल्ली रमण रेग्मीका अनुसार नेपालको भारदारी सभामा ४ काजी हुने गर्दथे ।[१] त्यसपछि तिनीहरूमध्ये एक मूलकाजी छानिन्थ्यो । राजा रणबहादुर शाहले नाबालक छोरा गीर्वाणयुद्ध विक्रम शाहको निम्ति गद्दी त्याग गर्दा काजीहरूको सङ्ख्या बढेको थियो । विशेषतः क्षेत्री परिवारका सदस्यलाई दिइने यस उपाधि अन्य जातहरूमा पनि दिइन्थ्यो। पाँच थरका पुरूषहरूलाई भने यो उपाधि वंशाणुगत रूपमा दिइएको थियो। ती ५ काजी खलकका थरहरूः
१) थापा वंश
२) बोहरा वंश
३) बस्न्यात परिवार
४) पाँडे वंश
५) कुँवर
थप: भण्डारी परिवारलाई पनि दरबारिया खलकसम्म मानिएको थियो।
अन्य थरीहरू पनि उक्त पदबाट सम्मानित थिए। यो पद विशेषतः प्रशासनिक वा सैनिक क्षेत्रका उच्च ओहोदाका जो कोही व्यक्तिलाई दिइन्थ्यो।
काजीहरूको सूची
सम्पादन गर्नुहोस्
गोरखा राज्य, नेपाल अधिराज्य तथा अन्य राज्यहरूका काजीहरूको सूची:
गणेश पाँडे (Kaji of Gorkha)
कालु पाँडे (Kaji of Gorkha)
गुरू बोहरा (Kaji of Bajhang)
शिवराम सिंह बस्न्यात (Senapati Kaji)
वीरभद्र थापा (Kaji Jethabudha)
चन्द बहादुर बोहरा (Kaji)
रामकृष्ण कुँवर (Kaji Jethabudha)
काशीराम थापा (Kaji of Kantipur)
वंशराज पाँडे (Dewan Kaji)
केहरसिंह बस्न्यात (Kaji)
अभिमान सिंह बस्न्यात (Mulkaji)
नयन सिंह बोहरा (Sanukaji)
स्वरुप सिंह कार्की (Mulkaji)
वीर सिंह बोहरा (Kaji)
अमरसिंह थापा (Badakaji)
ढक्रे बोहरा (Kaji of Bajhang)
दामोदर पाँडे (Mulkaji)
डम्मर सिंह बोहरा (Kaji)
कीर्तिमान सिंह बस्न्यात (Mulkaji)
भीम सिंह बोहरा (Mulkaji)
बख्तावर सिंह बस्न्यात (Mulkaji)
अमरसिंह थापा (सानुकाजी) (Sanukaji)
रणजीत सिंह बोहरा (Kaji of Gorkha)
भीमसेन थापा (Kaji later Mukhtiyar)
रणजीत पाँडे
रणध्वज थापा (Kaji)
नैनसिंह थापा (Kaji General)
बालनरसिंह कुँवर (Kaji)
रणवीर सिंह थापा (Kaji General)
रणजङ्ग पाँडे (Kaji later Mukhtiyar)
माथवरसिंह थापा (Kaji later Mukhtiyar)
गगन सिंह भण्डारी (Kaji)
जङ्गबहादुर राणा (Kaji later Prime Minister)