कञ्चनपुर जिल्ला
कञ्चनपुर जिल्ला | |
|---|---|
भीमदत्त नगरपालिकामा मदन चौक | |
कञ्चनपुर जिल्लाको स्थान | |
| निर्देशाङ्क: २८°५०′उ ८०°२०′पू / 28.833°N 80.333°E | |
| देश | |
| प्रदेश | सुदूरपश्चिम प्रदेश |
| स्थापित | सन् १८६० |
| सदरमुकाम | भीमदत्त नगरपालिका |
| सरकार | |
| • प्रकार | समन्वय समिति |
| • अङ्ग | जीविस, कञ्चनपुर |
| • प्रमुख | दुर्गादत्त बोहरा |
| • उप-प्रमुख | राम कुमारी राना |
| क्षेत्रफल | |
| • जम्मा | १,६१० किमी२ (६२० वर्ग माइल) |
| जनसङ्ख्या (सन् २०११) | |
| • जम्मा | ४५१,२४८ |
| • घनत्व | २८०/किमी२ (७३०/वर्ग माइल) |
| समय क्षेत्र | युटिसी+०५:४५ (नेप्रस) |
| मुख्य भाषा (हरू) | डोटेली (३७.९%), थारु (२५.४%), नेपाली (१६.१%), बैतडेली (५.२%), अन्य (१५.४%) |
| प्रमुख राजमार्गहरू | महेन्द्र राजमार्ग |
| वेबसाइट | आधिकारिक वेबसाइट |
कञ्चनपुर जिल्ला नेपालको सुदूरपश्चिम प्रदेशमा अवस्थित एउटा जिल्ला हो। यो जिल्ला नेपालको तराई प्रदेशमा पर्दछ। कञ्चनपुर जिल्लाको प्रमुख आर्थिक र व्यापारिक क्षेत्र महेन्द्रनगर हो।
इतिहास
[सम्पादन गर्नुहोस्]पहिले नेपालको बाइसे चौबिसे राज्य रहेको बखत यो जिल्ला डोटी राज्यको सीमा क्षेत्रमा पर्दथ्यो। ऐतिहासिक पृष्ठभूमि हेर्दा इस्वी सन् १८१४ देखि १८१६ सम्म अङ्ग्रेजसँग भएको युद्ध पछि गरिएको सन्धिबाट कालीपारी पश्चिमको सम्पूर्ण भू-भाग ब्रिटिस इन्डियामा गाभिएको पाइन्छ। प्रधानमन्त्री श्री ३ जङ्गको समयमा कञ्चनपुर नयाँ मुलुकको रूपमा नेपाललाई हस्तान्तरण गरिएको थियो। सन् १८६० को सन्धि पछि मात्र यो क्षेत्र अर्थात कैलाली, कञ्चनपुर, बाँके र बर्दिया नयाँ मुलुकको रूपमा नेपालको अङ्ग भएको हो।
नेपालको अङ्ग बनेपछि कैलाली र कञ्चनपुर (कैलाली र कंचनपुर) छुट्टै जिल्ला बन्न पुगेका हुन। कञ्चनपुर जिल्ला बनेपछि सर्वप्रथम यसको सदरमुकाम हाल श्रीपुर गाविसको बेलौरी बजारमा रहेको र सोही बेलौरीको कञ्चनपुर नामक गाउँबाट कञ्चनपुर जिल्लाको नामाकरण हुन गएको हो भन्ने केही इतिहासकारहरूको भनाई रहेको।
भूगोल
[सम्पादन गर्नुहोस्]जिल्लाको जम्मा क्षॆत्रफल १,६१,७४१ हेक्टरमध्ये ५९,५३२ हेक्टर (३७%) खेतीयोग्य तथा ८८,२०० हेक्टर (५५%) वन-जङ्गल र खोला नालाले ओगटेको अन्य १४,००९ हेक्टर (८%) छ। भौगोलिक विभाजनको आधारमा यस जिल्लालाई चुरे भूभाग भावरको भूभाग र तराईमैदान गरी ३ भागमा विभाजन गरी हेर्न सकिन्छ। जलवायुको दृष्टिकोणले चुरे पर्वतीय शृङ्खलाबाहेक अन्य क्षेत्रमा उष्ण तथा उपोष्ण खालको हावापानी पाइन्छ र तापक्रम औसत अधिकतम ४३ डिग्री सेन्टिग्रेड र औसत न्यूनतम ३० डिग्री सेन्टिग्रेडसम्म पुग्न जान्छ। औसत तापक्रम ३०.५० डिग्री सेन्टिग्रेड रहेको पाइन्छ। औसत वर्षा वार्षिक १७७१.५ मिलि लिटर रेकर्ड गरिएको छ। यहाँको जलवायुमा प्रचूर मात्रामा आर्द्रता पाइन्छ जुन सरदर ७१.१६% रेकर्ड गरिएको छ। ८८,२०० हेक्टर वनक्षेत्रमध्ये आरक्षक्षेत्र ३०,५०० हेक्टर (३५%)रहेको छ। जिल्लाको चुरे तथा भावर क्षेत्रबाहेक अन्य क्षेत्र खेतीयोग्य छ। जिल्लाभित्र जल निकासको हिसावले प्रमुख नदी प्रणालीको रूपमा महाकाली, चौधर, दोधा र मोहना नदीप्रणालीहरू रहेका छन्। राजनीतिक विभाजनको आधारमा हाल जिल्लालाई ३ निर्वाचन क्षेत्रहरू ७ नगरपालिका र २ गाउँपालिकाहरूमा विभाजन गरिएको छ।
प्रशासनिक विभाजन
[सम्पादन गर्नुहोस्]कञ्चनपुर जिल्लालाई ७ नगरपालिका र २ गाउँपालिकामा विभाजन गरिएको छ।[१]
| क्रम | स्थानीय तह | समावेश गाविसहरू | वडा सङ्ख्या | केन्द्र | जनसङ्ख्या | क्षेत्रफल (वर्ग किमी) | जनघनत्व (वर्ग किमी) |
|---|---|---|---|---|---|---|---|
| १ | भीमदत्त नगरपालिका | १९ | महेन्द्रनगर | १,२२,३२० | १७१.८० | ७१० | |
| २ | पुनर्वास नगरपालिका | परासन, त्रिभुवनवस्ती, कालिका र बाइसी बिचवा (५-९) | ११ | पुनर्वास | ६१,७४८ | १०३.७१ | ६०० |
| ३ | बेदकोट नगरपालिका | सुडा र दैजी | १० | सिसैया | ५७,६८० | १५९.९२ | ३६० |
| ४ | दोधारा चाँदनी नगरपालिका | दोधारा र चाँदनी | १० | दोधारा चाँदनी | ४२,९७४ | ५६.८४ | ७६० |
| ५ | शुक्लाफाँटा नगरपालिका | झलारी, पिपलाडी र देखतभुली (४,६) | १२ | झलारी पिपलाडी | ५३,९६९ | १६२.५७ | ३३० |
| ६ | बेलौरी नगरपालिका | रामपुर विलासपुर, श्रीपुर र लक्ष्मीपुर | १० | बेलौरी | ५३,९१० | १२३.३७ | ४४० |
| ७ | कृष्णपुर नगरपालिका | कृष्णपुर, देखतभुली (९) र रैकवार बिचवा | ९ | कृष्णपुर | ७१,५०० | २५२.७५ | २८० |
| ८ | बेलडाँडी गाउँपालिका | बेलडाँडी र रौतेलिबिचवा | ५ | बेलडाँडी | २१,८८८ | ३६.७ | ६०० |
| ९ | लालझाडी गाउँपालिका | बाइसे विचवा (१-४), शङ्करपुर र देखतभुली (१-३,७-८) | ६ | शङ्करपुर | २५,०३७ | १४५.६५ | १७० |

सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "कंचनपुर जिल्लाकाे संक्षिप्त परिचय", कंचनपुर जि.स.स, अन्तिम पहुँच २०२३-०४-०१। वेब्याक मेसिन अभिलेखिकरण २०२३-०४-०१ मिति