सामग्रीमा जानुहोस्

बैतडेली भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बैतडी जिल्ला मा बोलिने स्थानीय भाषालाई बैतडेलि भाषा भनिन्छ । यो भाषा नेपाली (खस ) भाषाभन्दा फरक रहेको पाइन्छ । यहाँका स्थानिय बासिन्दाहरू एक आपसमा कुरा गर्दा आप्नै भाषा बोल्ने गर्दछन् । यहाँ स्थानिय रूपमा प्रयोगमा आउने केही शब्दहरू सङ्कलन गरी त्यसको नेपालिमा अर्थ लगाइएको छ ।नेपालको इतिहास हेर्ने हो भने नेपाली भाषा यस भाषाबाट साभार भएको हो।यो भाषा लाई सुदुरपश्चिमका ९ वटा जिल्ला अनि रुकुम जस्ता पश्चिम जिल्ला मा पनि बोलिन्छ।

बैतडेली भाषा र नेपाली भाषामा फरक

[सम्पादन गर्नुहोस्]
बैतडा भाषानेपाली भाषा
जनजाइनजानुहोस्
नाइथिनछैन
बेलिहिजो
बासासाँझ
एऽऽ
जनबसैनबस्नुहोस्
झिक्क, मैथधेरै
नानोसानो
कैखाइकसलाई
नानअलिकती
कैकोकसको
ब्यानलबिहान
धइखै
नानकासाना साना
ठौरठाउँ
पोरुअस्ति
बौजुभाउजु
काकीकान्छी आमा
गोसिदेवर/नन्द
पुसाइफुपाजु
काजीभाइ /बहिनी
जत्कालसुत्केरी
चेलोछोरा
चेलीछोरी
तमतपाईँ /तिमी
तलितल
आँसिहँसिया
तिखुनबन्चरो
बेल्चोसाबेल
बौसोकुटो
मल्लोमाथिल्लो
रुप्यारुपियाँ
जतराजाँतो
धुलोपिठो
बिल्लोबिरालो
बल्लुगोरु
ठण्णोचिसो
झगुलोफ्रग
इजाआमा
कइंसिसानी आमा
बुनुबाली छर्नु
बर्यातबिहे
बैकानपुरुष
बैकिनीमहिला
स्याणीस्वास्नी
मान्सुमान्छे
निकाआराम
छकलादिउसो
पटकनआगन
उइलेउसले
बोलईजननबोल
उनरोउनको
किभ्योकेभो
जनगरैनगर
निकोराम्रो
ढकनातल
टुपामाथी
मुल्याटुहुरा
बाकाराबाख्रा
भोज्या/कदफर्सी
डाखुर्सानी
छन्चर बारशनिबार
छाचमोहि
धिनालीदही
केलाकेरा
बौस्यालोग्ने
कटौरा/बेल्याकचौरा
गाडखोलो
जोड़ोजुम्रा
सीनूसुत्नु
थेल्वाबेलना
जेउडोडोरी/नाम्लो
मालढोका
काठोभिर
भुइसोभैंसी
तोख्यातिमिसङ्ग
आसिहसिया
कानोअन्धो
दोकानपसल
थेल्काकपडा
कसणोलोटा

| गौ ||गहु |सिलो || सिलौटो

यो भाषाको उत्पत्ति

[सम्पादन गर्नुहोस्]

बैतडेलि भाषाको उत्पत्तिको कुन समयदेखि भएको हो त्यसको कुनै ठोस प्रमाण नभएपनी परपुर्वकालदेखिनै बोलिदै आएको मानिन्छ । बैतडी जिल्ला भारत सँग जोडिएको हुदा भारतको कुमाउँ, गढवाल तिरको कुमाउनी भाषासँग मिल्दोजुल्दोरहेको छ ।इतिहास हेर्ने हो भने यो भाषा पहिले नेपाल भरि नै बोलिने बिस्वास गरिन्छ र यसलाई परिवर्तन गरी नेपाली बनाइएको उल्लेख गरिएको छ।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

    बाह्य कडीहरू

    [सम्पादन गर्नुहोस्]

    यो पनि हेर्नुहोस

    [सम्पादन गर्नुहोस्]