सामग्रीमा जानुहोस्

शुक्लाफाँटा नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शुक्लाफाँटा
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्तरगत हिरापूर कृष्णसार संरक्षण क्षेत्र
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्तरगत हिरापूर कृष्णसार संरक्षण क्षेत्र
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाकञ्चनपुर जिल्ला
वडा संख्या१२
स्थापना२०७३ फल्गुण २२
सरकार
 • प्रकारस्थानीय तह
 • अङ्गनगर कार्यपालिका
 • नगर प्रमुखश्री दिल बहादुर ऐर (नेपाली काँग्रेस)
 • नगर उपप्रमुखश्री तुलसी देवी हमाल नेकपा (एमाले)
क्षेत्रफल
 • जम्मा१६२.५७ किमी (६२.७७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४६८३४
 • घनत्व२९०/किमी (७५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-९९
वेबसाइटwww.jhalaripipaladimun.gov.np

नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लामा पर्ने यो नगरपालिका नेपाल सरकारको मिति २०७१ मंसिर १६ गतेको निर्णय अनुसार देशभरी गठन भएका ६१ नगरपालिकाहरू मध्ये एक नगरपालिका हो । यस क्षेत्रमा नगरपालिका हुनुपूर्व झलारी, पिपलाडीदेखतभुलीका वडा नं ४ र ६ गरी तिन वटा गाविस थिए र तीन वटा गाविसका वडाहरू समायोजन भै शुक्लाफाँटा नगरपालिका बनाईएको हो।[] नेपाल सरकारको मन्त्री परिषदको मिति २०७३ फाल्गुण ०९ गतेको निर्णयबाट स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरेको आदेश २०७३ अनुसार यो शुक्लाफाँटा नगरपालिकामा जम्मा १२ वटा वडा मिलेर बनेको छ। जिल्लाको सदरमुकाम भीमदत्तनगर देखि २० कि.मि. टाढा पश्चिम तर्फ रहेको यस नगरपालिकाले आफ्नै खालको धार्मिक, राजनैतिक र सामाजिक महत्त्व र विशेषता बोकेको छ। यस नगरपालिका क्षेत्रमा सबै जातजाति धर्म तथा क्षेत्रका मानिसहरूको मिश्रित बसोवास रहेको छ।[]

कञ्चनपुर जिल्लाको पूर्वपश्चिम राजमार्ग अन्तर्गत मध्य विन्दूमा रहेको १६२.५७ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा नगरपालिका अन्तर्गत ४६८३४ जनसङ्ख्या रहेको छ। यस नगरपालिकाको भू–आकृति स्वरुप करिब सवैजसो समतल रहेको छ। यस नगरपालिकाको पूर्वमा कृष्णपुर नगरपालिका, पश्चिममा शुक्लाफाँट वन्यजन्तु आरक्षणबेदकोट नगरपालिका, उत्तरमा डडेल्धुराको चुरे पर्वतदक्षिणमा लालझाडी गाउँपालिकाशुक्लाफाँट राष्ट्रिय निकुञ्ज रहेको छ। यस नगरपालिकाको अधिकतम तापक्रम ३८ डिग्री र न्युनतम तापक्रम ९ डिग्री रहेको पाईन्छ।


सञ्चार तथा सूचना क्षेत्र रेडियो प्रभु एफएम १०२.६ मेगार्हज,शुक्लाफाँटा –१० झलारी, प्रत्रप्रत्रिका– सेतीकाली एक्सप्रेस राष्ट्रिय नेपाली दैनिक, ठेगाना–शुक्लाफाँटा –१० झलारी अनलाईन – https://setikalinews.com

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर 
  2. "जिल्ला विकास समिति, कञ्चनपुर (पालिकाको वडा विभाजन)"