सामग्रीमा जानुहोस्

भीमदत्त नगरपालिका

भीमदत्त
धुसुडी बजार
महेन्द्रनगर
भीमदत्त नगरमा रहेको मदन चौक
भीमदत्त नगरमा रहेको मदन चौक
भीमदत्त भीमदत्त नगरपालिका-को अवस्थिति
भीमदत्त
भीमदत्त
नक्सामा भीमदत्त नगरपालिका
भीमदत्त कञ्चनपुर जिल्ला-को अवस्थिति
भीमदत्त
भीमदत्त
नक्सामा भीमदत्त नगरपालिका
भीमदत्त सुदूरपश्चिम प्रदेश-को अवस्थिति
भीमदत्त
भीमदत्त
नक्सामा भीमदत्त नगरपालिका
भीमदत्त नेपाल-को अवस्थिति
भीमदत्त
भीमदत्त
नक्सामा भीमदत्त नगरपालिका
निर्देशाङ्क: २८°५८′ उत्तर ८०°१०′ पूर्व / २८.९६७° उत्तर ८०.१६७° पूर्व / 28.967; 80.167
देश नेपाल
प्रदेशसुदूरपश्चिम
जिल्लाकञ्चनपुर
सदरमुकामवि.सं. २०२३ पौष १८[१]
नगर पञ्चायतवि.सं. २०३४ फाल्गुन ९[२]
समावेश गाउँ पञ्चायतभुजेला, सिद्धनाथ र आदर्श (पूर्ण) तथा सुडा र ऐरी (धेरैजसो)
सरकार
 • नगरप्रमुखपदम बोगटी (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखनिलम जोशी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१७१.८० किमी२ (६६.३३ वर्ग माइल)
उन्नतांश
२२९ मिटर (७५१ फिट)
जनसङ्ख्या
 • जम्मा१२२,३२०
 • घनत्व७१०/किमी२ (१८००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
हुलाकी सङ्केत
१०४००
क्षेत्रीय सङ्केत+९७७-९९
वेबसाइटनगरपालिका वेबसाइट

भीमदत्त (पुरानो नाम: धुसुडी बजार[५] र महेन्द्रनगर[२]) नेपालको सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको सदरमुकाम[१] तथा एक नगरपालिका हो।[६] नेपालका तत्कालीन राजा महेन्द्रको सम्मानमा सहर र नगरपालिकाको नाम महेन्द्रनगर राखिएको थियो। नेपालमा लोकतन्त्र स्थापनापछि वि.सं. २०६५ कार्तिक २० गते नेपाल सरकारको निर्णय बमोजिम यस नगरपालिकाको नाम महेन्द्रनगरलाई परिवर्तन गरेर क्रान्तिकारी किसान नेता भीमदत्त पन्त[७]को सम्मानमा यसको नाम भीमदत्त नगरपालिका राखिएको थियो।[५][८]

यस नगरपालिकाको पूर्वमा बेदकोट नगरपालिका, उत्तरमा डडेल्धुरा जिल्ला, दक्षिणमा शुक्लाफाँट राष्ट्रिय निकुञ्ज र पश्चिममा भारतको उत्तराखण्ड राज्य रहेको छ। यो नगरपालिकाको पुरानो नाम महेन्द्रनगर थियो। यो नगर सुदूरपश्चिम नेपालको एक मुख्य पैठारीकर्ता तथा यातायातको केन्द्र हो। नेपालको पूर्वबाट आएको पूर्व पश्चिम राजमार्ग यसै ठाउँमा आएर अन्त हुने तथा पश्चिमका दुर्गम स्थानहरूका लागि सहज यातायात उपलब्ध भएकाले यो स्थान पश्चिमको एक प्रमुख वाणिज्य केन्द्र पनि हो।[९] जिल्ला सदरमुकाम समेत रहेकोले यस नगरपालिकाभित्र जिल्ला स्तरीय सरकारी कार्यालयहरू रहेका छन्।

नगर पञ्चायत ऐन २०१९ बमोजिम तत्कालीन सरकारले वि.सं. २०३४ साल फाल्गुन ९ गते तत्कालीन भुजेला, सिद्धनाथ र आदर्श गाँउ पञ्चायतका सम्पुर्ण भू-भाग तथा सुडा र ऐरी गाउँ पञ्चायतको आंशिक भू-भाग मिलाएर सो समयमा 'महेन्द्रनगर नगर पञ्चायत' गठन गरेको थियो। यो नगर कञ्चनपुर जिल्लाकै पहिलो नगरपालिका समेत हो। जनसङ्ख्याको आधारमा यो नेपालको २८औँ ठूलो सहर हो। यो नगरपालिकाको ५ किलोमिटर (३.१ माइल) पूर्वमा भारतीय सीमाना रहेको छ भने देशको राजधानी काठमाडौँबाट यो ७०० किलोमिटर (४३० माइल) पश्चिममा रहेको छ।[१०]

नामकरण

[सम्पादन]

नेपाल अधिराज्यको तत्कालीन राजा महेन्द्र शाहको नाममा यो नगर क्षेत्रको नाम महेन्द्रनगर राखिएको हो। देशमा आएको राजनीतिक परिवर्तन र गणतन्त्र स्थापनापछि यसको नाम परिवर्तन गरेर भीमदत्त राखिएको हो।[११] नेपालका सहिद तथा क्रान्तिकारी किसान नेता भीमदत्त पन्तको सम्मानमा यसको नाम भीमदत्त नगरपालिका राखिएको थियो।[७]

नगर प्रशासनिक इतिहास

[सम्पादन]

वि.सं. २०१९ मङ्सिर ५ गते तत्कालिन श्री ५ को सरकारको निर्णय र वि.सं. २०१९ पौष २ गते नेपाल गजेटमा प्रकाशित सूचना अनुसार नेपाल अधिराज्यलाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरेपछि कञ्चनपुर जिल्ला बनेपछि सर्वप्रथम यसको सदरमुकाम वर्तमान श्रीपुर गाउँ विकास समितिको बेलौरी बजारमा रहेको थियो।[१२] वि.सं. २०२३ कार्तिक २३ गते तत्कालिन श्री ५ को सरकारको निर्णय र वि.सं. २०२३ पौष १८ गते नेपाल गजेटमा प्रकाशित सूचना अनुसार जिल्ला सदरमुकामहरू विवादास्पद देखिएकोले कञ्चनपुरको सदरमुकाम तत्कालिन महेन्द्रनगर सारिएको थियो।[१]

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार भीमदत्त नगरपालिकाको कुल जनसङ्ख्या १,२२,३२० रहेको छ भने यहाँ २७,५७० घरधुरी रहेका छन्।[४]

भोगौलिक अवस्थिति

[सम्पादन]

यो नगरपालिका २८°५२' देखि २९°०८' उत्तरी अक्षांश र ८०°०६' देखि ८०°१५.५' पूर्व देशान्तरमा अवस्थित रहेको छ। यो नगर क्षेत्र समुद्र सतहबाट १०० मिटर देखि १००० मिटरसम्मको उचाइमा रहेको छ। यस नगरपालिकाको जम्मा क्षेत्रफल १७१.८० वर्ग किलोमिटर रहेको छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. 1 2 3 "जिल्लाहरुको सदरमुकाम तोकेको बारे" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०२३ पौष १८, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन ४।
  2. 1 2 "कञ्चनपुर जिल्ला अन्तर्गत महेन्द्रनगरलाई नप क्षेत्र घोषित गरेको" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०३४ फाल्गुन ९, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन ३।
  3. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  4. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१।
  5. 1 2 "नगरपालिकाको संक्षिप्त परिचय", भीमदत्त नगरपालिका (नेपालीमा), मूलबाट २०२२-०२-१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०२-१५।
  6. ↑ "विदेशीको मुखबाट समेत वाउ.. शब्द निस्किने नेपालका १० सुन्दर शहरहरू", जनबोली न्यूज (नेपालीमा), २०२०-१२-०६, मूलबाट २०२२-०२-१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०२-१६।
  7. 1 2 "शहीद भीमदत्त पन्तको ६८ औँ स्मृति दिवस मनाइँदै", धनगढी खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१६।
  8. ↑ "सालिक र नामको चपेटामा घुसुडी बजार", जनसरोकार पोस्ट (नेपालीमा), मूलबाट २०२४-१२-०५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०२-१६।
  9. ↑ "भीमदत्त बन्यो प्रदेश ७ कै उत्कृष्ट नगरपालिका", लोकान्तर (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१६।
  10. ↑ "महेन्द्रनगर–दिल्ली बस सेवा सुचारु", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१६।[स्थायी मृत कडी]
  11. ↑ अवस्थी, महादेव, "चण्डीगढको नक्सानुसार बनेको सुन्दर महेन्द्रनगर", पश्चिम टुडे (नेपालीमा), मूलबाट २०२२-०२-२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०२-२०।
  12. ↑ "नेपाल अधिराज्यलाई १४ अंचल, ७५ जिल्लामा विभाजित" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०१९ पौष २, पृ: १, अन्तिम पहुँच वि.सं. २०७८ माघ २९।

बाह्य कडीहरू

[सम्पादन]