लालझाडी गाउँपालिका
लालझाडी | |
---|---|
देश | नेपाल |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
जिल्ला | कञ्चनपुर जिल्ला |
स्थापना | २०७३ फाल्गुन २२ |
सरकार | |
• अध्यक्ष | मदन सेन बडायक |
• उपाध्यक्ष | सत्य देवी महरा |
क्षेत्रफल | |
• जम्मा | १५४.६५ किमी२ (५९.७१ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २२,५६९ |
• घनत्व | १५०/किमी२ (३८०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-९९ |
वेबसाइट | laljhadimun |
नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लामा पर्ने लालझाडी गाउँपालिका नेपाल सरकारको मिति २०७३ फाल्गुन २२ गतेको निर्णय अनुसार देशभरी गठन भएका ७५३ स्थानीय तह मध्येको एउटा स्थानीय तह हो । जिल्लाको पूर्वी भेगमा अवस्थित यो गाउँपालिका साविक शंकरपुरका पूरै (१–९) वडाहरू, साविक बाइसी बिचवाका (१–४) वडाहरू र साविक देखतभुलीका (१–३, ५–७ र ८) वडाहरू समायोजन भइ गठन भएको एक गाउँपालिका हो । यस गाउँपालिकामा जम्मा ६ वटा वडाहरू रहेका छन । जिल्लाको सदरमुकाम भीमदत्तनगर देखि ४६ किलोमिटर टाढा पूर्व तर्फ रहेको यस गाउँपालिकाको आफ्नै खालको धार्मिक, राजनैतिक, सामाजिक महत्त्व र विशेषता रहेको छ । यस गाउँपालिकामा आदिवासी थारु समुदाय र पहाडबाट बसाइँसराई गरी आएका विविध जातजाती, धर्म र बर्णका मानिसहरूको मिश्रित बसोवास रहेको छ । यो गाउँपालिका र कृष्णपुर नगरपालिकाको बीचमा रहेको लालझाडी जंगलको नामबाट यस गाउंपालिकाको नाम रहन गएको हो ।[१]
कञ्चनपुर जिल्लाको पूर्वी भेगमा अवस्थित १५४.६५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको लालझाडी गाउँपालिकाको भु–आकृति स्वरुप करिव सवैजसो समतल रहेको छ । यस गाउँपालिकाको पूर्वमा कृष्णपुर र पुनर्वास नगरपालिका, पश्चिममा शुक्लाफाँटा र बेलौरी नगरपालिका, उत्तरमा शुक्लाफाँटा र कृष्णपुर नगरपालिका र दक्षिणमा बेलौरी र पुनर्वास नगरपालिका रहेको छ ।[२]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "दुर्गमको गाउँपालिका भएकाले समस्या नै समस्याले जेलिएको छ : लालझाडी गाउँपालिका अध्यक्ष बडायक", थाहा संवाददाता, २२ जेठ २०७५, अन्तिम पहुँच ३ वैशाख २०७७।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (स्थानीय तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, मार्च २०२०, अन्तिम पहुँच मार्च २०२०। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-१४ मिति