सामग्रीमा जानुहोस्

लालझाडी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लालझाडी गाउँपालिका
लालझाडी
लालझाडी
लालझाडी गाउँपालिका is located in सुदूरपश्चिम प्रदेश
लालझाडी गाउँपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा लालझाडी गाउँपालिकाको अवस्थिति
लालझाडी गाउँपालिका is located in नेपाल
लालझाडी गाउँपालिका
लालझाडी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°४६′२३″N ८०°१५′५०″E / २८.७७३°N ८०.२६४°E / 28.773; 80.264निर्देशाङ्कहरू: २८°४६′२३″N ८०°१५′५०″E / २८.७७३°N ८०.२६४°E / 28.773; 80.264
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाकञ्चनपुर
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षनिर्मल राना (नेकपा (एमाले))
 • उपाध्यक्षसपना चौधरी (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१४५.६५ किमी (५६.२४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२५,०३७
 • घनत्व१७०/किमी (४५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९९
केन्द्रसाविकको शङ्करपुर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

लालझाडी गाउँपालिका कञ्चनपुर जिल्लाका २ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा बाइसे विचवा (१-४), शङ्करपुर, देखतभुली (१-३,७-८) गाविसहरू यसमा गाभिएका थिए।

यस गाउँपालिकामा जम्मा ६ वटा वडाहरू रहेका छन्। जिल्लाको सदरमुकाम भीमदत्तनगर देखि ४६ किलोमिटर टाढा पूर्व तर्फ रहेको यस गाउँपालिकाको आफ्नै खालको धार्मिक, राजनैतिक, सामाजिक महत्त्व र विशेषता रहेको छ। यस गाउँपालिकामा आदिवासी थारु समुदाय र पहाडबाट बसाइँसराई गरी आएका विविध जातजाती, धर्म र वर्णका मानिसहरूको मिश्रित बसोवास रहेको छ। यो गाउँपालिका र कृष्णपुर नगरपालिकाको बीचमा रहेको लालझाडी जङ्गलको नामबाट यस गाउँपालिकाको नाम रहन गएको हो।[]

कञ्चनपुर जिल्लाको पूर्वी भेगमा अवस्थित १५४.६५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको लालझाडी गाउँपालिकाको भु–आकृति स्वरुप करिव सवैजसो समतल रहेको छ। यस गाउँपालिकाको पूर्वमा कृष्णपुरपुनर्वास नगरपालिका, पश्चिममा शुक्लाफाँटाबेलौरी नगरपालिका, उत्तरमा शुक्लाफाँटाकृष्णपुर नगरपालिका र दक्षिणमा बेलौरीपुनर्वास नगरपालिका रहेको छ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार लालझाडी गाउँपालिकाको कुल जनसङ्ख्या २५,०३७ रहेको छ भने यहाँ ४,७४५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "दुर्गमको गाउँपालिका भएकाले समस्या नै समस्याले जेलिएको छ : लालझाडी गाउँपालिका अध्यक्ष बडायक", थाहा संवाददाता, २२ जेठ २०७५, अन्तिम पहुँच ३ वैशाख २०७७ 
  5. "नेपालको राष्ट्रिय जनगणना २०६८ (स्थानीय तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, मार्च २०२०, अन्तिम पहुँच मार्च २०२०  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-१४ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]