सामग्रीमा जानुहोस्

दोधारा चाँदनी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दोधारा चाँदनी नगरपालिका
दोधारा चाँदनी नगरपालिका is located in सुदूरपश्चिम प्रदेश
दोधारा चाँदनी नगरपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा दोधारा चाँदनी नगरपालिकाको अवस्थिति
दोधारा चाँदनी नगरपालिका is located in नेपाल
दोधारा चाँदनी नगरपालिका
दोधारा चाँदनी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°४६′२३″N ८०°१५′५०″E / २८.७७३°N ८०.२६४°E / 28.773; 80.264निर्देशाङ्कहरू: २८°४६′२३″N ८०°१५′५०″E / २८.७७३°N ८०.२६४°E / 28.773; 80.264
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाकञ्चनपुर
स्थापित२०७१ मङ्सिर १६
सरकार
 • नगरप्रमुखकिशोरकुमार लिम्बु (नेकपा (एमाले))
 • उपप्रमुखगङ्गादेवी जोशी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा५६.८४ किमी (२१.९५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४२,९७४
 • घनत्व७६०/किमी (२०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९९
वेबसाइटआधिकारिक वेबसाइट

दोधारा चाँदनी नगरपालिका कञ्चनपुर जिल्लाका ७ नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा साविकका दोधाराचाँदनी गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार दोधारा चाँदनी नगरपालिकाको कुल जनसङ्ख्या ४२,९७४ रहेको छ भने यहाँ ९,६१० घरधुरी रहेका छन्।[]

नेपाल सरकारको मिति २०७१ पौष २८ गतेको निर्णय अनुसार साविकका चाँदनीदोधारा गाविस समावेश गरी १० वडा सहितको दोधारा चाँदनी नगरपालिका घोषणा भएको थियो। नेपालको संविधानको धारा २९५ को उपधारा (३) बमोजिम गठित गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगले मिति २०७३ पौष २२ मा पेश गरेको प्रतिवेदन र नेपाल सरकारको मिति २०७३ माघ २२ को निर्णय अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)को आधारमा नेपाल सरकारले मिति २०७३ फल्गुण २२ मा साविकको दोधारा चाँदनी नगरपालिकाको नाम परिवर्तन गरी महाकाली नगरपालिका घोषणा गरेको थियो। २०७७।०९।१३ को राजपत्रमा प्रकाशित सुचना अनुसार माहाकाली नगरपालिकाको नाम परिवर्तन भई दोधारा चाँदनी नगरपालिका कायम भएको थियो। []

भौगोलिक अवस्थिति

[सम्पादन गर्नुहोस्]

यो नगरपालिका भौगोलिक हिसाबले ८० डिग्री ४ मिनेट देखि ८० डिग्री ०६ मिनेट ३० सेकेन्ड पूर्वी देशान्तरसम्म र २८ डिग्री ४९ मिनेट देखि २८ डिग्री ५९ मिनेट उत्तरी अक्षांशसम्म फैलिएको छ। त्यसैगरी ५६.८४ वर्ग.कि.मी. क्षेत्रफलमा रहेको यस नगरपालिकाको उत्तर, पश्चिमदक्षिणमा भारत रहेको छ भने पूर्वमा भीमदत्त नगरपालिकाशुक्लाफाँट वन्यजन्तु आरक्षण रहेका छन्। यो नगरपालिका समुन्द्री सतहबाट १७५ मि. देखि २२५ मि. को उचाईमा रहेको छ भने काठमाडौँ देखि ७२२ कि.मि. को दूरीमा छ।

यहाँको औषत अधिकतम तापक्रम ३७.५ डिग्री सेल्सियस र न्युनतम तापक्रम ६.९ डिग्री सेल्सियस रहेको पाईन्छ। यस नगरपालिकामा सामुदायिक र संस्थागत गरी ११ वटा माध्यमिक विद्यालय र ३२ वटा आधाभूत विद्यालय गरी जम्मा ४३ वटा शिक्षण संस्थाहरू संचालित छन्। यस नगरपालिकामा विभिन्न जातजाति तथा धर्म मान्ने व्यक्तिहरूको बसोबास रहेको छ।


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार। 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]