सामग्रीमा जानुहोस्

सिराहा जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ढाँचा:DistrictInfobox

सिराहा जिल्ला नेपालको मधेश प्रदेश सगरमाथा अञ्चलमा पूर्वीभागको दक्षिणी सिमानामा रहेको जिल्ला हो। यो जिल्लाको पूर्वमा सप्तरी जिल्ला (बलान नदी), पश्चिममा धनुषा जिल्ला (कमला नदी), उत्तरमा उदयपुर जिल्ला (चुरे पहाड) तथा दक्षिणमा भारतको बिहार राज्य पर्दछन। सिराहा जिल्ला सगरमाथा अञ्चलको सबैभन्दा कम क्षेत्रफल र बढी जनघनत्व भएको जिल्ला हो। यहाँ प्राकृतिक रूपमा उत्तरी भेगमा उच्च, पाखो जमीन बढी छ भने दक्षिणी भेगमा होचो र समथर जमीन बढी छ। यस जिल्लालाई १०६ गाविसहरू, ६(छ) वटा नगरपालिका, जिल्ला विकास समितिमा क्षेत्रीय सदस्य प्रतिनिधित्वको लागि १७ इलाका र ६ (छ)वटा निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ।

नामाङ्कन

  • सिरहा जिल्लाको सदरमुकाम सिरहा नगरपालिका हो । यस स्थानको नाम ”सिरहा” रहेको सम्वन्धमा विभिन्न किंबदन्ती तथा भनाईहरू रहेका छन् ।
  • धेरै वर्ष पहिले यहाँका राजा “सल्हेस” ज्यादै आदर्श ब्यक्तित्व भएका र सवैलाई सहयोग गर्ने, र सहारा (आश्रय) दिने भएकाले भारतबाट ब्यापार गर्न आउने ब्यापारीहरु जङ्गलै जङ्गल भएको यस ठाँउलाई ”सहारा” भन्दा भन्दै अपभ्रं भएर ”सिरहा” भएको एउटा किंबदन्ती रहेको छ ।
  • राजा सलहेसले सबैलाई साथीको ब्यवहार गर्ने गरेकोले यही अंग्रेजी भाषाबाट यस सल्हेस क्षेत्रलाई सिराहा भनिएको हो कि भन्ने अनुमान यस ठाँउका बौद्धिक वर्गले गरेका छन् ।
  • यस्तै अर्को किम्वदन्ती अनुसार यस ठाँउमा जङ्गल भएको र स्थानीय भाषामा रुखका जरालाई ”शिर” भनिने हुँदा जरै जरा भएको ठाँउलाई ”शिर” (शिरा) भन्दाभन्दै अपभ्रंश भएर ”सिरहा” भएको भन्ने भनाई पनि रहेको छ ।

प्रशासनिक विभाजन

जिल्लामा ८ नगरपालिका र ९ गाउँपालिकाहरू गरि १७ वटा स्थानीय तहहरू रहेका छन्।[]

सिराहा जिल्लाका स्थानीय तहहरू
क्रम स्थानीय तहहरू समावेश गाविसहरू वडा सङ्ख्या केन्द्र जनसङ्ख्या (वि.सं २०७८) क्षेत्रफल (वर्ग किमी) जनघनत्व (वर्ग किमी)
कर्जन्हा नगरपालिका कर्जन्हा, बडहरामाल, कल्याणपुर कालाबन्जरगौताडी ११ कर्जन्हा ३८,५५७ ७६.८४ ५००
कल्याणपुर नगरपालिका कल्याणपुर जब्दी, अर्नामा प्ररा, चतरी, इटरी परसाही, डुमरी, मझौलिया, चिकना, विष्णुपुर प्ररा, भोक्राहा, बेल्हाभेडिया १२ कल्याणपुर जब्दी ५८,८७२ ७६.८१ ७७०
गोलबजार नगरपालिका असनपुर, अशोकापुर बल्कवा, बेतौना, लालपुर, चन्द्रलालपुर, मुक्सर, चन्द्रोदयपुर, जमदहदुर्गापुर १३ असनपुर ६३,८८५ ५४.७८ १,२००
धनगढीमाई नगरपालिका भवानीपुर, हनुमाननगर प्रध, फुल्कहाकट्टी, अयोध्यानगर, धनगढीविस्नुपुरकट्टी १४ धनगढी ५३,३५५ १५९.५ ३३०
मिर्चैया नगरपालिका रामपुर बिर्ता, मल्हनिया खोरी, राधोपुर, रामनगर मिर्चैया, फुलबरिया, महेशपुर गम्हरिया, सीतापुर प्ररासिक्रोन १२ रामनगर मिर्चैया ५९,४२५ ९१.९७ ६५०
लहान नगरपालिका पडरिया थारुटोल, सोनमति मझौरा, बस्तीपुर, तरेगना गोविन्दपुर, ढोढना, भदैया, ब्रह्मान गोरछारी, सिसवनी,भवानीपुर कालाबन्जर, गाढागोविन्दपुर मलहनमा २४ लहान १,०२,०३१ १६७.१७ ६१०
सिराहा नगरपालिका हनुमाननगर, सारस्वर, मल्हनिया गम्हरिया, खिरौना, सुखचिना, माडर लक्ष्मीनिया, सानहैथा, लगडी गडियानी, लगडी गोठहक्पारा २२ सिराहा ९५,४१० ९४.२० १,०००
सुखीपुर नगरपालिका मोहनपुर कमलपुर, विधानगर, कुशाह लक्षिमिनीया, कविलासी, सिलोर्वा पछवारी, बेल्हीसुखिपुर १० सुखिपुर ४२,०३३ ५४.७८ ७७०
अर्नमा गाउँपालिका महानौर, अर्नामा लालपुर, कृष्णपुर बिर्तागौरीपुर अर्नामा लालपुर ३१,११८ ३७.७६ ८२०
१० औरही गाउँपालिका औरही, हर्कट्टी, पिपरा, तुल्सीपुरइटाटार औरही २६,४७८ ३५.८७ ७४०
११ बरियारपट्टी गाउँपालिका बरियारपट्टी, कच्नारी, जानकीनगर, तेनुवापट्टीजिघौल बरियारपट्टी २९,७१२ ३७.७२ ७९०
१२ लक्ष्मीपुर पतारी गाउँपालिका महेशपुर पतारी, लक्ष्मीपुर पतारी, सीतापुर प्रध, पिप्रा प्र. ध., पोखरभिन्डाखुरुख्याही महेशपुर पतारी ३१,११८ ४२.३३ ७४०
१३ नरहा गाउँपालिका नरहा बल्कवा, चन्द्रअयोध्यापुर, देवीपुरबर्चवा नरहा बल्कवा २०,७८८ २९.२८ ७१०
१४ सखुवानान्कारकट्टी गाउँपालिका सखुवानान्कारकट्टी, मौवाही, सोठियान, महादेवा पोर्तहाइटहरवा सखुवानान्कारकट्टी २०,८४४ ३२.८३ ६३०
१५ विष्णुपुर गाउँपालिका थलहाकटहा, लक्ष्मीपुर प्रमा, राजपुरविष्णुपुर प्रमा विष्णुपुर प्रमा २२,७८१ २६.३४ ८६०
१६ भगवानपुर गाउँपालिका भगवानपुर, नहरा रिगौलइनर्वा भगवानपुर २३,३८० ३३.०३ ७१०
१७ नवराजपुर गाउँपालिका भगवतीपुर, मझौरानवराजपुर नवराजपुर २०,७८८ ३२.१८ ६५०
सिराहा जिल्लाका पूर्व गाविसहरूको नक्सा

इतिहास

वि.सं. २०१८ सालमा नेपाल अधिराज्यको ३४ जिल्लाहरूलाई ७५ जिल्लामा बिभाजन गर्दा सम्म सिरहा जिल्लाको वर्तमान क्षेत्र सप्तरी जिल्लामा पर्दथ्यो । एकीकरण पूर्व बाइसेचौबिसे राज्यहरु जस्तै यस भेगका राजा कर्ण सेन थिए । यस राज्यको सिमाना पश्चिम कमला नदी देखि पूर्वमा कोशी नदी सम्म थियो, जसलाई चौदण्डी (उदयपुर गढी) भनिने गर्दथ्यो । नेपाल अधिराज्यकै दोश्रो विद्यालयको रूपमा वि.सं. १९७२ (सन् १९५५) मा राणा प्रधानमन्त्री चन्द्रशमशेरले सिरहामा ”चन्द्र मिडिल स्कूल” खोलेका थिए, जुन अहिले चन्द्र माध्यमिक विद्यालयको नामबाट निरन्तर रूपमा माध्यामिक तहको शिक्षा उपलव्ध गराउँदै आएको छ । वि.सं. २०५३ सालमा नजिकैका ५ वटा गा.वि.स.हरु सिरहा, मखनाहा, मानपुर, बसविट्टा र ठेंगही मिलाई यस नगरपालिकाको स्थापना भएको हो । यसलाई ९ वडामा विभाजन गरिएको छ । साविकको सिरहा गा.वि.स. बाट हाल यस नगरपालिकाको वडा १, २, ७ र ८, मखनाहा गा.वि.स. बाट हाल यस नगरपालिकाको वडा नंं. ३ र वडा नंं. ४ को केही भाग, मानपुर गा.वि.स. बाट हाल यस नगरपालिकाको वडा नं. ४ को केही भाग र वडा नं.  ५, बसविट्टा गा.वि.स. लाई हाल यस नगरपालिकाको वडा नं.  ६ तथा ठेंगही गा.वि.स. लाई हाल यस नगरपालिकाको वडा नं.  ९ बनाएको छ । महेन्द्र राजमार्गको चोहर्वाबाट यो न.पा. १८ कि.मी. दक्षिणको दूरीमा रहेको छ, जुन कालोपत्र गरिएको सडक छ । महेन्द्र राजमार्गको मिर्चयाबाट सिरहा जोडने सडक ग्राभेल गरिएको छ । त्यस्तै हुलाकी सडक यस न.पा. को वीचबाट हुदै धनुषासप्तरी जिल्ला छोएको छ भने दक्षिणी सिमानाबाट भारतको विहार राज्य ३ कि.मी. दुरीमा रहेको छ ।

भौगालिक अवस्था

  • जिल्लाको क्षेत्रफल: १,२२८ वर्ग किलोमिटर
  • अक्षांश: २६ डिग्री ३३" देखि २६ डिग्री ५५" उत्तर
  • देशान्तरः ८६ डिग्री ६" देखि ८६ डिग्री २६" पूर्व
  • उचाई: समुन्द्री सतह देखि ७६ मिटर देखि ८८५ मिटर सम्म।
  • औषत लम्बाई: ४२.४ किलोमिटर
  • जिल्ला सदरमुकाम: सिराहा नगरपालिका

नदीनाला

प्रमुख नदीनालाहरूमा कमला, घुर्मी, बलान, मैनवती, खुट्टी, गागन, सर्रे, सहजा, बतहा, जिवा, भेडवा र केही खोलाहरू।

व्यापारिक महत्त्वका स्थानहरू

लाहान, सिराहा, माडर, सारस्वर, कल्याणपुर, सुखीपुर, मिर्चैया, गोलबजार, चोहर्वा, धनगडी आदि यस जिल्लाका प्रमुख व्यापारीक महत्त्वका स्थानहरू हुन।

सन्दर्भ सामग्रीहरू

  1. "स्थानिय तह" (नेपालीमा), सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच २० असोज २०८२

यो पनि हेर्नुहोस

ढाँचा:सिराहा जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरू


बाह्य कडीहरू