धनगढीमाई नगरपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
धनगढीमाई नगरपालिका
—  नगरपालिका  —
धनगढीमाई नगरपालिका is located in Nepal
धनगढीमाई नगरपालिका
धनगढीमाई नगरपालिका
धनगढीमाई नगरपालिका
निर्देशाङ्क (धनगढीमाई): २६°४६′८″ उत्तर ८६°२४′१२″ पूर्व / २६.७६८८९° उत्तर ८६.४०३३३° पूर्व / 26.76889; 86.40333निर्देशाङ्क: २६°४६′८″ उत्तर ८६°२४′१२″ पूर्व / २६.७६८८९° उत्तर ८६.४०३३३° पूर्व / 26.76889; 86.40333
देश  नेपाल
विकास क्षेत्र पूर्वाञ्चल
अञ्चल सगरमाथा अञ्चल
जिल्ला सिराहा जिल्ला
स्थापना २०७२ आस्विन १
क्षेत्रफल
 - जम्मा १५९.५ किमी (६१.६ वर्ग मी)
जनसङ्ख्या (राष्ट्रिय जनगणना २०६८)
 - जम्मा ४७,४४९
 जनघनत्व २९७.५/किमी (७७०.५/वर्ग मी)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-३३

धनगढीमाई नगरपालिका नेपालको सगरमाथा अञ्चलको सिराहा जिल्लामा पर्दछ।[१][२][३] स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा सिराहा जिल्लामा भवानीपुर, हनुमाननगर प्रध, फुल्कहाकट्टी, अयोध्यानगर, धनगढीविस्नुपुरकट्टी यी ६ गाउँ विकास समितिहरूलाई समेटेर धनगढीमाई नगरपालिका घोषणा गरिएको हो।[४] धनगढीमाई नगरपालिकाको केन्द्र धनगढी बजारमा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।[४]

जनसङ्ख्या[सम्पादन गर्ने]

भवानीपुर, हनुमाननगर प्रध, फुल्कहाकट्टी, अयोध्यानगर, धनगढीविस्नुपुरकट्टी यी ६ गाउँ विकास समितिहरूलाई मिलाएर धनगढीमाई नगरपालिका बनाइएको हो ।[५] त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी ६ ठाउँहरूको जनसङ्ख्यालाई जोडेर धनगढीमाई नगरपालिकाको जनसङ्ख्या ४७,४४९ रहेको छ ।[५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "२६ नयाँ नगरपालिका थप", नागरिक न्युज, अन्तिम पहुँच १ असोज २०७२ 
  2. "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, अन्तिम पहुँच १ असोज २०७२ 
  3. "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबर, अन्तिम पहुँच १ असोज २०७२ 
  4. ४.० ४.१ "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ आस्विन १, अन्तिम पहुँच २०७२ आस्विन १ 
  5. ५.० ५.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]