सामग्रीमा जानुहोस्

सिराहा नगरपालिका

सिराहा
नगरपालिका
सदरमुकाम
सिराहा सिराहा जिल्ला-को अवस्थिति
सिराहा
सिराहा
सिराहा कोशी प्रदेश-को अवस्थिति
सिराहा
सिराहा
सिराहा नेपाल-को अवस्थिति
सिराहा
सिराहा
निर्देशाङ्क: २६°३९′१०″ उत्तर ८६°१२′२७″ पूर्व / २६.६५२७८° उत्तर ८६.२०७५०° पूर्व / 26.65278; 86.20750
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासिराहा जिल्ला
नगरपालिकावि.सं. २०५३ माघ ११[]
समावेश (गाविस)सिराहा, मखनाहा, मानपुर, बसबिट्टा र ठेगही
सम्मिलित (मिति)वि.सं. २०५३ माघ ११
समावेश (गाविस)लक्ष्मीनिया, सानहैथा, लगडी गडीयानी, लगडी गोठहक्पारा
सम्मिलित (मिति)वि.सं. २०७३ फाल्गुन २७[]
सरकार
  नगरप्रमुखनवीनकुमार यादव (नेकपा (एमाले))
  उपप्रमुखबबिताकुमारी शाह (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा९४.२० किमी (३६.३७ वर्ग माइल)
उन्नतांश
८० मिटर (२६० फिट)
जनसङ्ख्या
  जम्मा९५,४१०
  घनत्व१०००/किमी (२६००/वर्ग माइल)
  धर्मावलम्बी
हिन्दू मुस्लिम बौद्ध
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
हुलाक कोड
५६५००
क्षेत्रीय सङ्केत०३३
वेबसाइटsirahamun.gov.np/en

सिराहा नेपालको मधेश प्रदेशमा पर्ने सिराहा जिल्लाको सदरमुकाम[] तथा एक नगरपालिका हो। सिराहा जिल्लाका तत्कालिन सिराहा, मखनाहा, मानपुर, बसबिट्टा र ठेगहीलाई वि.सं. २०५३ माघ ११ गते मिलाएर सिराहा नगरपालिका घोषणा गरिएको थियो।

वि.सं. २०७१ मङ्सिर १६ मा नेपाल सरकारको निर्णय र वि.सं. २०७१ पौष २८ गते नेपाल राजपत्रमा प्रकाशित भएअनुसार हनुमाननगर, सारस्वर, मल्हनिया गम्हरिया, खिरौना, सुखचिनामाडर गाविसहरू समेत यसमा गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो।[] यसै प्रकार सङ्घीय शासन व्यवस्था लागू भएपछि देशमा स्थानीय तहको गठन भएसँगै वि.सं. २०७३ फागुन २२ गते नेपाल सरकारको निर्णय तथा वि.सं. २०७३ फागुन २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार लक्ष्मीनिया, सानहैथा, लगडी गडियानी, लगडी गोठहक्पारा गाउँ विकास समितिहरू समेत यसमा गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो।[][][][] यो नगरपालिका कुल २२ वडामा विभाजित छ।

नामकरण

[सम्पादन]

एतिहासिक हिसाबले राजा सलहेश ज्यादै आदर्श व्यक्तित्व र सबैलाई सहयोग तथा आश्रय दिने भएकाले भारतबाट यहाँ व्यापार गर्न आउने व्यापारीहरू जङ्गलै जङ्गल भएको यस ठाँउलाई 'सहारा' भन्दा भन्दै अपभ्रंस भएर सिरहा नामकरण भएको हुनसक्ने एउटा किंवदन्ती रहेको छ। यसै प्रकार अर्को एक किंवदन्ती अनुसार यस ठाँउमा जङ्गल भएको र स्थानीय भाषामा रुखका जरालाई शिर भनिने हुँदा जरै जरा भएको ठाँउलाई 'शिर' (मैथिली भाषामा शिरा) भन्दाभन्दै अपभ्रंश भएर सिरहा नाम रह्न गएको एक भनाई रहेको छ।[][१०]

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सिराहा नगरपालिकाको कुल जनसङ्ख्या ९५,४१० रहेको छ भने यहाँ १८,९१७ घरधुरी रहेका छन्।[]

सिरहा नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
सिरहा (१)२,६१६०.९९२६४२.४२
सिरहा (२)५,१७७१.७३२९९२.४९
सिरहा (३)२,३७४२.४२९८०.९९
सिरहा (४)३,७४१०.५५६८०१.८२
सिरहा (५)३,४५२३.५९९६१.५६
सिरहा (६)४,१७५३.४७१२०३.१७
सिरहा (७)४,३२८२.८८१५०२.७८
सिरहा (८)२,८५७३.२८९२.८१
सिरहा (९)४,३७०४.९६८८१.०५
१०हनुमाननगर (१,७-९)४,०२४५.७७०५.९६
११हनुमाननगर (२-६)३,९२६३.७२१०५५.३८
१२सारश्वर७,२२०६.८११०६०.२०
१३मल्हनिया गम्हरिया२,९७९५.१३५८०.७०
१४खिरौना४,१९९३.०४१३८१.२५
१५सुखचिना३,६३०३.२५१११६.९२
१६माडर (१-५)४,८३५१.३२३६६२.८८
१७माडर (६-९)४,२६६५.०६८४३.०८
१८लक्ष्मीनिया५,१२०७.०१७३०.३९
१९सानहैथा६,७०३१०.९६१४.९५
२०लगडी गडियानी६,०८५६.७८८९७.४९
२१लगडी गोठ३,९३९३.५२१११९.०३
२२हक्पारा५,३९४८.१४६६२.६५
जम्मा९५,४१०९४.१७१०१३.१७

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "चार किल्ला खोली नगरपालिका क्षेत्र तोकी बिभाजन गरेको", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच जनवरी २०२२
  2. 1 2 "गाउँपालिका नगरपालिका उपमहानगरपालिका र महानगरपालिकाको क्षेत्र तोकी केन्द्र कायम गरेको" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०७३ फाल्गुण २७, अन्तिम पहुँच वि.सं. २०७८ माघ २९
  3. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  4. "नेपाल अधिराज्यलाई १४ अंचल, ७५ जिल्लामा विभाजित" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०१९ पौष २, पृ: , अन्तिम पहुँच वि.सं. २०७८ माघ २९
  5. "शंखरापुर लगायत बिभिन्न नगरपालिका घोषणा", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच जनवरी २०२२
  6. "गाउँ र नगरपालिका कुन जिल्लामा कति ?", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४
  7. काफ्ले, प्रतिक्षा (३० फाल्गुन २०७३), "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर, अन्तिम पहुँच ३० फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०५-०६ वेब्याक मेसिन
  8. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३ अभिलेखिकरण २०१७-०५-१८ वेब्याक मेसिन
  9. "सलहेश दरबार, सिराहा", साप्ताहिक (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-२९
  10. हमाल, चाँदनी, "कला इतिहास खोतल्दै मेहता", नागरिक न्युज (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-२९

बाह्य कडीहरू

[सम्पादन]