सिराहा नगरपालिका
सिराहा | |
---|---|
नगरपालिका सदरमुकाम | |
निर्देशाङ्क: २६°३९′१०″उ॰ ८६°१२′२७″पू॰ / २६.६५२७८°N ८६.२०७५०°Eनिर्देशाङ्कहरू: २६°३९′१०″उ॰ ८६°१२′२७″पू॰ / २६.६५२७८°N ८६.२०७५०°E | |
देश | ![]() |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | सिराहा जिल्ला |
नगरपालिका | वि.सं. २०५३ माघ ११[१] |
समावेश (गाविस) | सिराहा, मखनाहा, मानपुर, बसबिट्टा र ठेगही |
सम्मिलित (मिति) | वि.सं. २०५३ माघ ११ |
समावेश (गाविस) | लक्ष्मीनिया, सम्हैठा, लगडी गडीयानी, लगडी गोठ र हक्पारा |
सम्मिलित (मिति) | वि.सं. २०७३ फाल्गुन २७[२] |
सरकार | |
• मेयर | अशेश्वर प्रसाद यादव |
• उप मेयर | डा. नमिता यादव |
क्षेत्रफल | |
• जम्मा | ९४.२० किमी२ (३६.३७ वर्ग माइल) |
उन्नतांश | ८० मिटर (२६० फिट) |
जनसङ्ख्या | |
• जम्मा | ८२,५३१ |
• घनत्व | ८८०/किमी२ (२,३००/वर्ग माइल) |
• धर्मावलम्बी | हिन्दू, मुस्लिम, बौद्ध |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
हुलाक कोड | ५६५०० |
क्षेत्रीय सङ्केत(हरू) | ०३३ |
वेबसाइट | sirahamun |
सिराहा नेपालको मधेश प्रदेशमा पर्ने सिराहा जिल्लाको सदरमुकाम[४] तथा एक नगरपालिका हो। सिराहा जिल्लाका तत्कालिन सिराहा, मखनाहा, मानपुर, बसबिट्टा र ठेगहीलाई वि.सं. २०५३ माघ ११ गते मिलाएर सिराहा नगरपालिका घोषणा गरिएको थियो।
वि.सं. २०७१ मङ्सिर १६ मा नेपाल सरकारको निर्णय र वि.सं. २०७१ पौष २८ गते नेपाल राजपत्रमा प्रकाशित भएअनुसार हनुमाननगर, सारस्वर, मल्हनिया गम्हरिया, खिरौना, सुखचिना र माडर गाविसहरू समेत यसमा गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो।[५] यसै प्रकार सङ्घीय शासन व्यवस्था लागू भएपछि देशमा स्थानीय तहको गठन भएसँगै वि.सं. २०७३ फागुन २२ गते नेपाल सरकारको निर्णय तथा वि.सं. २०७३ फागुन २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार लक्ष्मीनिया, सम्हैठा, लगडी गडीयानी, लगडी गोठ र हक्पारा गाउँ विकास समितिहरू समेत यसमा गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो।[२][६][७][८] कुल २२ वडामा विभाजित यो नगरपालिकाको जनसङ्ख्या वि.सं. २०६८ सालको जनगणना अनुसार ८२,५३१ रहेको छ।
नामकरण[सम्पादन गर्नुहोस्]
एतिहासिक हिसाबले राजा सलहेश ज्यादै आदर्श व्यक्तित्व र सबैलाई सहयोग तथा आश्रय दिने भएकाले भारतबाट यहाँ व्यापार गर्न आउने व्यापारीहरू जङ्गलै जङ्गल भएको यस ठाँउलाई 'सहारा' भन्दा भन्दै अपभ्रंस भएर सिरहा नामकरण भएको हुनसक्ने एउटा किंवदन्ती रहेको छ। यसै प्रकार अर्को एक किंवदन्ती अनुसार यस ठाँउमा जङ्गल भएको र स्थानीय भाषामा रुखका जरालाई शिर भनिने हुँदा जरै जरा भएको ठाँउलाई 'शिर' (मैथिली भाषामा शिरा) भन्दाभन्दै अपभ्रंश भएर सिरहा नाम रह्न गएको एक भनाई रहेको छ।[९][१०]
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
नेपालको वि.सं. २०६८ को जनगणना अनुसार सिराहा नगरपालिकाको जनसङ्ख्या ८२,५३१ रहेको छ।[३]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "चार किल्ला खोली नगरपालिका क्षेत्र तोकी बिभाजन गरेको", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच जनवरी २०२२।
- ↑ २.० २.१ "गाउँपालिका नगरपालिका उपमहानगरपालिका र महानगरपालिकाको क्षेत्र तोकी केन्द्र कायम गरेको" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०७३ फाल्गुण २७, अन्तिम पहुँच वि.सं. २०७८ माघ २९।
- ↑ ३.० ३.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२।
- ↑ "नेपाल अधिराज्यलाई १४ अंचल, ७५ जिल्लामा विभाजित" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०१९ पौष २, पृ: ५, अन्तिम पहुँच वि.सं. २०७८ माघ २९।
- ↑ "शंखरापुर लगायत बिभिन्न नगरपालिका घोषणा", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच जनवरी २०२२।
- ↑ "गाउँ र नगरपालिका कुन जिल्लामा कति ?", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ काफ्ले, प्रतिक्षा (३० फाल्गुन २०७३), "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर, अन्तिम पहुँच ३० फाल्गुन २०७३।
- ↑ "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३।
- ↑ "सलहेश दरबार, सिराहा", साप्ताहिक (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-२९।
- ↑ हमाल, चाँदनी, "कला इतिहास खोतल्दै मेहता", नागरिक न्युज (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-२९।