सामग्रीमा जानुहोस्

चन्द्र शमशेर जङ्गबहादुर राणा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चन्द्र शमशेर जङ्गबहादुर राणा
१३औँ प्रधानमन्त्री (नेपाल) प्रधानमन्त्री
कार्यकाल
वि.सं. १९५८ साउन १३ – वि.सं. १९८६ मङ्सिर ११
एकाधिपतिपृथ्वी वीर बिक्रम शाह
त्रिभुवन वीर बिक्रम शाह
पूर्वाधिकारीदेव शमशेर
उतराधिकारीभिम शमशेर
व्यक्तिगत विवरण
जन्मवि.सं. १९२० असार २५
मृत्युवि.सं. १९८६ मङ्सिर ११
अभिभावक

चन्द्र शमशेर (वि.सं. १९२० असार २६[]-वि.सं. १९८६ मङ्सिर ११) राणा शासनका पाचौँ श्री ३ महाराज तथा नेपालका १३औँ प्रधानमन्त्री हुन्। यिनी आफ्ना दाजू देव शमशेरलाई सत्ताबाट च्यूत गरी धनकुटा तिर लखेटेर श्री ३ को पदमा विराजमान भएका थिए। चतुर र केही हदसम्म सुधारक देखिएका यिनी निकै लामो समयसम्म (झण्डै २८ वर्ष) नेपालको प्रधानमन्त्री रहे। पहिलो विश्वयुद्ध ताका यिनी नेपालका प्रधानमन्त्री थिए। यिनले बेलायती सेनाको तर्फबाट लड्न ठुलो सङ्ख्यामा नेपाली सेना पठाएका थिए।

श्री ३ चन्द्रको जन्म १९२० असार २६ गते बुधबारका दिन भएको थियो।[] उनी आफ्नी माता रानी नन्द कुमारी थापा (गोदार)का चौथो पुत्र हुन्। उनका मावली हजुरबुवा काजी हेमदलसिंह थापा र मामा काजी कर्णेल केशरसिंह थापा हुन्। सात महिना गर्भमा रहेर जन्मेका र पातलो ज्यान भएकाले यिनलाई श्री ३ जंगले फिस्टे भनेर बोलाउनो हुनाले उनलाई फिस्टे महाराज भनेर समेत चिनिन्छ। उनी श्री ३ जङ्गबहादुर राणालाई आफ्ना आदर्श र नमुना पुरुष ठान्दथे।

बयालीस सालको पर्व

[सम्पादन गर्नुहोस्]

४२ सालको पर्व

चन्द्र शमशेरले सुरुमा प्राइममिनिस्टर रणोद्दिप सिंह गोली चलाउने भने पनि रणोद्दिप सिंहको निवास नारायणहिटी दरबारमा पुगेपछि "मेरी श्रीमती गर्बवती छे, म गोली चलाउदिन " भने। त्यतिबेला मोहन शमशेर गर्भमा थिए। त्यसपछि खड्ग, भिम र डम्बर ले रणोद्दिप सिंह माथि गोली प्रहार गरेका थिए।

कमान्डर इनचिफ

[सम्पादन गर्नुहोस्]

१९५७ फागुनमा वीर शमशेरको मृत्यु भएपछि देवशमशेर प्राइममिनिस्टर तथा श्री ३ महाराज बने भने जनरल चन्द्र शमशेर कमान्डर इनचिफ बने।

देव शमशेर विरुद्धको 'कु'

[सम्पादन गर्नुहोस्]

देव शमशेरका सुधारवादी कार्यले गर्दा नेपाल अधिराज्यका सर्वसाधारण नागरिकमा चेतनाको जागरण भई आफ्नो तथा आफ्ना भाइभतिजाहरूको स्वार्थमा आघात पर्ने अनुभव गरि यिनका उत्तराधिकारी कमान्डर इनचिफ जनरल चन्द्र शमशेर यिनले आरम्भ गराएका यस्ता सुधार कार्यदेखि सतर्क भए। यिनका यस्ता कदम शमशेर परिवारका राणाका निम्ति रूचिकार थिएन। नेपाल अधिराज्यको राज्य प्रशासन श्री ३ महाराज देवशमशेरको नियन्त्रणमा रहिरहेमा अधिराज्यका सर्वसाधारण नागरिकमा चेतनाको जागरण भई आफ्नो तथा आफ्ना भाइभतिजाहारूका निम्ति ठुलो खतरा आइलाग्ने निश्चय गरि चन्द्रशमशेरले पहिले "खड्गशमशेर पर्व"मा जसले आफूलाई स्नेहपूर्वक जोगाइदिएका थिए, सरल र शान्त स्वभावका तिनै दाजु प्राइममिनिस्टर देवशमशेर राणालाई पदच्युत गराई स्वयम् नै प्राइममिनिस्टर तथा श्री ३ महाराज पनि बन्ने योजनाका तानाबाना बुन्न अग्रसर भए।[]

१९५८ मा अनुदार राणाहरूले उदारवादी श्री ३ देवशमशेरलाई 'कु' गरि पदच्युत गरे। यसको नेतृत्व प्रधानसेनापति चन्द्र शमशेरले गरेका थिए।

प्राइममिनिस्टर तथा श्री ३ महाराज

[सम्पादन गर्नुहोस्]
चन्द्र शमशेर जङ्गबहादुर राणा
चन्द्र शमशेरको निशान

सिंहदरबार निर्माण

[सम्पादन गर्नुहोस्]

बेलायत भ्रमण

[सम्पादन गर्नुहोस्]

उनी प्रधानमन्त्री भएपछि बेलायतले तिब्बत माथि हमला गर्न योजना बनाए। चन्द्र शमशेरले त्यो कार्यमा पूर्ण सहयोग गरे। हुन त थापाथली सन्धि अनुसार नेपालले त्यस्तो गर्न हुँदैनथ्यो। चन्द्र शमशेरको त्यो कदम पछि उनले बेलायत भ्रमण गर्ने मौका पाए। चन्द्रशमशेरको बेलायत भ्रमण सन् १९०८ मा भएको थियो।

१९६४ चैत २५ मा काठमाडौबाट निस्केका १९६५ बैशाख २७ गते शुक्रबार बेलायत पुगे। करिव १० हप्ताको बेलायत भ्रमण सकेर १९६५ साउन ७ मा बेलायत छोडे। त्यस भ्रमणमा आफ्ना भाइ भतिजा छोराहरूमा जुद्धशम्शेर, रुद्रशम्शेर, मोहनशम्शेर, बबरशम्शेर, केशरशम्शेर, सिंहशम्शेर, हिरण्यशम्शेर, ज्वाँइ जयपृथ्वीबहादुर सिंह, मामा खलकका डिल्लीशम्शेर थापा, अन्य दलबहादुर बस्न्यात, विष्णुकुमार पाण्डे, चन्द्रजङ्ग थापा, निजी सचिव मरिचमान सिंह, निजी सचिवका सहायक शमशेरमान सिंह, गङ्गाबहादुर बस्न्यात, नरनारायण शाही, शुभगोविन्द प्रसाद, बैद्यमा रत्नदास बैद्य, दरवार हाइस्कुलका हेडमाष्टर वटुकृष्ण मैत्रय, पंडित काशिनाथ तथा अन्य १९ जना नोकरचाकर लगेका थिए। बेलायतीहरूको तर्फबाट नेपालका लागि बेलायती रेसिडेन्ट (राजदुत) जे मानर्स स्मिथ, चौथो गोर्खा राइफलका माक्लोइड विलि, पाचौ गोरखा राइफलका मेजर अमरसिंह थापा तथा चौथो र पाँचौ राइफलका अन्य दुइ अर्दली पनि गएका थिए।

भ्रमणका क्रममा अक्सफोर्ड विश्वविद्यालय पुगेका थिए। उक्त विश्वविद्यालयले चन्द्रशमशेरलाई नागरिक कानुनको मानार्थ विद्यावारिधि उपाधिबाट विभूषित गर्‍यो।[]

ए बि सी क्लास राणा

[सम्पादन गर्नुहोस्]

मुख्य लेख : ए बि सी क्लास राणा

पहिलो विश्व युद्ध

[सम्पादन गर्नुहोस्]

पहिलो विश्वयुद्ध ताका यिनी नेपालका प्रधानमन्त्री थिए। पहिलो विश्व युद्धमा चन्द्र शमशेरले अङ्ग्रेज ब्रिटिसको बेलायतको पक्ष लिए । यिनले ब्रिटिस फौजको तर्फबाट लड्न ठुलो सङ्ख्यामा नेपाली सेना पठाएका थिए। त्यस वापत नेपाल बेलायत १९२३ को सन्धि भयो ।

वि.सं. १९१४ मा श्री ३ जङ्गले भारतीय विद्रोह दमन गरे बापत १९१७ मा नयाँ मुलुक फिर्ता पाए। पहिलो विश्वयुद्धमा पनि बाँकी तराई र गुमेको नेपाल फिर्ता पाउने आशा थियो तर चन्द्र शमशेरले वार्षिक दस लाख नगद आफ्नो खल्तीमा हाल्न ललचाएका हुँदा भारतका गभर्नर जनरलको सिफारिस कार्बाही हुन पाएन।[]

नेपाल बेलायत १९२३ को सन्धि

[सम्पादन गर्नुहोस्]

मुख्य लेख : नेपाल बेलायत १९२३ को सन्धि

नेपाल बेलायत १९२३ को सन्धिलाई महाराज चन्द्र शमशेरको २५ वर्षे कुटनैतिकको यात्राको एक मुख्य उपलब्धि मानिन्छ। यो सन्धिबाट बेलायतले नेपाललाई पहिलो पटक सर्वभैतासत्ता सम्पन्न मुलुकको रूपमा मान्यता दिएको थियो र नेपालले आफ्नो स्वार्थ अनुरुप विदेश नीति अङ्गिकार गर्न पाउन स्वतन्त्रता पाएको थियो।[]

टुँडिखेल पारिबाट देखिएको त्रिचन्द्र सैनिक अस्पताल (बाया पट्टि वीर अस्पताल ट्रमा सेन्टर)

सति प्रथा अन्त्य

[सम्पादन गर्नुहोस्]

लोग्ने मरेपछि चिता सँगै श्रीमतीले पनि प्राण त्याग गर्नुपर्ने प्रथालाई सती प्रथा भनिन्छ। यो प्रथा प्राचीन कालदेखी नै नेपाल र भारतमा प्रचलित थियो। यो प्रथा रोक्ने प्रयासहरूमा राजा मानदेवकी आमा सती नजानु तथा मुलुकी ऐन १९१० को सुधार‚ वीर शमशेरको सरकारको अनुमतीमा मात्र सती जान पाइने नियमलाई लिन सकिन्छ भने सती प्रथाको विधिवत अन्त्य वि.सं. १९७७ अषाढ (सन् १९२० जुलाई २८) मा चन्द्रशमसेर द्वारा भयो।[]

वि.सं. १९१० को मुलुकी ऐनको सुधारः-

[सम्पादन गर्नुहोस्]

१६ वर्ष मुनिकी बिधवा‚ दासी एवं नोकर महिला र १२ वर्ष भन्दा कम उमेरका छोराछोरी हुने महिलालाई सती जानु नपर्ने।

सदियौ देखि नारी माथि लादिएको सति प्रथाको अन्त्य १९७७ मा चन्द्र सम्सेर राणाले गरे। चन्द्रशम्शेरले असार २५, १९७७ (८ जुलाई १९२०) मा यो क्रुर अमानविय कु-प्रथाको औपचारिक रूपमा अन्त्य गरेका थिए। श्री ५ त्रिभुवनवीरविक्रम शाहको राज्यकालमा श्री चन्द्रशम्शेरले वि.सं. १९७७ आसाढ २५ गतेदेखि लागु हुने गरी सतीप्रथा बन्द गरिदिएपछि कानूनी रुपमै यो प्रथा नेपालमा बन्द भयो।

दास प्रथा अन्त्य

[सम्पादन गर्नुहोस्]

जंग बहादुरले वि.सं. १९१० को मुलुकी ऐन मार्फत १६ वर्ष भन्दा कम उमेरकालाई दास दासी राख्न नपाउने‚ बिक्री गर्न नपाउने तथा नयाँ ठाउँमा दास गएमा पुरानो ठाउँमा फिर्ता हुन बाध्य बनाउन नपाउने जस्ता सुधार गरे भने कानुनी रूपमा वि.सं.१९८२ बैसाख १ गते चन्द्रशमशेरले दासप्रथाको उन्मुलन (घोषणा १९८१ मङ्सिर २४ गते) गरे।

दास प्रथा उन्मुलन गर्दाः

कुल जनसङ्ख्या ५५‚७३‚७८८।

जम्मा दास दासीको सङ्ख्या : ५९‚५७३।

क्षतिपुर्ती तिरेर मुक्त गरिएका दास दासिहरू: ५१‚७८३।

मालिकको सङ्ख्या: १५‚७१९।

मालिकलाई दिएको क्षतीपुर्ती : ३६ लाख ७० हजार।

शैक्षिक योगदान

[सम्पादन गर्नुहोस्]
शिकारका क्रममा नेपालको तराई पुगेका बेलायती महाराजा जर्ज पाँचौंलाई स्वागत गर्दै चन्द्र शमशेर (बायाँ) सन् १९११

चन्द्र शमशेरको समयको मध्य काटिरहँदाको अवस्थामा विश्व, खासगरी भारतीय उपमहाद्विपको राजनीतिक वातावरणमा उल्लेख्य भिन्नता आउन थाल्यो। पहिलो विश्वयुद्धमा डेढलाख बढी नेपाली लाहुरेहरू विश्वका विभिन्न भागमा पुगेर फर्केपछि तिनले गाउँ गाउँमा आफूले ठाउँ ठाउँमा देखे-भोगेको ज्ञानगुन र चमत्कारका कुरा सुनाउन थाले। भारतमा पनि बेलायती विरुद्धको स्वतन्त्रता सङ्ग्राम उल्लेख्य मात्रामा बढेर गयो। यो अवस्थामा नेपाली विद्यार्थीलाई पढाइका लागि भारत पठाउँदा त्यहाँको चेतवाट दीक्षित भएका युवा विद्यार्थीले नेपालको आफ्नो जहानिया शासनमा घातक प्रभाव पार्न सक्ने भएपछि कूटिल प्रधानमन्त्री चन्द्र शमशेरले नेपालमै उच्च शिक्षा हासिल गर्न सकिने व्यवस्था बाँध्ने निश्चित गरे। परिणामतः त्रिचन्द्र क्याम्पसको स्थापना भयो।

ग्याल्पो काण्ड

[सम्पादन गर्नुहोस्]

मुख्य लेख :ग्याल्पो काण्ड

प्रधानमन्त्री चन्द्रशमशेर को पालामा ग्याल्पो काण्डले पुन: नेपाल भोट युद्ध हुन लागेको थियो तर त्यसको तयारी हुदाहुँदै श्री ३ चन्द्रको स्वर्गवास भयो। पछि अङ्ग्रेजको मध्यस्तता पछि सो युद्धको सम्भावना टर्यो।

चन्द्रकालमा प्रचलित भनाइहरू

[सम्पादन गर्नुहोस्]
  • भित्ताको पनि कान हुन्छन्।
  • चन्द्रे हाँस्यो त नास्यो
काठमाडौँको घण्टाघर र त्रिचन्द्र क्याम्पस

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ नेपालको तथ्य इतिहास :प्रा.डा राजाराम सुवेदी
  2. बाबुराम आचार्य (फागुन २०६१), अब यस्तो कहिल्यै नहोस्, फाइनप्रिन्ट बुक्स, पृ: २९३, आइएसबिएन 978-9937-665-40-7 
  3. रित्तो हात फर्किएका राजा वेब्याक मेसिन अभिलेखिकरण २०१८-१२-०९ मिति
  4. (डा. राजाराम सुवेदी, "नेपालको तथ्य इतिहास" पृष्ठ २५६)
  5. हुसैन, असाद (१९७०), नेपाल राज्यको ब्रिटिस भारतसँगको सम्बन्ध, लण्डन: जर्ज एलेन, पृ: २०८। 
  6. पूर्णिमा ७८ अङ्क पृष्ठ ४९
  7. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २५५, आइएसबिएन 99933-2-406-X 
  8. सतीप्रथा नियन्त्रण गर्ने १९४४ सालको इस्तिहार

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]