वीर अस्पताल
| वीर अस्पताल | |
|---|---|
| Lua error in package.lua at line 80: module 'Module:Infobox dim' not found. | |
| भौगोलिक विवरण | |
| स्थान | काठमाडौँ महांकाल, काठमाडौँ महांकाल, प्रदेश ३, नेपाल |
| सङ्गठन | |
| वित्तीय व्यवस्था | सरकारी |
| आवद्ध विश्वविद्यालय | चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान |
| सेवाहरू | |
| शैय्या | ४५८ शैया |
| इतिहास | |
| सञ्चालन | वि.सं. १९४७ (सन् १८८९) |
| कडीहरू | |
| वेबसाइट | nams.org.np |
वीर अस्पताल नेपालको सबैभन्दा पुरानो तथा ब्यस्त अस्पताल मध्येको एक हो। यो अस्पताल वि.सं. १९४७ साउन गते ८ रोज ४ (सन् १८८९) मा बीर शम्शेर द्वारा स्थापित गरिएको थियो।[१] [२] त्यसैले यसलाई वीर अस्पताल भनिएको हो। यो काठमाडौँ शहरको केन्द्रमा खुलामञ्च अगाडि अवस्थित छ। यो अस्पताल सन् २००३ पश्चात एक सरकारी एजेंसी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान मार्फत सञ्चालित छ।[३]
अस्पतालले देशभरका सबै तह र तप्काका व्यक्तिहरूका लागि उच्च गुणस्तरको चिकित्सा तथा शल्य चिकित्सा उपचार प्रदान गर्दछ। ग्रामिण भेगका धेरै बिरामीहरू यस अस्पतालमा निशुल्क चिकित्सा सेवा लिनका लागि टाढा टाढाबाट आउने गरेका छन्। हाल अस्पतालमा ४५८ शैयाको क्षमता रहेको छ। देश कै प्रसिद्ध डाक्टरहरूमध्ये केही यसै अस्पतालमा कार्यरत छन्।
इतिहास
[सम्पादन गर्नुहोस्]विशेषगरी विपन्न एवं असहाय वर्गका लागि लक्षित गरेर वि.सं. १९४६ साउनमा १५ वटा अन्तरङ्ग शैयासहित स्थापना भएको हो। यो अस्पतालको स्थापना बीर शमशेरको समयमा भएको हुनाले यसलाई वीर अस्पताल भनिएको हो। यो अस्पतालले लामो समय देखि बिरामीहरूलाई चिकित्सा सहयोग प्रदान गरिरहेको छ।
समय संगै यहाँ स्थान सिमित भएकाले यहाँका सुबिधाहरु इन्द्र राज्य लक्ष्मी देवी शाह प्रसुती गृह, थापाथली, पाटन मानसिक अस्पताल र कान्ति बाल अस्पतालमा स्थानान्तरण गरिएको थियो ।
सुविधा
[सम्पादन गर्नुहोस्]नेफ्रोलोजी
[सम्पादन गर्नुहोस्]नेपालमा नेफ्रोलोजी सेवाको सुरुवात बीर अस्पतालमा सुरु भएको हो। हरेक वर्ष ४० को हाराहारीमा मृगौला बायोप्सी हुने गरेको छ।
सर्जरी
[सम्पादन गर्नुहोस्]जलन तथा प्लास्टिक सर्जरी यूनिट
[सम्पादन गर्नुहोस्]दंत विभाग
[सम्पादन गर्नुहोस्]सम्बन्धित लेखहरू
[सम्पादन गर्नुहोस्]बाहिरी लिङ्कहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ खडेरी, सन्तोष (१३ साउन २०८०), "‘रैतीले साह्रै दुःख पाउँदा’ खुलेको वीर अस्पताल", himalpress, अन्तिम पहुँच १३ साउन २०८०।
- ↑ वीर अस्पताल स्थापना सम्बन्धी दस्तावेज, राष्ट्रिय अभिलेखालय नेपाल
- ↑ नेपाल कानुन आयोग, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३, पृ: ८।