सिंहदरबार वैद्यखाना
सिंहदरबार वैद्यखाना | |
---|---|
![]() सिंहदरबार वैद्यखानाद्वारा उत्पादित उत्पादनमा रहेको सिंहदरबार वैद्यखाना विकास समितिको लोगो | |
भौगोलिक विबरण | |
स्थान | काठमाडौँ सिंहदरबार, प्रदेश ३, नेपाल |
संगठन | |
आर्थिक श्रोत | सरकारी |
सम्बद्ध विश्वविद्यालय | सिंहदरबार वैद्यखाना विकास समिति |
इतिहास | |
स्थापना | चन्द्र शमशेर जङ्गबहादुर राणा |
सिंहदरबार वैद्यखाना नेपालमा आयुर्वेद औषधि उत्पादन गर्ने एकमात्र सरकारी निकाय हो। आयुर्वेदिक औषधि उत्पादन गर्नुका साथै यो वैद्यखानाले आयुर्वेदिक उपचार सम्बन्धी सल्लाहपनि दिने गरेको छ।[१][२][३][४]विसं २०५२ देखि समिति बनाएर काम गर्दै आएको यो वैद्यखानाले देशमा उपलब्ध रहेको प्राकृतिक जडीबुटीको प्रयोग गरेर लगभग १८५ प्रकारका आयुर्वेदिक औषधिको उत्पादन गरिरहेको छ।[५][६][७]
इतिहास[सम्पादन गर्नुहोस्]
मल्लकाल[सम्पादन गर्नुहोस्]
राजा प्रताप मल्ल (वि.सं. १६९८–१७३१) को पालामा आयुर्वेदिक औषधि उत्पादन गर्ने वैद्यखानाको रूपमा स्थापना भएको थियो ।
शाहकाल[सम्पादन गर्नुहोस्]
शाहकालमा यो वैद्यखाना हनुमानढोका दरबारमा थियो।
राणाकाल[सम्पादन गर्नुहोस्]
राणा प्रधानमन्त्री जंगबहादुरको पालामा थापाथली सारिएको यो वैद्यखानालाई पछि चन्द्र शमशेरले सिंहदरबारमा सारेपछि ‘सिंहदरबार वैद्यखाना’ भनियो ।
प्रजातन्त्र[सम्पादन गर्नुहोस्]
२०५२ मा बिकास समितिबाट यो बैद्यखाना सञ्चालित छ।
-
बिक्री काउन्टर
-
सिंहदरबार वैद्यखाना बिकास समिति
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "झारा टार्ने शैलीमा अघि बढेको सिंहदरबार वैद्यखाना", स्वास्थ्य खबरपत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-२९।
- ↑ "सिंहदरबार वैद्यखानाः आफैं रुग्ण", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-२९।
- ↑ "‘घिटीघिटी’ सिंहदरबार वैद्यखाना !", लोकान्तर (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-२९।
- ↑ "ओरालो लाग्दै वैद्यखाना, औषधि उत्पादन ठप्प", नागरिक न्युज (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-२९।
- ↑ "सिंहदरबार वैद्यखाना पनि व्यवसायिकतातर्फ,चालु वर्षमै चार वटा उत्पादन जिएमपी मापदण्डभित्र", बिज मान्डु (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-२९।
- ↑ "तंग्रिँदै सिंहदरबार वैद्यखाना", नेपाल आज (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-२९।
- ↑ "आयुर्वेदसम्बन्धी निकाय चरम घाटामा", बिबिसी नेपाली (नेपालीमा), २०१४-१०-२३, अन्तिम पहुँच २०२०-१२-२९।