सिंहदरबार
सिंहदरबार | |
---|---|
![]() | |
सामान्य विवरण | |
वास्तुकलाको ढाँचा | युरोपेली शैली |
सहर | काठमाण्डौ |
राष्ट्र | नेपाल |
ग्राहक | नेपाल सरकार |
प्राविधिक विवरण | |
बनावट | ईँट र गिलेवा |
योजना तथा निर्माण | |
वास्तुकार | कुमार नरसिंह राणा, किशोर नरसिंह राणा |
सिंहदरबार नेपालका प्रधानमन्त्रीको कार्यालय तथा अन्य सरकारी कार्यालयहरू भएको परिसर हो। यो काठमाडौंको मध्य भागमा अवस्थित छ। यहाँ नेपालका सबैभन्दा महत्वपूर्ण सरकारी कार्यालयहरू रहेका छन्।
इतिहास[सम्पादन गर्ने]
सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रूपमा इ.सं. १९०३ मा बनाउन लगाएका थिए। यसको निर्माण कार्य सुरू भएको एक वर्ष भित्र नै पूरा भएको थियो। निर्माण पूरा हुँदा यसमा १,७०० वटा कोठाहरू थिए जुन त्यस बेलाको एसिया भरिको सबैभन्दा ठूलो दरवार थियो। यसको निर्माणमा त्यस बेलाको पच्चीस लाख रूपैयाँ खर्च भएको थियो।
२००७ सालमा राणा शासनको अन्त्य भए पछि सिंहदरवारमा नेपाल सरकारको कार्यालय राखियो। त्यतिबेला यो दरवारमा प्रधानमन्त्रीको कार्यालय देखि लिएर सम्पूर्ण मन्त्रालयहरू अवस्थित थिए।
२०३० सालमा यहाँ ठूलो आगलागी भएको थियो। त्यसबाट यसको पछाडि पट्टिको धेरैजसो भाग नष्ट भएको थियो। त्यस आगलागी पछि थुप्रै सरकारी कार्यालयहरू अन्त सारियो। हाल सिंहदरबार परिसरमा थुप्रै नयाँ भवनहरू बनेका छन्।
वास्तुकला तथा श्रृङ्गार[सम्पादन गर्ने]
यो भवन युरोपेली शैलीमा बनेको छ। चन्द्र शमशेर शिकार तथा कलाका सौखिन भएकाले त्यस बेला उनले यसका भित्ताहरू शिकार गरिएका जनावरहरू तथा युरोपेली शैलीका चित्रकलाहरूले सजाएका थिए। बत्ती तथा अन्य श्रृंगारका वस्तुहरू युरोपबाट मगाईएको थियो।
सरकारी कार्यालयहरू[सम्पादन गर्ने]
सिंहदरबारमा रहेका महत्वपूर्ण कार्यालयहरू यस प्रकार छन्।
मन्त्रालयहरू[सम्पादन गर्ने]
- प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
- गृह मन्त्रालय
- जलस्रोत मन्त्रालय
- उद्योग मन्त्रालय
- अर्थ मन्त्रालय
- कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय
- जल तथा शक्ति आयोग
- शान्ति तथा पुन:निर्माण मन्त्रालय
- उद्योग मन्त्रालय
- रक्षा मन्त्रालय
- वन तथा भू-संरक्षण मन्त्रालय
- सुचना तथा सञ्चार मन्त्रालय
- परराष्ट्र मन्त्रालय
- वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय
विभागहरू[सम्पादन गर्ने]
अन्य सरकारी कार्यालयहरू[सम्पादन गर्ने]
सुरक्षा व्यवस्था[सम्पादन गर्ने]
यो नेपालको सबैभन्दा महत्वपूर्ण सरकारी कार्यालय भएकाले यसको सुक्षामा नेपाली सेनाको एक गण खटाईएको छ।
सम्बन्धित लेखहरू[सम्पादन गर्ने]
बाह्य कडीहरू[सम्पादन गर्ने]
नेपाली टाइम्समा सिंहदरबारको एक चित्रकारको जीवन कथा
![]() |
विकिमिडिया कमन्समा सिंहदरबार सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |