केशरमहल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
केशर महल

केशरमहल काठमाडौंमा अवस्थित एक प्राचीन कलात्मक भवन हो। यो राणा कमाण्डर केशर सम्शेरले निर्माण गराएका हुन्।

स्वप्न बगैंचा[सम्पादन गर्नुहोस्]

मूल लेख स्वप्न बगैंचा

केशरमहल भित्र अवस्थित स्वप्न बगैंचा पर्यटकीय केन्द्र तथा प्राकृतिक सङ्ग्राहलयका रूपमा पनि परिचित छ । यस बगैंचालाई कतिपयले 'सपनाको स्वर्ग' भन्ने गरेका छन् भने कसैले मिनी यूरोप पनि । तत्कालिन नेपाली सेनाका फिल्ड मार्शल केशर शमशेर जबराले युरोप भ्रमणका बेला बेलायतका राजा 'किङ् एडवार्ड सातौँ'को बगैंचा अवलोकन गरेका थिए । त्यसैबाट प्रभावित भएर उनले १९९९ सालमा यो बगैंचाको निर्माण गरेका हुन् ।

'केशर शम्शेरको मृत्युपछि २०२१ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको यस बगैंचाले दशकौंसम्म उपेक्षित बन्नु परेको थियो । तर, अहिले यसको चर्चा व्यापक बन्दै गएको छ,' स्वप्न बगैंचा विकास समितिका कार्यकारी निर्देशक धु्रवराज रेग्मीले भने, 'आगामी दिनमा यसलाई अन्तरराष्ट्रियस्तरको बगैंचाका रूपमा विकास गर्ने तयारी गरिरहेका छौं ।' बगैंचाको पुरानो पहिचानलाई नबिग्रने गरी समयानुकूल परिवर्तन गर्ने तयारीमा लागेको पनि उनले बताए । 'पर्यटन वर्ष२०११ लाई दृष्टिगत गरी बगैंचाको प्रवर्द्धन गर्ने र यसको दीर्घकालीन व्यवस्थापनका लागि आर्थिक स्रोत जुटाउने तयारीमा समिति लागेको उनले जानकारी दिए ।

झण्डैं ७ वर्ष लगाएर पुननिर्माण गरी २०६४ सालदेखि यो बगैंचा सञ्चालनमा ल्याइएको हो । यो बगैंचा अहिले विदेशी पर्यटक सँगसँगै हजारौं नेपालीका लागि पनि मन बहलाउने र मनोरञ्जन लिने उपयुक्त स्थल बनेको छ । वास्तुकलाको अनुपम नमूनाप्रस्तुत भएको यो बगैंचाभित्र हाल प्रत्येक दिन दुइ सयभन्दा बढी र्सवसाधारण र विदेशी पर्यटक आउने गरेको बगैंचा विकास समितिका कार्यालय सहायक दिमेश कर्माचार्य बताउँछन् । व्यस्त शहरभित्र रहेको यस बगैंचामा ऋतुअनुसार फुल्ने फूल, विभिन्न प्रजातिका रुख र बुट्यानहरूको आकषर्णले धेरैलाई प्रभावित बनाएको उनी बताउँछन् । ऐतिहासिक र शास्त्रीय शैलीमा निर्माण गरिएको यो बगैंचाको नमूना वरिष्ठ वास्तुविद् किशोर नरसिंहले गरेका हुन् ।

'६ ऋतुका नामबाट निर्माण गरिएका सदन (आराम गृह), पोखरी, यूरोपियन शैलीको बरण्डा र विभिन्न प्रकारका चरा वस्ने घरहरूले यो बगैंचालाई थप आकर्षक बनाएको छ । युवाजोडीका लागि मात्र होइन परिवारसहित घुम्न र रमाइलो गर्न पनि सकिने यो बगैंचा प्रवेशका लागि नेपालीलाई ८०, विदेशीलाई १ सय ६० र बृद्धबृद्धा तथा बालबालिकालाई ४० रूपैयाँ शुल्क लाग्छ । सबैको मन लोभ्याउने स्वप्न बगैचाँमा पारिवारिकभन्दा पनि युगल जोडीको प्रवेश वढी हुने कर्माचार्य वताउँछन् । 'शान्त र सफा यो बगैंचा प्राकृतिक सुन्दरतासँगै ऐतिहासिक वास्तुकलाको ज्ञान र मनोरञ्जन लिन पनि उपयुक्त छ,' उनले भने । स्वप्न बगैंचाभित्र निजी तथा सामूहिक समारोहका साथै सांस्कृतिक र अन्य कार्यक्रमसमेत गर्न सकिन्छ । यो बगैंचामा घुम्न र मनोरञ्जन लिन आउनेहरूको सुविधालाई ध्यानमा राखेर बगैंचा हाताभित्रै 'केशर क्याफे' सञ्चालन गरेको कर्माचार्यले वताए ।

स्वप्न बगैंचाभित्र निजी तथा सामूहिक समारोहका साथै सांस्कृतिक र अन्य कार्यक्रमसमेत गर्न सकिन्छ ।