राष्ट्रपति भवन
| शितल निवास | |
|---|---|
नेपालको आधिकारिक राष्ट्रपति भवन (शितल निवास) | |
| Lua error in मोड्युल:Location_map at line 466: देशान्तरको लागि कुनै पनि मान दिइएको छैन्. | |
| सामान्य विवरण | |
| स्थान | काठमाडौँ,नेपाल |
| हाल भाडामा लिनेहरू | नेपालको राष्ट्रपति |
| सम्पन्न | सन् १९३४ |
राष्ट्रपति भवन शितल निवास नेपालको राष्ट्रपतिको आधिकारिक निवास हो । यो भवन महाराजगंज (काठमाडौँ)मा अवस्थित छ । यो भवनको निर्माण चन्द्र शम्सेर राणाले सन् १९६० मा गराएका हुन् ।[१] नेपाल सरकारले सन् २००८ जुलाई ४ मा मन्त्रीपरिषदको बैठकद्वारा शितल निवासलाई आधिकारिक रूपमा राष्ट्रपति निवास बनाउने घोषणा गरेको थियो । नेपालको वर्तमान राष्ट्रपति यसै निवासमा बसोबास गर्दै आएका छन् ।[२][३]
यो दरबार राणा प्रधानमन्त्री चन्द्रशमसेरले वि.सं. १९८० मा आफ्न छोरा कृष्णशमशेरका लागि बनाइदिएका थिए। इन्जिनियर द्वय कुमारनरसिंह र किशोरनरसिंह राणाले यो दरबारको डिजाइन गरेका हुन् । यो दरबार करिब १४० रोपनी जग्गा भित्र बनेको थियो । वि.सं. १९९० माघ २ को महाभूकम्पबाट यस दरबारको निकै क्षति भएकोले कृष्णशमशेरले यसको मर्मत संहार गरेर आधुनिक तरिकाले निर्माण गर्न लगाएका थिए । पछि कृष्णशमशेरले यो भवन तत्कालिन सरकारलाई हस्तान्तरण गरेका हुन्।
राणा शासनको अन्त्यपश्चात नेपाल सरकारले यो भवनलाई सरकारी अतिथिगृहको रूपमा प्रयोग गरेको थियो । पछि यसलाई परराष्ट्र मन्त्रालयको लागि समेत प्रयोग गरिएको थियो । गणतन्त्रको स्थापनापछि वि.सं. २०६५ साल असार २० को मन्त्रीपरिषद्को निर्णय बमोजिम नेपाल सरकारले यस दरबारलाई राष्ट्रपति भवनमा परिणत गरेको हो।[४]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ Abiral, Krishna (२००५), Raktakunda, Kathmandu: Sajha Prakashan, पृ: 12।
- ↑ "Cabinet OKs 21 CA names, Shital Niwas for prez palace", The Kathmandu Post, ४ जुलाई २००८, अन्तिम पहुँच ३० अप्रिल २०१४। अभिलेखिकरण ६ अक्टोबर २०१४ वेब्याक मेसिन
- ↑ दीक्षित, कमल (पौष १९, २०७१), "मजलिसको आँखा–५", हिमाल खबर, अन्तिम पहुँच जेठ २, २०७९। अभिलेखिकरण २०२२-०५-१६ वेब्याक मेसिन
- ↑ कार्यालय, राष्ट्रपतिको, "शीतल-निवासकाे-परिचय", राष्ट्रपतिको कार्यालय।