बबरमहल
स्वरूप
| बबर महल | |
|---|---|
बबरमहल हाल सडक विभाग रहेको भवन | |
![]() | |
| सामान्य विवरण | |
| वास्तुकलाको ढाँचा | युरोपेली शैली |
| सहर | काठमाण्डौ |
| राष्ट्र | नेपाल |
| ग्राहक | चन्द्र शमशेर जङ्गबहादुर राणा, बबरसम्शेर राणा |
| प्राविधिक विवरण | |
| बनावट | ईँट र गिलेवा |
| योजना तथा निर्माण | |
| वास्तुकार | कुमार नरसिंह राणा, किशोर नरसिंह राणा |
बबरमहल लण्डनको बकिङघम दरबारको स्वरूपमा वि.सं. १९७० सालमा चन्द्र सम्शेरले आफ्नो छोरा बबरसम्शेर राणाको निम्ति बनाएका थिए। सात हेक्टर जग्गाभित्र रहेको उक्त दरबारको आन्तरिक साजसज्जामा बेलायती शैलीको प्रभाव परेको पाइन्छ ।
१९९० सालको भूकम्पपछि १९९१मा त्यस दरबारको जीर्णोद्धार गरियो । त्यहाँ हाल सडक विभाग रहेको छ । यस दरबारको जग्गाभित्र अहिले महालेखा परीक्षकको कार्यालय, भवन विभाग आदि सरकारी कार्यालयहरू रहेका छन् भने दरबारको क्षेत्रफलको केही अंशमा बबरशमशेरकै सन्तानहरूको स्वामित्व रहेको छ ।
बबरमहलको हालको नाजुक स्थितिप्रति चिन्तित हुँदै बबरशमशेरकै नाति जितु राणा आफू जन्मेको दरबारको त्यस्तो दुःखलाग्दो हालतले गर्दा नै बबरमहलकै ढाँचा र स्वरूपको अनुसरण गरी बबरमहल रिभिजिटेडको निर्माण गरेको बताउँछन् ।
इतिहास
[सम्पादन गर्नुहोस्]
