सामग्रीमा जानुहोस्

बबर शम्शेर जङ्गबहादुर राणा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Commanding-General
Sir
बबर शमशेर जङ्गबहादुर राणा
श्री ३ महाराजकुमार महारथी
बबर शमशेर जङ्गबहादुर राणा
श्री ३ महाराजकुमार बबर शमशेर जङ्गबहादुर राणा
महारथी, नेपाली सेना
प्रधान सेनापति नेपाली सेना
कार्यकाल
1948–1951
पूर्वाधिकारीमोहन शम्शेर
उतराधिकारीकिरण शम्शेर
रक्षा मन्त्री of नेपालl
व्यक्तिगत विवरण
जन्म(१८८८-०१-२७)२७ जनवरी १८८८
मृत्यु१२ मे १९६०(1960-05-12) (उमेर ७२)
नाताश्री ३ महाराज चन्द्र शमशेर जङ्गबहादुर राणा (पिता)
श्री ३ महाराज मोहन शमशेर जङ्गबहादुर राणा (दाजु),
फिल्ड मार्सल केशर शमशेर जङ्गबहादुर राणा (भाइ),
प्रधान सेनापति गौरव शमशेर जङ्गबहादुर राणा (पनाति)
AwardsGCVO
GBE,
KCSI,
KCIE
Order of the Star of Nepal,
गोरखा दक्षिण बाहु,
त्रि शक्ति पट्ट,
ओम राम पट्ट,
Chief Commander of the Legion of Merit
Military service
Allegiance Nepal
Branch/service Nepalese Army
Years of service1901-1951
Rankकमाण्डिंग अफिसर
Battles/warsप्रथम विश्वयुद्ध
द्वितीय विश्वयुद्ध

Deprecated parameter honorific-prefixDeprecated parameter serviceyears

बबर शम्शेर राणा राणाशासनका अन्तिम कमाण्डर इन चिफ थिए। उनी प्रधानमन्त्री मोहन शम्शेरका भाइ थिए। मोहन सम्शेर पछि यिनी नै प्रधानमन्त्रीको रोलक्रममा थिए। यिनको नेतृत्वमा नेपाली सेना प्रथम विश्वयुद्धमा पठाइएको थियो, द्वितिय विश्वयुद्ध मा एकराज शमशेर र व्रम्ह शमशेरकाे नेतृत्वमा पठाइएको ।

अंग्रेजले भारत छाडेर जानेबेला मोहन शमसेर राणालाई अंग्रेजले आफ्नो भूभाग फिर्ता लिन पत्र लेखेका थिए । तर बबर शमसेर जङ्गबहादुर राणा राणा शासन नै धर्रमरिएको अवस्थामा त्यसो गर्न नहुने भन्दै उनका दाजु मोहन शम्शेरलाई रोकेका थिए ।

कमान्डिङ जनरल बबर शमशेर कडा स्वभावका कट्टरपन्थी पुरातनवादी थिए। प्रधानमन्त्री पद्म शमशेरलाई शासन त्यागेर निर्वासित हुने छोडने अवस्थामा पुर्याउनेमा उनको ठुलो भूमिका थियो। दाजु प्रधानमन्त्री महाराज मोहन शमशेर कमजोर शासक भएको हुनाले गर्दा जनताले  बिद्रोह गर्न सकेको भन्ने उनको विश्वास थियो।

आसेपसेहरु पनि पद्म शमशेरलाई जस्तै गरेर मोहन शमशेरलाई लखेटेर शासन भार सम्हाल्नका निमित्त उनलाई सत्ता हत्याउन उकास्ने गर्थे । । राणा परिवारका कट्टर पन्थिहरु जुनसुकै हालतमा पनि राणाहरुले मुलुकको शासन भार गुमाउनु हुदैन, जनबिद्रोहलाई दमन गर्नु पर्दछ भन्ने मान्यता राख्थे । २००७ सालको क्रान्ति दिल्ली सम्झौतामा टुंगिए पछि त्यस समूह नेताको खोजीमा थियो। त्यस व्यक्ति जसले मुलुकमा आतंक मच्चाएर जनताका प्रतिनिधिहरु शासन सम्हाल्न सक्षम छैनन् त्यसकारण राणा शासन पुनः फर्काउने कार्य गर्न सकोस् ।[]

अन्तरिम मन्त्री मण्डल

[सम्पादन गर्नुहोस्]

वि.सं. २००७ सालको क्रान्तिपछि नेपालमा राणा शासनको अन्त्य भई वि.सं. २००७ साल फागुन ७ मा गठन भएको राणा - काङ्ग्रेस मन्त्रिपरिषदमा रक्षामन्त्रीका रुपमा रहेका बबर शमशेर थिए ।[] पहिलो मन्त्रिपरिषदको बैठकमा मन्त्रीहरू वरियताक्रमअनुसार लहरै बस्ने भयो । प्रधानमन्त्रीपछि गृहमन्त्री विश्वेश्वरप्रसाद कोइराला बसेका थिए । केही ढिला गरी पुगेका बबर शमशेरले दाजु प्रधानमन्त्री मोहन शमशेरपछि बिपी बसेको देखेपछि रिसले चुर भए । उनले बिपी बसेको कुर्चीमा खुट्टाले हान्दै दोश्रोमा आफू बस्ने अडान लिए । रक्षामन्त्री बबर शम्शेरले 'विश्वेश्वर बाबु, हिजोसम्म सेनाको चिफ र श्री ३ पछि दोस्रो मैं थिएँ, अहिले केही समयको लागि भए पनि यो मर्यादा राखिदिनोस्, म सहीमात्र गर्छु, र बम्बई गएर बस्छु' भन्न थाले। संक्रमणकाल व्यवस्थापनका कुशल व्यक्ति विश्वेश्वरले यो कुरा तत्काललाई मानिदिए।[] बिपीले विवादलाई गम्भिर नबनाउने ध्येयले बबर शमशेरका लागि कुर्ची छोडिदिए । बैठकपछि प्रधानमन्त्री मोहनशमशेरले भाइलाई सम्झाउँदै दोश्रोमा बिपी नै बस्ने हो, तेश्रोमा तिमी बस्नु भने । उनलाई अब हुने बैठकमा बिपीभन्दा पछि बस्न मनले मानेन । बरु रक्षामन्त्रीको पद नै छोड्ने निधो गरे ।[]

अन्ततः २००८ जेठ २७ गते बबर शमशेरले मन्त्रिपरिषदबाट राजिनामा दिए । राजीनामापछि उनले सम्हाल्दै आएको रक्षा मन्त्रालय मोहन शमशेरले नै लिए भने उनको स्थानमा राणाहरूबाट सिंहशमशेरलाई ल्याइयो र उनलाई वन मन्त्रालयको पदभार सुम्पियो ।

उत्तरार्ध जीवन

[सम्पादन गर्नुहोस्]

मन्त्रिपरिषदबाट राजिनामा दिएका बबर शमशेरले भने केवल मन्त्रिपरिषद मात्र छोडेनन्, उनले देश नै छोड्ने निधो गरे । भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुलाई विशेष अनुरोध गरेर विशेष विमान चार्टर्ड गरी सो जहाजमा कुनै किसिमको चेकजाँच नगर्नेगरी सपरिवार धनसम्पति हिरामोती, जवाहरात बोकेर बैंगलोरतर्फ गएका थिए ।[] त्योबेला बबर शमशेरका साथ स-साना नाति-नातिनीहरू पनि संगै बेंगलोर गएका थिए । त्यतिबेला बबर शमशेर तथा उनका परिवारले कांग्रेसलाई सबैभन्दा ठूलो दुश्मन नै मानेका थिए । देशमा प्रजातन्त्र आएपश्चात केही समयपछि नै भारतको बंगलोरमा पलायन भएका बबरशम्शेर केही वर्षको भारत प्रवासपछि नेपाल फर्केका थिए । उनको २०१७ बैशाख ३० गते बबरमहलमा नै निधन भएको थियो ।[]

Rana family 1915.jpg
Rana family 1915

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "श्रद्धाञ्जली–एक सदाबहार बिद्रोही नेतालाई" (नेपालीमा), अन्तिम पहुँच २०२२ अप्रिल ११ अभिलेखिकरण २०२३-०२-०२ वेब्याक मेसिन
  2. "राजा त्रिभुवनको २००७ साल फागुन ७ गतेको शाही घोषणा", राजा त्रिभुवनको २००७ साल फागुन ७ गतेको शाही घोषणा, अन्तिम पहुँच २०२५-०५-१८
  3. नागरिक, "राष्ट्रिय स्वाभिमानको क्षयीकरण", nagariknews.nagariknetwork.com (नेपालीमा), अन्तिम पहुँच २०२५-०५-१८
  4. 1 2 "बबर शम्शेरलाई वरियताक्रममा चित्त नबुझेपछि…", Nepali Digital Newspaper (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०५-१८
  5. "गुमनाम सुवर्ण शमशेर", गुमनाम सुवर्ण शमशेर, अन्तिम पहुँच २०२५-०५-१८

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]