विसं १९९० को महाभूकम्प

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
१९९० को महाभूकम्प
विसं १९९० को महाभूकम्प नेपाल-এ অবস্থিত
विसं १९९० को महाभूकम्प
मिति १९९० माघ २
परिमाण ८.२ Mw
गहिराई ३३.० किलोमिटर (२१ माइल)
निर्देशाङ्क पुर्वी नेपाल केन्द्रबिन्दु
प्रभावित देशहरू नेपाल
भारत
चीन
तीव्रता ८.२ रेक्टर स्केल
सुनामी न आएको
हताहत १६८७५ मृत्यु ,३३१९ [१][२] घाइते नेपालमा र बिहारमा ७२५३

वि.सं. १९९० साल माघ २ गतेका दिन दिनको २ बजे नेपालको अधिकाङ्स भागमा प्रलयदूत महाभूकम्प गएको थियो , जसमा अधिराज्यभरिको अनुमानित क्षति तीन लाख अठ्ठासी हजार घर भत्की क्षतिग्रस्त ,१६८७५ जनाको मृत्यु र ३३१९ जना गम्भीर रूपमा घाइते भए ।[३] पशुपन्छी के कति भए त्यसको लेखाजोखा सम्भव भएन । प्रधानमन्त्री जुद्ध शमशेरले भूकम्प पिडितोद्वार संस्था र कोषको स्थापना गराइ स्वयंसेवी सेवा , निर्व्याजी ॠण सुबिधा दिई तत्कालीन राष्ट्रिय विप्लवबाट पार पाउने प्रयास गरेका थिए ।

यसबाट काठमाडौ उपत्यकामा आधुनिक किसिमबाट पुननिर्माण भयो । उनले भूकम्पको स्थितिबाट पार पाउन मुलुकीखानाबाट ५० लाखको चादी लिइ डेढ करोड बराबरका मुद्रा गराएका थिए । यसले गर्दा देशमा मुद्रास्फीति चर्केको थियो ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. Encyclopedia of Disasters: Environmental Catastrophes and ..by Angus Macleod Gunn - 2008
  2. Advanced Soil Dynamics and Earthquake Engineering by Bharat Bhushan Prasad - 2011- Page 14
  3. "बृहत ज्ञान् कोश"


बाह्य कडी[सम्पादन गर्ने]


यो पनि हेर्नुहोस[सम्पादन गर्ने]