सामग्रीमा जानुहोस्

राजाराम सुवेदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राजाराम सुवेदी
जन्म२४ असार, वि. सं. २००९
ढिकुरेपोखरी, कास्की
पेशाप्राध्यापन
इतिहासकार
उल्लेखनीय कार्य
इतिहास
जीवनसाथीहरिकला सुवेदी
मातापितापं नरपति उपाध्याय सुवेदी
जयश्री सुवेदी[]

डा. राजाराम सुवेदी त्रिभुवन विश्वविद्यालयका इतिहास विषयका प्राध्यापक हुन् ।

नेपालीको इतिहास नेपाली नै लेख्नुपर्छ भनेको सुवेदीको मान्यता छ। विदेशीले तोडमोड गरेर लेखेमा खण्डन गर्न सक्ने क्षमता हामीसँग हुनैपर्छ , नत्र इतिहास दूषित हुने कुरा उनले लेखेका छन्।

काठमाडौं उपत्यका केन्द्रित इतिहासले मात्र समग्र नेपालको प्रतिनिधित्व गर्दैन भन्ने उनको प्राज्ञिक मान्यता थियो। यसै अनुरुप उनले मोफसल (उपत्यकाबाहिर) का क्षेत्रहरूलाई केन्द्रमा राखेर इतिहास लेखेका छन् । धेरैजसो नेपाली इतिहासकारहरूले काठमाडौं उपत्यका र शाहकालीन केन्द्रीय इतिहासमा मात्र ध्यान केन्द्रित गरिरहँदा सुवेदीले आफ्नो जीवनको लामो समय कर्णाली र सुदूरपश्चिमका बाइसी तथा चौबीसी राज्यहरूको इतिहास खोतल्नमा बिताए। उनले ती क्षेत्रका दुर्गम गाउँहरूमा पुगेर पुराना अभिलेख, ताम्रपत्र र शिलापत्रहरू संकलन गरे, जसका कारण आज अछाम, डोटी र गुल्मी जस्ता जिल्लाहरूको लिखित इतिहास दस्तावेजका रूपमा सुरक्षित छ। []

प्रा.डा. सुवेदीको जन्म २४ असार, वि. सं. २००९ मा ढिकुरपोखरी, कास्कीमा भएको थियो ।

स्नातकोत्तर (इतिहास ,संस्कृति बुद्ध अध्ययन ) स्नातक (कानुन)

विद्यावारिधि (बझाङको इतिहास) त्रिभुवन विश्वविद्यालय, वि. सं. २०४४

प्रकाशित कृति

[सम्पादन गर्नुहोस्]
सि.नं.कृतिप्रकाशित
१.कर्णाली प्रदेशको मध्यकालीन इतिहासवि. सं. २०५४
२.गुल्मीको ऐतिहासिक झलकवि. सं. २०५५
३.बाइसी राज्यको ऐतिहासिक रुपरेखावि. सं. २०५५
४.कर्णाली प्रदेशमा मध्यकालीन डोटी राज्यवि. सं. २०५६
५.मध्यपूर्वको इतिहासवि. सं. २०५८
६.अछामको इतिहासवि. सं. २०५८
७.कास्की राज्यको इतिहासवि. सं. २०६०
८.नेपालको तथ्य इतिहास[]वि. सं. २०६०

पुरस्कार तथा सम्मान

[सम्पादन गर्नुहोस्]
  • शुभराज्यभिषेक पुरस्कार - वि. सं. २०३१
  • शान्तिक्षेत्र पुरस्कार - वि. सं. २०३९
  • महेन्द्र विद्याभूषण 'क' - वि. सं. २०४४
  • स्नातक समाज नेपाल सम्मान - वि. सं. २०५४
  • बलराम स्मृति वाङमय पुरस्कार- वि. सं. २०७० []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
  1. "नेपालको तथ्य इतिहास" ग्रन्थकारका तर्फबाट उद्घोष
  2. नेपाल, तस्वीरमा, "काठमाडौंनै इतिहास मात्र नेपालको इतिहास होइन"
  3. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: लेखक परिचय, आइएसबिएन 99933-2-406-X
  4. संस्कृतिविद् सुवेदी पुरस्कृत चितवन पोष्ट January 26, 2014