विद्यावारिधी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
परम्परागत पोशाकको साथ अक्सफोर्ड विश्वविद्यालयका विद्यावारिधि उपाधि प्राप्त एक पुरुष

विद्यावारिधि (स्पेनी: doctor philosophiae) (उच्चारण - दोक्तोर फिलोसोफियाय) विश्वविद्यालयको उच्च स्नातकोत्तर उपाधि हो जसलाई धेरै देशका विश्वविद्यालयहरूले अध्ययन पश्चात् प्रदान गर्छन् वा अर्को शब्दमा भन्नु पर्दा तोकिएको योग्यता प्राप्त गरेपछि सम्बन्धित विश्वविद्यालयबाट अनुमति दिई अनुसन्धानपूर्ण शोधग्रन्थ तयार गरेर स्वीकृत भएमा दिइने विशेष उपाधि हो।[१] निश्चित शैक्षिक क्षेत्रहरूको पूर्ण अध्ययनका पश्चात् यस उपाधिद्वारा सम्मानित गरिन्छ। एक अर्जित अनुसन्धान स्नातकोत्तरको रूपमा, विद्यावारिधिको लागि अध्ययन गर्नेहरूलाई मूल अनुसन्धान उत्पादन गर्न आवश्यक हुन्छ जसले ज्ञानको सिमाना विस्तार गर्दछ।[२] यो सामान्यतया एक शोधग्रन्ध वा शोध प्रबन्धको रूपमा वा उक्त क्षेत्रका विज्ञहरूका विरुद्ध उनीहरूको कामको रक्षा गर्दछ। विद्यावारिधि पूरा गर्न प्राय: विश्वविद्यालयको प्राध्यापक, अन्वेषक, वा थुप्रै क्षेत्रमा वैज्ञानिकको रूपमा रोजगारीको लागि आवश्यक हुन्छ। विद्यावारिधि प्राप्त गरेका व्यक्तिहरूले (प्रायः "डाक्टर वा डा" नेपालमा) शीर्षक प्रयोग गर्न सक्दछ, यद्यपि यस प्रयोगसँग सम्बन्धित उचित शिष्टाचार व्यावसायिकको अधीनमा हुन सक्दछ। जो विश्वविद्यालयमा पढाउँछन् वा शैक्षिक, वा अनुसन्धान क्षेत्रमा काम गर्छन् तिनीहरूलाई प्रायः यो शीर्षक द्वारा व्यावसायिक र सामाजिक रूपमा अभिवादन वा कुराकानीमा सम्बोधन गरिन्छ।

विद्यावारिधिलाई अध्ययन क्षेत्रको विस्तृतीकरण पनि मानिन्छ। यस उपाधि प्राप्त गर्न शोधार्थीले अनुसन्धानका माध्यमद्वारा फरक वा नयाँ सिद्घान्त प्रतिपादन गर्ने वा प्रचलित सिद्घान्तहरूको व्यापक र विस्तृत वर्णन गर्दै शोधपत्रका रूपमा प्रस्तुत गर्ने गर्नुपर्छ हुन्छ र शोधपत्र स्वीकृत भएपछि मात्र शोधार्थीले यस उपाधि प्राप्त गर्दछन्।

नेपालमा[सम्पादन गर्ने]

विद्यावारिधि नेपालको उच्च शैक्षिक स्तर हो। यो कार्यक्रम ३ देखि ५ वर्षे हुन्छ जसका लागि स्नातकोत्तर आवश्यक हुन्छ। प्रवेशका लागि अनिवार्य रूपमा परीक्षा हुन्छ। विद्यावारिधि प्रायः अनुसन्धान कार्यक्रमहरू हन् जुन शोधग्रन्धमा आधारित हुन्छन्। यसमा कुनै अतिरिक्त पाठ्यक्रम छैन।[३]

नेपालमा त्रिभुवन विश्वविद्यालयले विद्यावारिधि अध्ययनको व्यवस्था गरेको थियो। नेपालमा २०३० सालमा नेपालको पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा वासुदेव त्रिपाठीलाई विद्यावारिधिको उपाधि प्रदान गरिएको थियो।[४] रसायनशास्त्रमा २०३३ सालमा विद्यावारिधिको उपाधि पाउने प्रथम नेपाली महिला बिनु लोहनी हुन्। हाल नेपालमा विज्ञान तथा प्रविधि, अभियान्त्रिकरण, वन विज्ञान, कृषि तथा पशु विज्ञान र चिकित्साशास्त्र अध्ययन संस्थान एवम् व्यवस्थापन, मानविकी, कानुन, शिक्षाशाास्त्र सङ्कायमा विद्यावारिधि उपाधि प्रदान गरिन्छ।[५] प्रत्येक सङ्कायका लागि विद्यावारिधिका फरक फरक मापदण्डहरू छन्।[६] कुनै विषयमा दर्शनशास्त्रमा स्नातकोत्तर वा मात्र स्नातकोत्तर उत्तीर्ण गरेकालाई मात्र विद्यावारिधिका लागि योग्य मानिन्छ।त्रिभुवन विश्वविद्यालयले विद्यावारिधिका लागि प्रवेश परीक्षाको व्यवस्था गरेको छ। नेपाल सरकारले चिकित्साशास्त्र वा अभियान्त्रिकरण लगायतका विषयहरूमा अध्ययन गर्नुभन्दा अगाडि प्रवेश परीक्षामा अनिवार्य रूपमा उत्तीर्ण हुनुपर्ने व्यवस्था गरेको छ।[७]

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले स्वदेश र विदेशका विश्वविद्यालयबाट प्राप्त विद्यावारिधिका लागि त्रिभुवन विश्वविद्यालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्रबाट समकक्षताको प्रमाणपत्र लिन अनिवार्य गरेको छ। [८]

आवश्यकताहरू[सम्पादन गर्ने]

विद्यावारिधि उपाधिका लागि विस्तृत आवश्यकताहरू विश्वभर र विद्यालय देखि विद्यालय सम्म फरक हुन्छन्। सामान्यतया विद्यार्थीले यो हासिल गर्नका लागि कुनै पनि विषयमा स्नातकोत्तर तह अनिवार्य रूपमा पार गरेको हुनु पर्दछ। उदाहरणका लागि अमेरिका, क्यानडा, भारत र डेनमार्कमा धेरै विश्वविद्यालयहरूलाई विद्यावारिधिका लागि अनुसन्धानको अतिरिक्त पाठ्यक्रम लागू गरिएको छ। अन्य देशहरूमा (जस्तै बेलायत) त्यहाँ सामान्यतया त्यस्तो कुनै अवस्था छैन, यद्यपि यो विश्वविद्यालय र क्षेत्र अनुसार फरक हुन्छ। केही व्यक्तिगत विश्वविद्यालय वा विभागहरूले विद्यार्थीहरूका लागि अतिरिक्त आवश्यकताहरू निर्दिष्ट गर्दछन्। एक सफल विद्यावारिधि प्रवेश आवेदन पेश गर्नका लागी, शैक्षिक कागजात, सिफारिस पत्र, एक शोध प्रस्ताव, र एक व्यक्तिगत कथन आवश्यक पर्दछ। धेरै जसो विश्वविद्यालयहरूले पनि प्रवेश गर्नु भन्दा पहिले विशेष अन्तर्वार्ताको लागि आमन्त्रित गर्दछन्।[९]

उम्मेद्वारले एउटा परियोजना वा शोधग्रन्ध प्रस्तुत गर्नुपर्दछ जुन प्रायः मूल शैक्षिक अनुसन्धानमा आधारित हुनु पर्दछ। सिद्धान्तमा सहकर्मी समीक्षा सन्दर्भको रूपमा प्रकाशनको लागि योग्य हुन्छ। धेरै देशहरूमा, एक उम्मेद्वारले विश्वविद्यालयबाट नियुक्त विज्ञ परीक्षकहरू समक्ष उक्त कामको रक्षा गर्नुपर्दछ। अन्य देशहरूमा, शोधग्रन्ध विशेषज्ञ परीक्षकहरूको समूहद्वारा जाँच गरिन्छ जसले उक्त शोधग्रन्थ सिद्धान्तमा पारित गर्न योग्य छ वा छैन भनेर अध्ययन गर्दछन्। उनीहरूले शोधग्रन्ध पारित गर्नु अघि सम्बोधन गर्न आवश्यक पर्ने कुनै पनि समस्याहरूको प्रस्तुत गर्दछ।[१०]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "The disposable academic", द इकोनोमिस्ट, १६ डिसेम्बर २०१०। 
  2. हिस्की, रोबर्ट, "How address the holder of a Doctorate", www.formsofaddress.info, अन्तिम पहुँच २०१८-०८-२३ 
  3. "विद्यावारिधि नै किन ?"नागरिक दैनिक। सङ्ग्रह मिति २१ मे २०२० 
  4. "विद्यावारिधि शोधको गुणस्तर"। सङ्ग्रह मिति २१ मे २०२० 
  5. "थरीथरी पीएचडीधारी"कान्तिपुर। सङ्ग्रह मिति २१ मे २०२० 
  6. "विश्वविद्यालय र विद्यावारिधी"कान्तिपुर। सङ्ग्रह मिति २१ मे २०२० 
  7. "विद्यावारिधी, विज्ञ र समाज"नागरिक। सङ्ग्रह मिति २१ मे २०२० 
  8. "विद्यावारिधी तरङ्ग"। सङ्ग्रह मिति २१ मे २०२० 
  9. हिच्की, रोबर्ट, "How address the holder of a Doctorate", www.formsofaddress.info, अन्तिम पहुँच २०१८-०८-२३ 
  10. Categorieën promovendi, Wageningen University; Ph.D. scholarship programmes, Rijksuniversiteit Groningen Faculteit Wiskunde en Natuurwetenschappen; Sandwich Ph.D., Technissche Universitat Kaiserslautern.

बाह्य कडीहरू[सम्पादन गर्ने]

त्रिभुवन विश्वविद्यालयको आधिकारिक वेबसाइट