इतिहास

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
प्राक् इतिहास प्राचीन इतिहास मध्य इतिहास आधुनिक इतिहास

इतिहास शब्द (इति + ह + आस; अस् धातु, लिट् लकार अन्य पुरुष तथा एक वचन)को तात्पर्य हो "यो निश्चय थियो"।

ग्रीसको मान्छेहरूले इतिहासको लागि "हिस्ट्री" (history) शब्दको प्रयोग गर्थे। "हिस्तरी"को शाब्दिक अर्थ "बुन्नु" थियो। अनुमान गर्न सकिन्छ कि ज्ञात घटनाहरूलाई व्यवस्थित ढंगबाट बुनेर यस्तो चित्र उपस्थित गर्ने कोशिश गरिन्थ्यो जुन सार्थक र सुसंबद्ध बन्न सकोस।

यस प्रकार इतिहास शब्दको अर्थ हो - परंपरादेखि प्राप्त उपाख्यान समूह (जस्तै कि लोक कथा), बीरगाथा) (जस्तै कि महाभारत) अथवा ऐतिहासिक साक्ष्य।

इतिहास अंतर्गत हामी जुन विषयको अध्ययन गर्छौँ त्यसमा अहिले सम्म घटित घटनाहरू अथवा त्यो सँग संबंध राखने घटनाहरूको कालक्रमानुसार वर्णन हुन्छ।

अर्को शब्दमा भन्दा अहिले सम्मको उल्लेखित विशिष्ट घटना नै इतिहास हो अथवा प्राचीनतादेखि नवीनता तर्फ आउने मानवजाति सँग संबंधित घटनाहरूको वर्णन नै इतिहास हो।

इतिहासको आधार र स्रोत[सम्पादन गर्ने]

इतिहासको मुख्य आधार युगविशेष र घटनास्थलको त्यो अवशेषहरू नै हुन जुन कुनै न कुनै रूपमा प्राप्त हुन्छन्। जीवनको बहुमुखी व्यापकताकै कारण स्वल्प सामग्रीको आधारमा विगत युग अथवा समाजको चित्रनिर्माण गर्नु दु:साध्य छ। सामग्री जतिनै धेरै हुदैँ जान्छ त्यही अनुपातबाट बीतेको युग तथा समाजको रूपरेखा प्रस्तुत गर्नु साध्य हुदैँ जान्छ। पर्याप्त साधनहरू हुंदा पनि भन्न सकिन्न कि कल्पनामिश्रित चित्र निश्चित रूपबाट शुद्ध अथवा सत्य नै होला। त्यसैले उपयुक्त कमीलाई ध्यानमा राखि केही विद्वान् बन्छन् कि इतिहासको संपूर्णता असाध्य जस्तै छ, फेरी पनि यदि हाम्रो अनुभव र ज्ञान प्रचुर बनोस, ऐतिहासिक सामग्रीको जाँच-पडतालले हाम्रो कला तर्कप्रतिष्ठत होस तथा कल्पना संयत र विकसित होस त अतीतको हाम्रो चित्र धेरै मानवीय र प्रमाणिक हुन सक्छ। सारांश यो हो कि इतिहासको रचनामा पर्याप्त सामग्री, वैज्ञानिक ढंगबाट त्यसको जाँच, त्यसबाट प्राप्त ज्ञानको महत्व बुझ्ने विवेक साथै साथ ऐतिहासक कल्पनाको शक्ति तथा सजीव चित्रणको क्षमताको आवश्यकता छ

थप[सम्पादन गर्ने]

इतिहासको बारेमा थप जानकारी हासिल गर्न निम्न मध्य एक रोज्नुहोस्:-