सामग्रीमा जानुहोस्

नेपालको इतिहास

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

एसियाका ठूला देशहरू चीनभारतको बीचमा हिमालयको काखमा बसेको नेपालको इतिहास यस क्षेत्रका अन्य देशहरूको भन्दा फरक छ। नेपालदेखि दक्षिणपट्टि रहेका देशहरू विदेशी अधिनमा रहँदा पनि नेपाल स्वतन्त्र राष्ट्रको रूपमा रहिरह्यो । विभिन्न धर्मशास्त्र तथा पुराणहरूमा नेपाललाई अत्यन्तै प्राचीन भूमिको रूपमा वर्णन गरिएको छ । करीब १३ करोड वर्ष अगाडि बनेका यहाँका पर्वत शृङ्खलाहरू र उपत्यकाहरूमा पछि आएर प्राणीहरूको आकर्षण विशेष रूपमा बढ्दै गएको पाइन्छ । नेपाल नामको पहिलो उल्लेख अथर्वपरिशिष्टमा गरिएको पाइन्छ । अथर्वपरिशिष्टको समय निश्चित गर्न नसकिए तापनि इसापूर्व ५००–६०० को बीचमा यसको निर्माण भएको मानिन्छ । यसमा नेपाललाई कामरू, विदेह उदुम्बर, अवन्ती र कैकय देशहरूसँगै राखी चर्चा गरिएको छ । मूल सर्वास्तिवाद, विनयवस्तु नामको बौद्ध ग्रन्थमा पनि नेपालबारे चर्चा गरिएको छ । यसमा भगवान बुद्धको समयमै उनका चेलाहरू व्यापारीहरूका साथ नेपाल पसेको घटना उल्लेख गरिएको छ । महाभारत वनपर्वमा नेपाललाई विषय (देश) को रूपमा वर्णन गरिएको छ । जैन ग्रन्थ आवश्यक सूत्र तथा कौटल्यको अर्थशास्त्र (ई.पू. चौथो शताब्दी) ले पनि नेपालको बारेमा उल्लेख गरेका छन्।त्यस्तै भारतीय गुप्त सम्राट समुद्रगुप्तले आफ्नो इलाहाबाद अभिलेखमा आसाम र किर्तिपुर (कुमाउँ) नेपालको उल्लेख छिमेकी राज्य को रूपमा गरेका छन् भने त्यसपछिका प्रायः सबै स्श्रोतहरूले नेपालको उल्लेख स्वतन्त्र राज्यको रूपमा नै गरेका छन् । नेपालका शिलालेखहरूमा भने वि.सं. ५२२ पछि पाइएका अभिलेखमा नेपाल शब्दको उल्लेख भएको छ । यसरी यो मुलुक अत्यन्तै प्राचीन समयदेखि नै नेपाल नामबाट परिचित रहेको स्पष्ट हुन्छ । नेपाललाई सत्य युगमा सत्यवती, त्रेता युगमा तपोवन र द्वापर युगमा मुक्तिसोपान भनिन्थ्यो र कलि युगमा नेपाल भन्ने गरिएको कुरा हाम्रा पौराणिक ग्रन्थहरूमा उल्लेख छ ।

हाम्रो देश नेपालको नामकरण कसरी भयो भन्ने बारेमा नेपाल शब्द सबैभन्दा पहिला अथर्ववेदमा उल्लेख गरिएको पाइन्छ। यसअनुसार नेपाल हिमालको काखमा भएको कारणबाट नेपाल नामको उत्पत्ति संस्कृत शब्द 'निपालयबाट भएको हुन सक्छ, जसको अर्थ "पहाडको आधार (खुट्टा) " अथवा "खुट्टामा निवास" हो । यसका साथै तलका कथनहरू पनि सुन्नमा आउने गर्दछन्:

  • नेपाल शब्द तिब्बती भाषा नियमपालबाट आएको हो, यसको अर्थ हो "पवित्र भूमी" हुन्छ।
  • धेरै लामो समय पहिला नेपाल धेरै मात्रामा ऊनको उत्पादन गरिन्थ्यो र ऊन राख्नलाई तिरपालको घरको प्रयोग गरिन्थ्यो। यहाँ ने जसको अर्थ हो ऊन र पाल जसको अर्थ हो तिरपाल भएकोले यसै शब्दबाट नेपाल नाम रहन गएको हुन सक्छ।
  • ने नाम गरेका ऋषीले संरक्षण दिएका कारण नेपाल(संरक्षण गर्नु) भन्ने शब्द मिली नेपाल बनेको हुन सक्छ।

काठमाडौँ उपत्यकामा पाइएका नि‍योलि‍थि‍क उपकरणहरूबाट यो थाहा पाइन्‍छ कि‍ नेपालमा मानि‍सको बसोबास कम्‍ति‍मा पनि‍ ९ हजार वर्ष पहि‍लादेखि‍ हुँदै आएको छ| यसले देखाएको छ कि मानिसहरू जुन शायद किराँत जातिका थिए लगभग १००० वर्ष अगाडि यहाँ बसोबास गर्दथे। किराँती जंगली र पहाडीहरूको एक जनजाति हो, जुन मध्य एसिया, भारत र हिमालयबाट आएर बस्न थाले। किराँत कालभन्दा अगाडि पनि यो मुलुकमा गोपाल, महिषपाल जस्ता अन्य जातिहरूको राज्य थियो भन्ने अपुष्ट इतिहासहरू पनि पाइन्छ तर प्रष्ट प्रमाणको अभावमा किराँत काल सुरु हुनुभन्दा अगाडिको समयलाई प्रामाणिक इतिहासको रूपमा लिइँदैन। यसर्थ आजसम्म नेपालको प्रामाणिक प्राचीन इतिहासको सुरुवात किराँत कालबाटै सुरु भएको हो भन्ने कुराको ऐतिहासिक मान्यता स्थापित भइसकेका छन्। यस कालका राजा यलम्बरलाई नै प्रथम किराँती राजाको रूपमा मानिन्छ।

लिच्छवी काल

[सम्पादन गर्नुहोस्]

सन ४०० देखि ७५० सम्म नेपालको हालको राजधानी काठमाडौँमा लिच्छवीहरूले शासन गर्दथे। कौटिल्यको अर्थशास्त्र अनुसार तथा चिनियाँ यात्री हुएन साङ्गको यात्रा वृत्तान्त अनुसार वैशालीबाट भागेर आएका केही वीर पुरुषले किराँतहरूलाई खेदेर लिच्छवी वंशको स्थापना गरे । पाइएका शिलालेख, मुद्रा र चाँगुनारायण मन्दिरका अभिलेखहरूबाट मानदेव लिच्छवी वंशका प्रथम ऐतिहासिक राजा थिए । अंशुवर्माको भारतका राजा हर्षवर्धनसँग निकटतम वैवाहिक सम्बन्ध थियो । यस तथ्यबाट यो पुष्टि हुन्छ कि गण्डकीदेखि कोशीसम्म पहाडी भूभागमा लिच्छवीहरूले किराँतहरूलाई धपाई एकछत्र राज्य गरेका थिए भने तराई प्रदेशमा प्रसेनजीतर अजातशत्रुका सन्तानहरू मिथिला राज्यलाई आफ्नो अन्तर्गत वैशाली र पाटलीपुत्र राज्यमा समावेश गरेका थिए । अंशुवर्मापछि नरेन्द्रदेवलाई भारतीय रजौटाहरूले समर्थन सहयोग गरी राज्यारुढ गरेका थिए । नरेन्द्रपछि गुप्त वंशका शासनले गर्दा सम्पूर्ण राज्य स-साना राज्य रजौटामा विभाजित भयो । यी सम्पूर्ण घटना ईसा पूर्वका हुन् । उता बङ्गालमा चालुक्यसेनहरूको राज्य थियो । नान्यदेव चालुक्य राजाको सेनापति थिए । जसले तिरहुत डोय राज्यको स्थापना गरी सिम्रोनगढलाई राजधानी बनाए । मुसलमान आक्रामक शुद्धिन तुगलकका भयले नान्यदेवका पनाति हरि सिंहदेव सर्लाही जिल्ला हुँदै भक्तपुर पुगे र यिनकी श्रीमती राजल देवीले जयस्थिति मल्ललाई ज्वाइँ बनाई मल्लवंशको शासन स्थापित गराइन् ।

नेपाल एकीकरण

[सम्पादन गर्नुहोस्]
नेपालको एकीकरण
गोर्खा अधिराज्य
नेपालको वृहत रूप
नेपाल अधिराज्यको वृहत रूप (१८०५) मा।
गोर्खा अधिराज्यको स्थापना१५०० ई
पृथ्वीनारायण शाहको जन्म१७२३
पृथ्वीनारायण शाह राजा बनेको१७४३
गोर्खा अधिराज्य नाम परिवर्तन१७६९ (नेपाल अधिराज्य)
विभिन्न क्षेत्रको एकीकरण
नुवाकोट१७४४
किर्तिपुर१७६६
सिक्किम, दार्जीलिंग१७८८-१७९०
कान्तिपुर, भक्तपुर१७६८
ललितपुर१७६९
सेन अधिराज्य१७७३
किराती राज्य१७७५
बाइसे राज्य१७८७
चौबिसे राज्य१७८१
कुमाउँ१७९०
गढवाल१८०४
विशाल नेपालको दुर्भाग्य
नेपाल अंग्रेज युद्ध१८१४-१६
सुगौली सन्धि२ डिसेम्बर १८१५

विसं १७९९ मा गोर्खाका राजा नरभुपाल शाहको निधन पश्चात राज्य सम्हालेका उनका जेठा छोरा पृथ्वी नारायण शाहको राज्य विस्तारको सोच सँगै नेपालको एकिकरणको सुरुवात भयो। उनले प्रथम पटक नुवाकोटमा विसं १८०० मा आक्रमण गरे तर त्यस पटक उनी पराजित भए। फेरी विसं १८०१ म दोस्रो पटक आक्रमण गरी उनले नुवाकोटमाथि विजय प्राप्त गरे। त्यसपछि उनले विसं १८१४ र विसं १८२१ मा कीर्तिपुरको युद्धमा दुबै पटक नराम्रो हार ब्यहोर्नु पर्यो। यस युद्धमा किर्तिपुरेहरूले सेनापति कालु पाण्डेलाई मारिदिए र पृथ्वी नारायण शाह भाइ सुरप्रतापको आँखा समेत फोडिदिए। विसं १८२२ चैत्र ३ गते पुन: किर्तिपुरमाथी आक्रमण गरी विजय हासिल गरे। पृथ्वी नारायणले विसं १८२५ भाद्र शुक्ल चर्दुशीमा काठमाडौँमा इन्द्रजात्रा मनाइरहेको दिन पारेर आक्रमण गरेर जित हासिल गरे। यसपछि उनले क्रमश: विसं १८२५ आश्विन २२ मा ललितपुर, विसं १८२६ कार्तिकमा भक्तपुरमाथि विजय प्राप्त गरे।

नेपाल अधिराज्य

[सम्पादन गर्नुहोस्]

मुख्य लेख: नेपाल अधिराज्य

मुख्य लेख: शाह वंश

पृथ्वी नारायण शाहले काठमाडौँ उपत्यकामा विजय हासिल गरिसकेपछि विसं १८२६ मा आफ्नो देशको राजधानीनुवाकोटबाट काठमाडौँमा सार्नुसँगै नयाँ नेपाल अधिराज्यको पनि स्थापना गरे। पृथ्वी नारायणको मृत्यूपछि पनि शाहवंशको राज्य विस्तार अभियान रोकिएन।>राज्य विस्तार पछि अनेकन सन्धीहरु भए पश्चात १९२३ ई २१ डिसेम्वर का दिन नेपाल र अँग्रेजहरुको विच पनि एक नया सन्धी भयो सन्धीमा निम्न उल्लेखित धाराहरु छन्(१)नेपाल र ग्रेटब्रिटेनका सरकारको विच सदाकाल मैत्री र शान्ती रहनेछ।देशी र वैदेशिक नीति र व्यवहारमा दुवै सरकार एक अर्काको पूर्ण स्वतन्त्रता मान्नेछन्।(२)वर्तमान सन्धीका धाराहरूले छुने विषयहरुवाहेक १८१५ ई.को सुगौली-सन्धी र त्यसपछिका अन्य प्रत्येक सन्धी,सम्झौता आदी यश सन्धीद्वारा खारिज हुनेछन्।(३)दुवै राज्यका सिमाना जोरिएका छिमेकी देशहरूसित कुनै झगडा-टण्टा उठेको खण्डमा प्रस्तुत सन्धी गर्ने दुवै पक्षले पारस्परिक मैत्री र शान्ती कायम राख्न आपसी सल्लाहद्वारा त्यस झगडा-टण्टाको समाधान गर्नेछन्।(४)सन्धी गर्ने दुवै पक्षले आफ्नो सरहदमा सकेसम्म कुनै यस्तोकाम हुन दिनेछैनन् जसद्वारा आर्कोदेशको सुरक्षा र शान्तीमा वाधापरोस्।(५)नेपाल र ब्रिटिश सरकारमा मैत्री भएकोले यो सम्बन्ध कायम रहेसम्म नेपाल ब्रिटिश-भारत वा त्यसमार्फत अन्यकुनैदेशसित आवश्यक युध्द-सामग्री किन्न स्वतन्त्रहुनेछ।नेपालसरकारपनी मंजूरगर्दछ कि सरकारी वा व्यक्तीगततरिकाले ती युध्द-सामग्री नेपालको सिमान्तपारी जानेछैनन्।कुनै सस्रास्र-नियन्त्रक समिती गठितभएको खण्डमा र ग्रेटब्रिटेनपनी त्यस समितिको एक सदस्य भएको खण्डमा नेपाललेपनी त्यसकोसदस्यबनी त्यस समितिका नियमअनुसार शस्रास्र झिकाउनुपर्नेछ।(६)स्वदेशी उपयोगकानिमित्त नेपालले विदेशबाट झिकाएका मालहरूमा ब्रिटिश भारतका बन्दरगाहमा भन्सार लाग्नेछैन।मालआएकासमयमा यसविषयमा निर्धारित अधिकारिहरूले बन्दरगाहकाचिफ-कस्टम्स अफिसरको समक्ष आवश्यक प्रमाण पेश गर्नुपर्नेछ।स्रोत:-नेपालको ऐतिहासिकरुपरेखापाना३६०-६१वाट-बिष्णुहरिलामिछाने-

प्रधानमन्त्री जंगबहादुर राणा

राणाहरूले गरेको पारिवारिक शासन। नेपालमा यो विक्रम सम्बत १९०३ देखि प्रारम्भ भएर २००७ साल सम्म कायम रह्यो। यसमा राणा प्रधानमन्त्रीका भाइ-भतिजामा पद सर्दै जाने नियम थियो। देशका मुख्य मुख्य शक्तिशाली पदहरूमा पनि राणा खानदानका नै मानिसहरू नियुक्त हुन्थे। आधारभूत मौलिक अधिकार हुँदैनथ्यो। राणाले जे बोले पनि कानुन सरह लागू हुन्थ्यो।

प्रजातन्त्र

[सम्पादन गर्नुहोस्]

पञ्चायती शासन

[सम्पादन गर्नुहोस्]

प्रथम जनआन्दोलन

[सम्पादन गर्नुहोस्]

मुख्य लेख: नेपालको जनआन्दोलन २०४६

विसं २०४६ मा भएको नेपालको प्रथम जनआन्दोलनमा विभिन्न राजनीतिक दलहरू एकै उद्देश्य लिएर सडकमा उत्रिएका थिए। नेपाली कांग्रेसले नेतृत्त्व गरेको यो आन्दोलनमा विभिन्न कम्युनिस्ट पार्टीहरूको समूह संयुक्त वाम मोर्चा बनाएर आन्दोलनमा उत्रियो। ५० दिनसम्म चलेको यो आन्दोलनमा तत्कालीन पञ्चायती शासकहरूले बर्बरतापूर्वक दमन गरे।२०१७ सालमा राजा महेन्द्रले जन निर्वाचित तत्कालिन प्रधानमन्त्रीलाई पदच्यूत गर्दै संसद समेत भङ्ग गरेर निर्दलीय पञ्चायती व्यवस्था कायम गरे। तर १८ सालको क्रान्ति, ३३ सालको बीपीको मेलमिलाप नीति, २०३६ सालको विद्यार्थी आन्दोलन आदिको दवावका कारण २०३६मा तत्कालीन राजा बीरेन्द्रले नेपालमा जनमत सँग्रह गराए। बहुदल वा सुधारिएको पञ्चायत कुन रोज्ने भनी गराइएको जनमत संग्रहमा राज्य शक्तिको चरम दुरूपयोग गरी पञ्चायत पक्षलाई जिताइयो। त्यसपछि पनि देशमा बहुदलीय व्यवस्था स्थापना हुन नसकेपछि २०४२ सालमा नेपाली कांग्रेसले सत्याग्रह सुरू गर्यो। अन्तत यो कदम २०४६ मा जनआन्दोलनमा परिणत भयो।

माओवादी जनयुद्ध र संकटकाल

[सम्पादन गर्नुहोस्]

मुख्य लेख: नेपालको जनयुद्ध

नारायणहिटी हत्याकाण्ड

[सम्पादन गर्नुहोस्]

विसं २०५८ जेठ १९ गते राती नारायणहिटी दरवारभित्र भएको रक्तपातपूर्ण गोलीकाण्डमा राजा बीरेन्द्रको परिवारका सबैजनाको हत्या भयो। राजा बीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र (एक दिन पछि मृत्यु भएको भनिएको), राजकुमारी श्रुती, राजकुमार निराजन लगायत राजपरिवारको मृत्यु भएको थियो।

दोस्रो जनआन्दोलन

[सम्पादन गर्नुहोस्]

मुख्य लेख: नेपालको जनआन्दोलन २०६३

दोस्रो जनआन्दोलन नेपालमा भएको शान्तिपूर्ण आन्दोलन थियो जुन १९ दिनसम्म चलेको थियो। यस आन्दोलनले नेपालको २ सय ३७ वर्ष पुरानो राजतन्त्र ढालेर देशमा लोकतान्त्रिक गणतन्त्रको जग बसाल्यो। यस आन्दोलनमा विभिन्न राजनीतिक पार्टी र शसस्त्र युद्ध गरिरहेको माओवादी समेत सम्मिलित भएको थियो।

नेपाल शब्द सबैभन्दा पहिला अथर्ववेदमा उल्लेख गरिएको पाइन्छ। यसअनुसार नेपाल हिमालको काखमा भएको कारणबाट नेपाल नामको उत्पत्ति संस्कृत शब्द 'निपालयबाट भएको हुन सक्छ, जसको अर्थ "पहाडको आधार (खुट्टा) " अथवा "खुट्टामा निवास" हो । यसका साथै तलका कथनहरू पनि सुन्नमा आउने गर्दछन्:

  • नेपाल शब्द तिब्बती भाषा नियमपालबाट आएको हो, यसको अर्थ हो "पवित्र भूमी" हुन्छ।
  • धेरै लामो समय पहिला नेपाल धेरै मात्रामा ऊनको उत्पादन गरिन्थ्यो र ऊन राख्नलाई तिरपालको घरको प्रयोग गरिन्थ्यो। यहाँ ने जसको अर्थ हो ऊन र पाल जसको अर्थ हो तिरपाल भएकोले यसै शब्दबाट नेपाल नाम रहन गएको हुन सक्छ।
  • ने नाम गरेका ऋषीले संरक्षण दिएका कारण नेपाल(संरक्षण गर्नु) भन्ने शब्द मिली नेपाल बनेको हुन सक्छ।

काठमाडौँ उपत्यकामा पाइएका नि‍योलि‍थि‍क उपकरणहरूबाट यो थाहा पाइन्‍छ कि‍ नेपालमा मानि‍सको बसोबास कम्‍ति‍मा पनि‍ ९ हजार वर्ष पहि‍लादेखि‍ हुँदै आएको छ| यसले देखाएको छ कि मानिसहरू जुन शायद किराँत जातिका थिए लगभग १००० वर्ष अगाडि यहाँ बसोबास गर्दथे। किराँती जंगली र पहाडीहरूको एक जनजाति हो, जुन मध्य एसिया, भारत र हिमालयबाट आएर बस्न थाले। किराँत कालभन्दा अगाडि पनि यो मुलुकमा गोपाल, महिषपाल जस्ता अन्य जातिहरूको राज्य थियो भन्ने अपुष्ट इतिहासहरू पनि पाइन्छ तर प्रष्ट प्रमाणको अभावमा किराँत काल सुरु हुनुभन्दा अगाडिको समयलाई प्रामाणिक इतिहासको रूपमा लिइँदैन। यसर्थ आजसम्म नेपालको प्रामाणिक प्राचीन इतिहासको सुरुवात किराँत कालबाटै सुरु भएको हो भन्ने कुराको ऐतिहासिक मान्यता स्थापित भइसकेका छन्। यस कालका राजा यलम्बरलाई नै प्रथम किराँती राजाको रूपमा मानिन्छ।

लिच्छवी काल

[सम्पादन गर्नुहोस्]

सन ४०० देखि ७५० सम्म नेपालको हालको राजधानी काठमाडौँमा लिच्छवीहरूले शासन गर्दथे। कौटिल्यको अर्थशास्त्र अनुसार तथा चिनियाँ यात्री हुएन साङ्गको यात्रा वृत्तान्त अनुसार वैशालीबाट भागेर आएका केही वीर पुरुषले किराँतहरूलाई खेदेर लिच्छवी वंशको स्थापना गरे । पाइएका शिलालेख, मुद्रा र चाँगुनारायण मन्दिरका अभिलेखहरूबाट मानदेव लिच्छवी वंशका प्रथम ऐतिहासिक राजा थिए । अंशुवर्माको भारतका राजा हर्षवर्धनसँग निकटतम वैवाहिक सम्बन्ध थियो । यस तथ्यबाट यो पुष्टि हुन्छ कि गण्डकीदेखि कोशीसम्म पहाडी भूभागमा लिच्छवीहरूले किराँतहरूलाई धपाई एकछत्र राज्य गरेका थिए भने तराई प्रदेशमा प्रसेनजीतर अजातशत्रुका सन्तानहरू मिथिला राज्यलाई आफ्नो अन्तर्गत वैशाली र पाटलीपुत्र राज्यमा समावेश गरेका थिए । अंशुवर्मापछि नरेन्द्रदेवलाई भारतीय रजौटाहरूले समर्थन सहयोग गरी राज्यारुढ गरेका थिए । नरेन्द्रपछि गुप्त वंशका शासनले गर्दा सम्पूर्ण राज्य स-साना राज्य रजौटामा विभाजित भयो । यी सम्पूर्ण घटना ईसा पूर्वका हुन् । उता बङ्गालमा चालुक्यसेनहरूको राज्य थियो । नान्यदेव चालुक्य राजाको सेनापति थिए । जसले तिरहुत डोय राज्यको स्थापना गरी सिम्रोनगढलाई राजधानी बनाए । मुसलमान आक्रामक शुद्धिन तुगलकका भयले नान्यदेवका पनाति हरि सिंहदेव सर्लाही जिल्ला हुँदै भक्तपुर पुगे र यिनकी श्रीमती राजल देवीले जयस्थिति मल्ललाई ज्वाइँ बनाई मल्लवंशको शासन स्थापित गराइन् ।

नेपाल एकीकरण

[सम्पादन गर्नुहोस्]
नेपालको एकीकरण
गोर्खा अधिराज्य
नेपालको वृहत रूप
नेपाल अधिराज्यको वृहत रूप (१८०५) मा।
गोर्खा अधिराज्यको स्थापना१५०० ई
पृथ्वीनारायण शाहको जन्म१७२३
पृथ्वीनारायण शाह राजा बनेको१७४३
गोर्खा अधिराज्य नाम परिवर्तन१७६९ (नेपाल अधिराज्य)
विभिन्न क्षेत्रको एकीकरण
नुवाकोट१७४४
किर्तिपुर१७६६
सिक्किम, दार्जीलिंग१७८८-१७९०
कान्तिपुर, भक्तपुर१७६८
ललितपुर१७६९
सेन अधिराज्य१७७३
किराती राज्य१७७५
बाइसे राज्य१७८७
चौबिसे राज्य१७८१
कुमाउँ१७९०
गढवाल१८०४
विशाल नेपालको दुर्भाग्य
नेपाल अंग्रेज युद्ध१८१४-१६
सुगौली सन्धि२ डिसेम्बर १८१५

विसं १७९९ मा गोर्खाका राजा नरभुपाल शाहको निधन पश्चात राज्य सम्हालेका उनका जेठा छोरा पृथ्वी नारायण शाहको राज्य विस्तारको सोच सँगै नेपालको एकिकरणको सुरुवात भयो। उनले प्रथम पटक नुवाकोटमा विसं १८०० मा आक्रमण गरे तर त्यस पटक उनी पराजित भए। फेरी विसं १८०१ म दोस्रो पटक आक्रमण गरी उनले नुवाकोटमाथि विजय प्राप्त गरे। त्यसपछि उनले विसं १८१४ र विसं १८२१ मा कीर्तिपुरको युद्धमा दुबै पटक नराम्रो हार ब्यहोर्नु पर्यो। यस युद्धमा किर्तिपुरेहरूले सेनापति कालु पाण्डेलाई मारिदिए र पृथ्वी नारायण शाह भाइ सुरप्रतापको आँखा समेत फोडिदिए। विसं १८२२ चैत्र ३ गते पुन: किर्तिपुरमाथी आक्रमण गरी विजय हासिल गरे। पृथ्वी नारायणले विसं १८२५ भाद्र शुक्ल चर्दुशीमा काठमाडौँमा इन्द्रजात्रा मनाइरहेको दिन पारेर आक्रमण गरेर जित हासिल गरे। यसपछि उनले क्रमश: विसं १८२५ आश्विन २२ मा ललितपुर, विसं १८२६ कार्तिकमा भक्तपुरमाथि विजय प्राप्त गरे।

नेपाल अधिराज्य

[सम्पादन गर्नुहोस्]

पृथ्वी नारायण शाहले काठमाडौँ उपत्यकामा विजय हासिल गरिसकेपछि विसं १८२६ मा आफ्नो देशको राजधानी नुवाकोटबाट काठमाडौँमा सार्नुसँगै नयाँ नेपाल अधिराज्यको पनि स्थापना गरे। पृथ्वी नारायणको मृत्यूपछि पनि शाहवंशको राज्य विस्तार अभियान रोकिएन।>राज्य विस्तार पछि अनेकन सन्धीहरु भए पश्चात १९२३ ई २१ डिसेम्वर का दिन नेपाल र अँग्रेजहरुको विच पनि एक नया सन्धी भयो सन्धीमा निम्न उल्लेखित धाराहरु छन्(१)नेपाल र ग्रेटब्रिटेनका सरकारको विच सदाकाल मैत्री र शान्ती रहनेछ।देशी र वैदेशिक नीति र व्यवहारमा दुवै सरकार एक अर्काको पूर्ण स्वतन्त्रता मान्नेछन्।(२)वर्तमान सन्धीका धाराहरूले छुने विषयहरुवाहेक १८१५ ई.को सुगौली-सन्धी र त्यसपछिका अन्य प्रत्येक सन्धी,सम्झौता आदी यश सन्धीद्वारा खारिज हुनेछन्।(३)दुवै राज्यका सिमाना जोरिएका छिमेकी देशहरूसित कुनै झगडा-टण्टा उठेको खण्डमा प्रस्तुत सन्धी गर्ने दुवै पक्षले पारस्परिक मैत्री र शान्ती कायम राख्न आपसी सल्लाहद्वारा त्यस झगडा-टण्टाको समाधान गर्नेछन्।(४)सन्धी गर्ने दुवै पक्षले आफ्नो सरहदमा सकेसम्म कुनै यस्तोकाम हुन दिनेछैनन् जसद्वारा आर्कोदेशको सुरक्षा र शान्तीमा वाधापरोस्।(५)नेपाल र ब्रिटिश सरकारमा मैत्री भएकोले यो सम्बन्ध कायम रहेसम्म नेपाल ब्रिटिश-भारत वा त्यसमार्फत अन्यकुनैदेशसित आवश्यक युध्द-सामग्री किन्न स्वतन्त्रहुनेछ।नेपालसरकारपनी मंजूरगर्दछ कि सरकारी वा व्यक्तीगततरिकाले ती युध्द-सामग्री नेपालको सिमान्तपारी जानेछैनन्।कुनै सस्रास्र-नियन्त्रक समिती गठितभएको खण्डमा र ग्रेटब्रिटेनपनी त्यस समितिको एक सदस्य भएको खण्डमा नेपाललेपनी त्यसकोसदस्यबनी त्यस समितिका नियमअनुसार शस्रास्र झिकाउनुपर्नेछ।(६)स्वदेशी उपयोगकानिमित्त नेपालले विदेशबाट झिकाएका मालहरूमा ब्रिटिश भारतका बन्दरगाहमा भन्सार लाग्नेछैन।मालआएकासमयमा यसविषयमा निर्धारित अधिकारिहरूले बन्दरगाहकाचिफ-कस्टम्स अफिसरको समक्ष आवश्यक प्रमाण पेश गर्नुपर्नेछ।स्रोत:-नेपालको ऐतिहासिकरुपरेखापाना३६०-६१वाट-बिष्णुहरिलामिछाने-

प्रधानमन्त्री जंगबहादुर राणा

राणाहरूले गरेको पारिवारिक शासन। नेपालमा यो विक्रम सम्बत १९०३ देखि प्रारम्भ भएर २००७ साल सम्म कायम रह्यो। यसमा राणा प्रधानमन्त्रीका भाइ-भतिजामा पद सर्दै जाने नियम थियो। देशका मुख्य मुख्य शक्तिशाली पदहरूमा पनि राणा खानदानका नै मानिसहरू नियुक्त हुन्थे। आधारभूत मौलिक अधिकार हुँदैनथ्यो। राणाले जे बोले पनि कानुन सरह लागू हुन्थ्यो।

प्रजातन्त्र

[सम्पादन गर्नुहोस्]

पञ्चायती शासन

[सम्पादन गर्नुहोस्]

प्रथम जनआन्दोलन

[सम्पादन गर्नुहोस्]

विसं २०४६ मा भएको नेपालको प्रथम जनआन्दोलनमा विभिन्न राजनीतिक दलहरू एकै उद्देश्य लिएर सडकमा उत्रिएका थिए। नेपाली कांग्रेसले नेतृत्त्व गरेको यो आन्दोलनमा विभिन्न कम्युनिस्ट पार्टीहरूको समूह संयुक्त वाम मोर्चा बनाएर आन्दोलनमा उत्रियो। ५० दिनसम्म चलेको यो आन्दोलनमा तत्कालीन पञ्चायती शासकहरूले बर्बरतापूर्वक दमन गरे।२०१७ सालमा राजा महेन्द्रले जन निर्वाचित तत्कालिन प्रधानमन्त्रीलाई पदच्यूत गर्दै संसद समेत भङ्ग गरेर निर्दलीय पञ्चायती व्यवस्था कायम गरे। तर १८ सालको क्रान्ति, ३३ सालको बीपीको मेलमिलाप नीति, २०३६ सालको विद्यार्थी आन्दोलन आदिको दवावका कारण २०३६मा तत्कालीन राजा बीरेन्द्रले नेपालमा जनमत सँग्रह गराए। बहुदल वा सुधारिएको पञ्चायत कुन रोज्ने भनी गराइएको जनमत संग्रहमा राज्य शक्तिको चरम दुरूपयोग गरी पञ्चायत पक्षलाई जिताइयो। त्यसपछि पनि देशमा बहुदलीय व्यवस्था स्थापना हुन नसकेपछि २०४२ सालमा नेपाली कांग्रेसले सत्याग्रह सुरू गर्यो। अन्तत यो कदम २०४६ मा जनआन्दोलनमा परिणत भयो।

माओवादी जनयुद्ध र संकटकाल

[सम्पादन गर्नुहोस्]

नारायणहिटी हत्याकाण्ड

[सम्पादन गर्नुहोस्]

विसं २०५८ जेठ १९ गते राती नारायणहिटी दरवारभित्र भएको रक्तपातपूर्ण गोलीकाण्डमा राजा बीरेन्द्रको परिवारका सबैजनाको हत्या भयो। राजा बीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र (एक दिन पछि मृत्यु भएको भनिएको), राजकुमारी श्रुती, राजकुमार निराजन लगायत राजपरिवारको मृत्यु भएको थियो।

दोस्रो जनआन्दोलन

[सम्पादन गर्नुहोस्]

दोस्रो जनआन्दोलन नेपालमा भएको शान्तिपूर्ण आन्दोलन थियो जुन १९ दिनसम्म चलेको थियो। यस आन्दोलनले नेपालको २ सय ३७ वर्ष पुरानो राजतन्त्र ढालेर देशमा लोकतान्त्रिक गणतन्त्रको जग बसाल्यो। यस आन्दोलनमा विभिन्न राजनीतिक पार्टी र शसस्त्र युद्ध गरिरहेको माओवादी समेत सम्मिलित भएको थियो।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल

[सम्पादन गर्नुहोस्]

इतिहास(नेपाल हिमालयहो,यसकोकाख समुन्द्रीसतहसम्म फैलिएकोछ,जुन दृश्यआजपनी सजिवछ र सजिवरहनेनैछ-बिष्णुहरिलामिछाने-)

हिमालय क्षेत्रमा मानिसहरू बस्न थालेको कम्तिमा पनि ९,००० वर्ष भएको कुरा काठमाडौँ उपत्यकामा पाइएका प्राचीन औजारहरूबाट पुष्टि हुन्छ। सम्भवत: भोट-बर्मेली मूलका मानिसहरू नेपालमा २,५०० वर्ष अगाडि बसोबास गर्दथे।[४]

ईशापूर्व १५०० तिर इन्डो-आर्यन जातिहरू उपत्यका प्रवेश गरे। ईशापूर्वको १००० तिर स-साना राज्यहरू र राज्यसङ्गठनहरू बने। सिद्धार्थ गौतम (ईशापूर्व ५६३–४८३) त्यस्तै एक वंश, शाक्यवंशका राजकुमार थिए, जसले आफ्नो राजकाज त्यागी तपस्वीको जीवन अँगाले र उनी बुद्ध भनेर विश्व प्रसिद्ध भए।

ईशापूर्वको २५० सम्ममा, यो क्षेत्र उत्तर भारतको मौर्य साम्राज्यको प्रभावमा पर्‍यो र पछि चौँथो शताब्दिमा गुप्त साम्राज्यको अधीनस्थ राज्य हुनपुग्यो। यो क्षेत्रमा ५औं शताब्दिको उत्तरार्द्धमा आएर लिच्छवीहरूले राज्य गरे। ८औं शताब्दिको उत्तरार्धमा लिच्छवीवंश अस्त हुनथाल्यो र सन् ८७९ देखि नेवार युगको उदय भयो, तथापि उनीहरूको नियन्त्रणमा देशको कति विस्तार भएको थियो यकिन छैन। ११औं शताब्दिको उत्तरार्द्धमा दक्षिण भारतबाट आएका चालुक्य साम्राज्यको प्रभावमा नेपालको दक्षिणी भूभाग पर्‍यो। चालुक्यहरूको प्रभावमा त्यति बेला चलिआएको बुद्ध धर्मको साटो राजाहरूले हिन्दू धर्मको समर्थन गर्न थाले र नेपालमा हिन्दू धर्म तर्फको धार्मिक परिवर्तन हुनथाल्यो।

१३औं शताब्दिको पूर्वार्द्धमा संस्कृत शब्द मल्ल थर भएका नाइकेहरूको उदय हुनथाल्यो। सुरूमा उनीहरूको सत्ता उदयमान भयो, तर त्यसपछिका २०० वर्षहरूमा राजाहरूले उनीहरूको शक्ति एकमुष्ट पार्ने मात्र काम गरे। १४औं शताब्दिको उत्तरार्धमा देशका धेरैजसो भागहरू एकीकृत राज्यको अधीनमा आए। तर यो एकीकरण छोटो समयसम्म मात्र टिक्यो: १४८२मा यक्ष मल्लको समयमा आफ्ना छोराहरूलाई अंशबण्डामा काठमाडौँ उपत्यकाका तीन राज्य बाँडेर दिने निर्णय पछि यो राज्य तीन भागमा टुक्रियो - काठमाडौँ, पाटन, र भादगाउँ – जसको बीचमा शताब्दियौंसम्म खिचातानी र दुश्मनी रहिरहेको थियो।

१७६५ मा, गोरखाका राजा पृथ्वीनारायण शाहले थोरैमात्र हतियार र सहयोग जुटाई छिमेकी राज्यहरू, (खासगरी लम्जुङ्ग, कास्की र तनहूँ)को तटस्थता आफ्नो पक्षमा उपयोग गर्न सफल भएपछि देश एकीकरणका निम्ति अघि बढे। धेरै रक्तरञ्जित लडाईंहरू पश्चात्, उनी ३ वर्षपछि काठमाडौँ उपत्यकालाई विशाल नेपाल भित्र एकीकरण गर्ने अभियानमा सफलता प्राप्त गरे।तथापि उनले तत्कालीन राजा जयप्रकाश मल्लले राज्य गरिरहेको काठमाडौँ राज्यलाई जित्दाखेरि कुनै युद्ध गर्नु परेन। वास्तवमा, त्यतिबेला इन्द्रजात्रा पर्वमा काठमाडौँ उपत्यकाका सबै जनताहरू जात्रा मनाइरहेका थिए जब पृथ्वी नारायण शाहले आफ्ना सेनाहरू लिएर खासै कुनै मेहनतबिना उपत्यकालाई कब्जा गरे आफै बसेर जात्रा चलाएर साँस्कृतिक सम्मानको अवधारणा प्रस्तुत गरे। त्यसैगरी नेपाल एकीकरणको सिलसिलामा सम्पूर्ण साना राज्यहरू जितेपछि पूर्वमा पल्लो किरात लिम्बूवान राज्य पुगे लिम्बूवान राज्यमा १७ पटक सम्म हमला गरी वि.स‌ं २२/०४/१८३१ मा लिम्बूवानको केन्द्रीय राजधानी विजयपुरमा लालमोहर सहित तम्रपत्रमा लेखी सन्धि भयो। यसले नयाँ नेपालको जन्मको आधारशिला तय गर्‍यो।

तिब्बतसँग हिमाली मार्गको नियन्त्रणको निम्ति भएको विवाद र त्यस पश्चातको युद्धमा चीन तिब्बतको सहायताको लागि आएपछि नेपाल पछि हट्नुपर्‍यो। नेपालको सीमा नजीकका स-साना राज्यहरूलाई हडपेका कारण सुरू भएको ब्रिटिस इस्ट इण्डिया कम्पनी सँगको दुश्मनीका कारण रक्तरञ्जित एङ्गलो-नेपाल युद्ध (१८१४–१६) भयो, जसमा नेपालले हालको सीमा रक्षा गर्न सफल भएपनि महाकाली नदी पश्चिमको आफ्ना क्षेत्रहरू गुमाउनु पर्‍यो। ती क्षेत्रहरू हालको उत्तराखण्ड राज्य र हालको हिमाञ्चल प्रदेशका धेरै पञ्जाबी पहाडी राज्यजहरू पर्दछन। आफ्नो स्वाधीनताका लागि नेपालले इस्ट इण्डिया कम्पनिसँग सुगौली सन्धि गरेर तराईका केही भूभाग र एक तिहाइभन्दा बढी भूभाग सहित सिक्किम ,दार्जिलिनङ्ग गुमाउनु पर्‍यो। कांगडासम्म पुगेका नेपाली र सतलजदेखि टिस्टासम्मको विशाल नेपाल मेची र कालीमा सीमित हुन पुग्यो, तर पनि पछि १८६०मा प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणासँग खुसी भई अङ्ग्रेजले नेपाललाई राप्तीदेखि कालीसम्मको तराई फर्काइदिएका थिए।

राज परिवार बीचको गुटबन्दीका कारण युद्धपछि अस्थायित्व कायम भयो। सन् १८४६मा शासन गरिरहेकी रानीको सेनानायक जङ्गबहादुर राणालाई पदच्युत गर्ने षड्यन्त्रको खुलासा हुनाले कोतपर्व घट्न पुग्यो। हतियारधारी सेना र रानीप्रति बफादार भाइ-भारदारहरूबीच मार-काट चल्नाले देशका सयौं राजखलक, भारदारहरू र रजौटाहरूको हत्या भयो। जङ्गबहादुरले जितेपछि राणा खानदान सुरू गरे र राणा शासन लागू गरे। राजालाई नाममात्रमा सीमित गरियो र प्रधानमन्त्री पदलाई शक्तिशाली र वंशाणुगत गरियो। राणाहरू पूर्णनिष्ठाले ब्रिटिसहरूका पक्षमा थिए र ब्रिटिसहरूलाई १८५७को सिपोई रिबेलियन (प्रथम भारतीय स्वतन्त्रता संग्राम), र पछि दुबै विश्व युद्धहरूमा सघाएका थिए। सन् १९२३मा संयुक्त अधिराज्य र नेपालबिच आधिकारिक रूपमा मित्रताको सम्झौतामा हस्ताक्षर भयो, जसमा नेपालको स्वतन्त्रतालाई संयुक्त अधिराज्यले स्विकार्‍यो।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]