दमक नगरपालिका
दमक नगरपालिका | |
---|---|
निर्देशाङ्क: २६°३४′N ८७°४३′E / २६.५६°N ८७.७२°Eनिर्देशाङ्कहरू: २६°३४′N ८७°४३′E / २६.५६°N ८७.७२°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | झापा |
स्थापित | २०७१ मङ्सिर १६ |
सरकार | |
• नगरप्रमुख | रामकुमार थापा (राष्ट्रिय प्रजातन्त्र पार्टी) |
• उपप्रमुख | रेगिना भट्टराई (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | १०९.८६ किमी२ (४२.४२ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १०७,२२७ |
• घनत्व | ९८०/किमी२ (२५००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०२३ |
वेबसाइट | आधिकारिक वेबसाइट |
दमक नगरपालिका झापाका ८ वटा नगरपालिकाहरू मध्ये एक हो।[३]
परिचय
[सम्पादन गर्नुहोस्]दमक पूर्वि नेपालको विकसित सहरहरू मध्ये एक हो। १० वटा वार्डले भरिएको यो नगरपालिकामा विभिन्न जात जातिहरू छन जस्तै:- लिम्बु, राई, गुरुङ, मगर, तामाङ, धिमाल, क्षेत्री, बाहुन, राजवंशी, थारु, दमाई, कामि इत्यादि।
भौगोलिक अवस्थिति
[सम्पादन गर्नुहोस्]दमकको पूर्वमा रतुवा खोला र पश्चिममा मावा खोला छ। दमकको रतुवा पुल पूर्वि नेपालको लामो पुलहरूमध्ये एक हो। यसको लम्बाई ५८५ मि. छ। २००१ को सर्वेक्षण अनुसार दमकमा ७१७८ घरधुरि थियो भने ४३,००० जनसङ्ख्या थियो। दमक सन १९८२ मा नगर पालिकामा परिणत भएको थियो। यहाको कुल जमीन ७५१३ हेक्टर छ जसमा १४०६.७ हेक्टरमा घरहरू छन र ५५८६.३० हेक्टरमा खेतिपाति हुने गर्दछ। बजार र दोकान हरूले ४०० हेक्टर ओगटेको छ। ०५६/०५७ को सर्वेक्षण अनुसार दमकमा आम्दा अस्पताल, दमक अस्पताल, लाईफ लाईन अस्पताल काेच बाल अस्पताल, निम्स अस्पताल, अेाममेचि अस्पताल रहेका छन् । २०४७/०४८ को सर्वेक्षणमा जनसङ्ख्याको बृदि दर वर्षको ५.१४ प्रतिशतले हुने देखाएको थियो। ०५६/०५७ को सर्वेक्षणमा यहा ८८ कल कारखाना, १०११ पसल, २४४ होटल र ९ आर्थिक कारोबारको कार्यलयहरू अर्थात बैङ्क। ५३२ सडक बत्ति, १,११४ टेलिफोन लाईन। नेपालको ख्याति प्राप्त चिया हिमायलय चिया स्टेट पनि दमक कै १९ नम्बर वार्ड वर-पर फैलिएको छ जसमा पुर्व राजपरिवारको लगानी रहेको छ । उत्तर देखि दक्षिण तर्फ फैलिएको यो सहर बसपार्क चोक भन्दा मास्तिरको बजार इलाका ठूलो छ। दमकको सबैभन्दा ठूलो सब्जि बजार, खाने पनि ट्याङ्की तथा कार्यलय, टेलिफोन टावर तथा कार्यलय, दमक नगरपालिकाको कार्यलयहरू सबै बजार इलाकामा पर्दछ। ०५६/०५७ सर्वेक्षणमा झापा जिल्लाभरि सबैभन्दा बढि बोर्डिङ तथा स्कूलहरू दमक थियो र जिल्ला कै सबै भन्दा अब्बल स्कूल दमकको सुर्योदय इङ्लीस स्कूल परेको थियो। दमकमा १ हुलाक छन भने स्कूलहरू सरकारी तथा निजि :- प्राथमीक तह का ३८, निम्न माध्यमीक तहका ७, माध्यमीक तहका ९, प्रमाण पत्र तह का ३, प्राबिधिक इन्स्टिचुसन CTEVT मातहतमा १, र क्याम्पस २, मनोरन्जनको कुरामा दमकमा ३ वटा सिनेमा हलहरू छन जस्तै :- (१) निलकन्ठ चित्र मन्दिर, (२) दमक चित्र मन्दिर (३) पाथिभरा चित्र मन्दिर जस मध्ये पाथिभारा र निलकण्ठमा अत्याधिक मात्रामा नेपाली चलचित्र लाग्ने गर्छ भने दमक चलचित्र मन्दिरमा प्राय नया हिन्दी भाषाका चलचित्र लाग्ने गर्छ।
दमकको टेलिफोन टावर सम्भवत नेपालको अग्लो टावरहरू मध्ये एक हो जुन २० / २५ कि.मि. टाढा सम्मबाट देख्न सकिन्छ। धरान पछि सर्वाधिक किरात तथा बेलायती लाहुरेहरूको बसोबास भएको सहरमा पर्दछ दमक।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार दमक नगरपालिकाको कुल जनसङ्ख्या १,०७,२२७ रहेको छ भने यहाँ २७,५६९ घरधुरी रहेका छन्।[२]
नामकरण
[सम्पादन गर्नुहोस्]दमक नामाकरण हुनु अघि उक्त क्षेत्रमा "दल्की" नामका झार उम्रने गरेको र उक्त झारलाई धिमाल वा कुमाल जातिले बस्ने पिराको रूपमा प्रयोग गर्ने हुँदा उक्त दल्की शब्द अप्रभंश भई दमक नामाकरण भएको अनुमान डम्बर बरालले गर्नु भएको छ भने दहल्की (भास) जमीन परेको र हिंड्दा पनि डमडम आवाज सुनिने भएको उक्त क्षेत्रको नाम "दमक" भएको बताइन्छ।
नगर
[सम्पादन गर्नुहोस्]नगरपालिकामा बि.स. २०४९ को निर्वाचनमा प्रमुखमा नेकपा एमालेका इन्द्र बुढाथोकी र उपप्रमुखमा सोही दलका मोहन धिमाल, २०५४ सालको निर्वाचनमा पनि नेकपा (एमाले) कै रोमनाथ ओली र लोकबहादुर धिमाल क्रमशः नगर प्रमुख र उपप्रमुखमा निर्वाचित भएका थिए भने २०६० सालमा करिब १ वर्षका लागि सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीका रामकुमार थापा र नारदमुनि घिमिरेलाई क्रमशः नगरप्रमुख र उपप्रमुखमा मनोनयन गरेको थियो। वि.सं. २०७९ सालमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा दमक नगरपालिकाको प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी उम्मेदवार रामकुमार थापा र उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार रेगिना भट्टराई प्रसाई निर्वाचित भएका थिए।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति