दमक नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दमक
दमक नगरपालिकाको दमक चोक
दमक नगरपालिकाको दमक चोक
आदर्श वाक्य: 
"सुन्दरता हाम्रो धन हो"
देश नेपाल
विकास क्षेत्रपश्चिमाञ्चल
अञ्चलमेची
जिल्लाझापा
सरकार
 • मेयरराम कुमार थापा
 • उप मेयररेगिना भट्टराई प्रसाई
जनसङ्ख्या
 (नेपालको राष्ट्रिय जनगणना बि.स.२०६८)[१]
 • जम्मा७५,१०२
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२३
वेबसाइटdamakmun.gov.np

दमक नगरपालिका पूर्वी नेपालको कोशी प्रदेशमा पर्ने झापा जिल्लाको एक नगरपालिका हो।

परिचय[सम्पादन गर्नुहोस्]

दमक पूर्वि नेपालको विकसित सहरहरू मध्ये एक हो। १० वटा वार्डले भरिएको यो नगरपालिकामा विभिन्न जात जातिहरू छन जस्तै:- लिम्बु, राई, गुरुङ, मगर, तामाङ, धिमाल, क्षेत्री, बाहुन, राजवंशी, थारु, दमाई, कामि इत्यादि।

भौगोलिक अवस्थिति[सम्पादन गर्नुहोस्]

दमकको पूर्वमा रतुवा खोला र पश्चिममा मावा खोला छ। दमकको रतुवा पुल पूर्वि नेपालको लामो पुलहरूमध्ये एक हो। यसको लम्बाई ५८५ मि. छ। २००१ को सर्वेक्षण अनुसार दमकमा ७१७८ घरधुरि थियो भने ४३,००० जनसङ्ख्या थियो। दमक सन १९८२ मा नगर पालिकामा परिणत भएको थियो। यहाको कुल जमीन ७५१३ हेक्टर छ जसमा १४०६.७ हेक्टरमा घरहरू छन र ५५८६.३० हेक्टरमा खेतिपाति हुने गर्दछ। बजार र दोकान हरूले ४०० हेक्टर ओगटेको छ। ०५६/०५७ को सर्वेक्षण अनुसार दमकमा आम्दा अस्पताल ,दमक अस्पताल ,लाईफ लाईन अस्पताल काेच बाल अस्पताल,निम्स अस्पताल,अेाममेचि अस्पताल रहेका छन् । २०४७/०४८ को सर्वेक्षणमा जनसङ्ख्याको बृदि दर वर्षको ५.१४ प्रतिशतले हुने देखाएको थियो। ०५६/०५७ को सर्वेक्षणमा यहा ८८ कल कारखाना, १०११ पसल, २४४ होटल र ९ आर्थिक कारोबारको कार्यलयहरू अर्थात बैङ्क। ५३२ सडक बत्ति, १,११४ टेलिफोन लाईन। नेपालको ख्याति प्राप्त चिया हिमायलय चिया स्टेट पनि दमक कै १९ नम्बर वार्ड वर-पर फैलिएको छ जसमा पुर्व राजपरीवारको लगानी रहेको छ । उत्तर देखि दक्षिण तर्फ फैलिएको यो सहर बसपार्क चोक भन्दा मास्तिरको बजार इलाका ठूलो छ। दमकको सबैभन्दा ठूलो सब्जि बजार, खाने पनि ट्याङ्की तथा कार्यलय, टेलिफोन टावर तथा कार्यलय, दमक नगरपालिकाको कार्यलयहरू सबै बजार इलाकामा पर्दछ। ०५६/०५७ सर्वेक्षणमा झापा जिल्लाभरि सबैभन्दा बढि बोर्डिङ तथा स्कूलहरू दमक थियो र जिल्ला कै सबै भन्दा अब्बल स्कूल दमकको सुर्‍योदय इङ्लीस स्कूल परेको थियो। दमकमा १ हुलाक छन भने स्कूलहरू सरकारी तथा निजि :- प्राथमीक तह का ३८, निम्न माध्यमीक तहका ७, माध्यमीक तहका ९, प्रमाण पत्र तह का ३, प्राबिधिक इन्स्टिचुसन CTEVT मातहतमा १, र क्याम्पस २, मनोरन्जनको कुरामा दमकमा ३ वटा सिनेमा हलहरू छन जस्तै :- (१) निलकन्ठ चित्र मन्दिर, (२) दमक चित्र मन्दिर (३) पाथिभरा चित्र मन्दिर जस मध्ये पाथिभारा र निलकण्ठमा अत्याधिक मात्रामा नेपाली चलचित्र लाग्ने गर्छ भने दमक चलचित्र मन्दिरमा प्राय नया हिन्दी भाषाका चलचित्र लाग्ने गर्छ।

दमकको टेलिफोन टावर सम्भवत नेपालको अग्लो टावरहरू मध्ये एक हो जुन २० / २५ कि.मि. टाढा सम्मबाट देख्न सकिन्छ। धरान पछि सर्वाधिक किरात तथा बेलायती लाहुरेहरूको बसोबास भएको सहरमा पर्दछ दमक।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

नेपालको सन् २०११को जनगणना अनुसार दमक नगरपालिकाको जनसङ्ख्या ७५,१०२ थियो। यस मध्ये पुरुष ३५,४३८ र महिला ३९,६६४ छन् । यस नगरपालिकामा १८,१०४ वटा घरहरू छन् ।[१] ब्राम्हण, क्षेत्री, धिमाल, नेवार, राई, लिम्बु, मगर, सतार, राजवंशी, कुमाल, दमाई, सार्की, तामाङ्ग, गुरुङ्ग, थारू, मुस्लिम, भुजेल, विश्वकर्मा, सुनुवार, मुसहर, माझी आदि जातजातिको वसोवास भएको नगरपालिकामा हिन्दु, बौद्ध, मुस्लिम, इसाई, किरांत र अन्य धर्मावलम्बीले दशैं, तिहार, गाईजात्रा, होली, छठ, ल्होसार, ढंगढंगे, कालीपूजा, बुद्धजयन्ती, इद, बकरीद, क्रिसमस आदि चाडपर्व मनाउने गर्छन् । नगरपालिकाद्वारा २०६० सालमा प्रकाशित तथ्याङ्कअनुसार दमक क्षेत्रमा ७६ दशमलव ९३ प्रतिशत साक्षर रहेको, ७५ प्रतिशत कृषि, ७ प्रतिशत व्यापार व्यवसायमा, ५ प्रतिशत जागीरमा, ७ प्रतिशत ज्याला मजदुरीमा र ६ प्रतिशत अन्य व्यवसायमा आश्रीत छन् ।

नामकरण[सम्पादन गर्नुहोस्]

दमक नामाकरण हुनु अघि उक्त क्षेत्रमा "दल्की" नामका झार उम्रने गरेको र उक्त झारलाई धिमाल वा कुमाल जातिले बस्ने पिराको रूपमा प्रयोग गर्ने हुँदा उक्त दल्की शब्द अप्रभंश भई दमक नामाकरण भएको अनुमान डम्बर बरालले गर्नु भएको छ भने दहल्की (भास) जमीन परेको र हिंड्दा पनि डमडम आवाज सुनिने भएको उक्त क्षेत्रको नाम "दमक" भएको बताइन्छ।

नगर[सम्पादन गर्नुहोस्]

नगरपालिकामा बि.स. २०४९ को निर्वाचनमा प्रमुखमा नेकपा एमालेका इन्द्र बुढाथोकी र उपप्रमुखमा सोही दलका मोहन धिमाल, २०५४ सालको निर्वाचनमा पनि नेकपा (एमाले) कै रोमनाथ ओली र लोकबहादुर धिमाल क्रमशः नगर प्रमुख र उपप्रमुखमा निर्वाचित भएका थिए भने २०६० सालमा करिब १ वर्षका लागि सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीका रामकुमार थापा र नारदमुनि घिमिरेलाई क्रमशः नगरप्रमुख र उपप्रमुखमा मनोनयन गरेको थियो। वि.सं. २०७९ सालमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा दमक नगरपालिकाको प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी उम्मेदवार रामकुमार थापा र उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार रेगिना भट्टराई प्रसाई निर्वाचित भएका थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२६ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]