सामग्रीमा जानुहोस्

मेचीनगर नगरपालिका

मेचीनगर नगरपालिका
नेपाल भारत सीमा स्तम्भ
नेपाल भारत सीमा स्तम्भ
मेचीनगर नगरपालिका मा पर्दछ कोशी प्रदेश
मेचीनगर नगरपालिका
मेचीनगर नगरपालिका
नक्सामा मेचीनगर नगरपालिका
मेचीनगर नगरपालिका मा पर्दछ नेपाल
मेचीनगर नगरपालिका
मेचीनगर नगरपालिका
मेचीनगर नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°४०′००″उ ८८°०७′२०″पू / 26.66667°N 88.12222°E / 26.66667; 88.12222
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाझापा
स्थापनावि.सं. २०५३ माघ ११[]
समावेश (गाविस)धुलावारीकाँकडभिट्टा
सम्मिलित (मिति)वि.सं. २०५३ माघ ११
समावेश (गाविस)धाइजन, दुवागढी, बाहुनडाँगीज्यामिरगढी
सम्मिलित (मिति)वि.सं. २०७३ फाल्गुन २२
सरकार
  मेयरगोपालचन्द्र बुढाथोकी नेकपा (एमाले)
  उपप्रमुखमीनाकुमारी पोख्रेल नेकपा (एमाले)
क्षेत्रफल
  जम्मा१९२.५२ किमी (७४.३३ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१३३,०७३
  क्रम४औँ (कोशी प्रदेश)
१८औँ (नेपाल)
  घनत्व६९०/किमी (१८००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
हुलाक कोड
५७२०४
क्षेत्रीय सङ्केत+९७७-२३
वेबसाइटmechinagarmun.gov.np

मेचीनगर नगरपालिका पूर्वी नेपालको कोशी प्रदेशमा पर्ने झापा जिल्लाको पूर्वी भागमा अवस्थित एक नगरपालिका हो। झापा जिल्लाका दुई प्रमुख बजारहरू काँकडभिट्टाधुलाबारीलाई वि.सं. २०५३ माघ ११ गते मिलाएर घोषणा गरिएको मेचीनगर पूर्वी नेपालको प्रमुख उद्योगिक तथा वाणिज्य केन्द्र हो। यस नगरपालिका अन्तर्गत रहेको काँकडभिट्टा नाका नेपालको भारत तथा बङ्गलादेशसँग व्यापार गर्ने एक प्रमुख नाका हो। वि.सं. २०७३ फाल्गुन २२ मा धाइजन, दुवागढी, बाहुनडाँगीज्यामिरगढी गाविसहरू समेत यसमा गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो।[][][] कुल १५ वडामा विभाजित यो नगरपालिकाको जनसङ्ख्या वि.सं. २०६८ सालको जनगणना अनुसार १,११,७३७ रहेको छ।

वि.सं. २०५४ को पहिलो चुनावमा नेकपा (एमाले) का रविन कोइरालाचन्द्र भण्डारी क्रमशः नगरप्रमुख र उपप्रमुखमा निर्वाचित भई वि.सं. २०५९ को असार मसान्तसम्म पदमा बहाल रहेका थिए।[][] वि.सं. २०६० असोज १४ गते कल्यान खड्काजितन राजवंशी क्रमशः नगरप्रमुख र उपप्रमुख मनोनित भएर वि.सं. २०६१ असार मसान्तसम्म पदमा आसिन रहेका थिए। पूर्वी नेपालको हङकङ बजारको नामले चर्चित धुलावारी[] तथा पूर्वको मुख्यद्वार मानिने काँकडभिट्टा गाविसलाई एकैठाउँमा गाभेर र धाइजन, दुहागढी, ज्यामिरगढी र बाहुनडाँगी गाविसका केही भाग समेटेर नेपाल भारतको सिमानामा पर्ने मेची नदी तथा तत्कालिन मेची अञ्चलकै नामबाट 'मेचीनगर नगरपालिका' नामकरण गरि वि.सं. २०५३ माघ ११ गते यसलाई सरकारद्वारा नगरपालिका घोषणा गरिएको थियो। नेपालमा सङ्घीय शासन व्यवस्था लागू भएपछि वि.सं. २०७४ मा सम्पन्न भएको पहिलो स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका बिमल आचार्य नगर प्रमुख पदमा र नेकपा एमालेकी मिना उप्रेती नगर उप-प्रमुख पदमा निर्वाचित भएका थिए।[][१०] वि.सं. २०७९ मा सम्पन्न दोस्रो स्थानीय तह निर्वाचनबाट नेकपा (एमाले)का गोपालचन्द्र बुढाथोकीमीना उप्रेती क्रमशः नगर प्रमुख र नगर उप-प्रमुख पदमा निर्वाचित भएका छन्।[११]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मेचीनगर नगरपालिकाको कुल जनसङ्ख्या १,३३,०७३ रहेको छ भने यहाँ ३२,६९५ घरधुरी रहेका छन्।[]

मेचीनगर नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका क्षेत्रहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
बाहुनडाँगी (७, ९)६,३४११३.१४८४.०५
बाहुनडाँगी (४, ६)६,८०४१३.५५०४.००
बाहुनडाँगी (३, ५)७,२२७१८.५३९०.६५
बाहुनडाँगी (१, २)५,४३९१२.४४३८.६३
मेचीनगर (८, ९)५,३२६९.१७५८०.८१
मेचीनगर (१०)१५,७३८४.४३३५५२.६०
मेचीनगर (११-१२) र ज्यामिरगढी (८, ९)१३,१८८१६.२१८१३.५७
मेचीनगर (७, १३)८,२९६१२.१६८५.६२
मेचीनगर (४, ६)११,९८९१३.५८८८.०७
१०मेचीनगर (१, ३)१५,५००८.०५१९२५.४७
११धाइजन (१, २, ७–९)६,५५०९.५५६८५.८६
१२धाइजन (३, ६)८,१३९७.०१११६१.०६
१३दुवागढी (२, ५)७,४०४१२.३६०१.९५
१४दुवागढी (१, ६–९)६,९०४१९.१३६१.४७
१५ज्यामिरगढी (१, ७)८,२२८२३.६३४८.६४
जम्मा१,३३,०७३१९२.५२६९१.२२

भौगोलिक स्थिति

[सम्पादन गर्नुहोस्]

कुल १९२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस नगरपालिकाको पूर्वमा भारत, पश्चिममा अर्जुनधारा नगरपालिकाविर्तामोड नगरपालिका, उत्तरमा बुद्धशान्ति गाउँपालिकाइलाम जिल्ला र दक्षिणमा भद्रपुर नगरपालिका पर्दछन्। यस नगरपालिकामा हिन्दू, किरात, बुद्ध, श्रीकृष्ण प्रणामी, मुस्लिम, शैव, वैष्णव, साई, यशु तथा मानव धर्म मान्नेको वाहुल्य पाइन्छ। नेपाल अधिराज्यमा मात्र नभएर विश्वमै लोपोन्मुख किसान जाति यो नगरमा मात्र बसोबास गरेको पाइन्छ। यस बाहेक यहाँ धिमाल, दनुवार, मेचे, थारू चौधरी, सुनुवार, राई, लिम्बु, भोटे, तामाङ्ग, शेर्पा, नेवार, मगर, गुरुङ्ग, भुजेल, राजवंशी, जोगी, ब्राम्हण, क्षेत्री, माझी र कुमाल जातिको बसोवास रहेको छ।

पातालगङ्गा, बौद्ध गुम्बा, विश्वनाथ मन्दिर, पञ्चमुखी हनुमान मन्दिर, दुर्गा मन्दिर, काली मन्दिर, पशुपतिनाथ मन्दिर, कृष्ण प्रणामी मन्दिर यहाँका प्रमुख पर्यटकीय स्थल हुन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "चार किल्ला खोली नगरपालिका क्षेत्र तोकी बिभाजन गरेको", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच जनवरी २०२२
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "गाउँ र नगरपालिका कुन जिल्लामा कति ?", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४
  4. काफ्ले, प्रतिक्षा (३० फाल्गुन २०७३), "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर, अन्तिम पहुँच ३० फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०५-०६ वेब्याक मेसिन
  5. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३ अभिलेखिकरण २०१७-०५-१८ वेब्याक मेसिन
  6. "बन्ने भो मेचीनगर रिङरोड", जनसंसद (नेपालीमा), २८ भाद्र २०७८, सोमबार ०६:१६, अन्तिम पहुँच २०२२-०१-२८ अभिलेखिकरण २०२२-०१-२८ वेब्याक मेसिन
  7. "मेचीनगरका ‘एक्ला अपाङ्ग’ उम्मेद्वार", लोकतन्त्र पोस्ट (नेपालीमा), २ असार २०७४, शुक्रबार ११:२१, अन्तिम पहुँच २०२२-०१-२८ अभिलेखिकरण २०२२-०१-२८ वेब्याक मेसिन
  8. "स्थानीय तहको निर्बाचन : राजनीति भन्दा विकासको‌ मुद्दा बलियो‌ (समाचार बिष्लेषण)", आमसञ्चार (नेपालीमा), २०१७-०६-१३, अन्तिम पहुँच २०२२-०१-२८[स्थायी मृत कडी]
  9. "मेचीनगरको मेयरमा काँग्रेस र उपमेयरमा एमाले विजयी", सजिलो खबर (नेपालीमा), २०१७-०७-०७, अन्तिम पहुँच २०२२-०१-२८ अभिलेखिकरण २०२२-०१-२८ वेब्याक मेसिन
  10. "झापाको मेचीनगरमा कांग्रेसका विमल बने मेयर", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-२८
  11. "मेचीनगरमा एमालेका गोपालचन्द्र बुढाथोकी विजयी", लोकपथ (नेपालीमा), अन्तिम पहुँच २०२२-०६-२८

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]