बाह्रदशी गाउँपालिका
बाह्रदशी Barhadashi | |
---|---|
देश | ![]() |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | झापा जिल्ला |
स्थापना | २७ फागुन २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | गाउँ कार्यपालिका |
• अध्यक्ष | देवीन्द्रप्रसाद चम्लागाई नेकपा (एमाले)[१] |
• उपाध्यक्ष | शान्ता देवि शिवाकाेटी नेकपा (एमाले)[१] |
• कार्यकारी | - |
क्षेत्रफल | |
• जम्मा | ८८.४४ किमी२ (३४.१५ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३३,६५३ |
• घनत्व | ३८०/किमी२ (९९०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-२३ |
केन्द्र | साविकको चकचकी गाविसको कार्यालय |
वेबसाइट | official website |
बाह्रदशी गाउँपालिका (अंग्रेजी: Barhadashi Rural Municipality) झापा जिल्लामा अवस्थित छ ।[२][३][४] वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा झापा जिल्लामा साविकको राजगढ, चकचकी र डाँगीबारी गाउँ विकास समितिहरूलाई बाह्रदशी गाउँपालिका बनाइएको हो ।[५][६] बाह्रदशी गाउँपालिकाको कूल क्षेत्रफल ८८.४४ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिका ७ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या ३३,६५३ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा हल्दीबारी गाउँपालिका र बिर्तामोड नगरपालिका, पश्चिममा झापा जिल्ला, उत्तरमा कन्काई नगरपालिका तथा दक्षिणमा कचनकवल गाउँपालिका सम्म फैलिएको छ ।[७]
भूगोल[सम्पादन गर्नुहोस्]
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ १.० १.१ "निर्वाचन परिणाम" (नेपालीमा), अन्तिम पहुँच जेठ २०७४। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०७-०३ मिति
- ↑ "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण" (नेपालीमा), अन्तिम पहुँच फागुन २०७३।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)" (नेपालीमा), लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?" (नेपालीमा), सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३।
- ↑ "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७।
- ↑ "गाउँ र नगरपालिका (सूची)" (नेपालीमा), नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ "स्थानीय तहसभको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय (नेपालीमा), नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।